Page:Tarun tapasi.pdf/71: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
::जथाभावी डोकाहरुसहित जाबीतक भरी । | ::जथाभावी डोकाहरुसहित जाबीतक भरी । | ||
बटुल्थे लोभीले जब अधिक खाना अनि पछि | बटुल्थे लोभीले जब अधिक खाना अनि पछि | ||
::म | ::म भन्थेँ त्यो देखी मनमन घिनाईकन छिछिः ॥ | ||
{{pcn|२०}} | {{pcn|२०}} | ||
जती जो चाहिन्थ्यो | जती जो चाहिन्थ्यो जठर-हरिको खातिर उति | ||
::लिये, खाये पुग्थ्यो, मुफत किन त्यो सञ्चय अति | ::लिये, खाये पुग्थ्यो, मुफत किन त्यो सञ्चय अति ! | ||
त्यसैले गर्दामा कति गरिबको भाग हरियो | त्यसैले गर्दामा कति गरिबको भाग हरियो | ||
::विधाताको खाताउपर सब त्यो पाप दरियो ॥ | ::विधाताको खाताउपर सब त्यो पाप दरियो ॥ | ||
{{pcn|२१}} | {{pcn|२१}} | ||
कठै रित्तो पारीकन सब | कठै ! रित्तो पारीकन सब सदावर्त-भवन | ||
::हरी सारा साजा पथिकजनको | ::हरी सारा साजा पथिकजनको जीवन-धन । | ||
लगी त्यस्तो चालासित घर भरी सञ्चय गरी | लगी त्यस्तो चालासित घर भरी सञ्चय गरी | ||
::कुहाई थन्क्याई कसरि शुभ होला ? हरि हरि | ::कुहाई थन्क्याई कसरि शुभ होला ? हरि ! हरि !! | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
सबै खाये पक्का पिर अपचको पर्दछ कडा | सबै खाये पक्का पिर अपचको पर्दछ कडा | ||
::नखाये अर्कैले हरण अथवा गर्छ झगडा । | ::नखाये अर्कैले हरण अथवा गर्छ झगडा । | ||
कठै बाधैबाधा उभयतिर देखिन्छ त पनि | कठै ! बाधैबाधा उभयतिर देखिन्छ त पनि | ||
::भुलेकै छन् अन्धा मनुजहरु मौरीमय बनी ॥ | ::भुलेकै छन् अन्धा मनुजहरु मौरीमय बनी ॥ | ||
{{pcn|२३}} | {{pcn|२३}} | ||
वृथा खाना भन्दा बढि बढि सदा सञ्चय गरी | वृथा खाना भन्दा बढि बढि सदा सञ्चय गरी | ||
::धनी | ::धनी बन्छौँ भन्दै कृपण-विधिमा लम्पट परी । | ||
कठै अन्धा लोभी मनुज फिर मौरी दुइ थरी | कठै ! अन्धा लोभी मनुज फिर मौरी दुइ थरी | ||
:: | ::अशान्ति-ज्वालामा मुफत किन जल्छन् ? हरि ! हरि !! | ||
{{pcn|२४}} | {{pcn|२४}} | ||
जमाई देखाई महजडित चाका र चकला | जमाई देखाई महजडित चाका र चकला | ||
::अभागी मौरीले मनुजहरुमा | ::अभागी मौरीले मनुजहरुमा सञ्चय-कला । | ||
शिकायो होला वा | शिकायो होला वा मनुज-पशुको नक्कल गरी | ||
::बन्यो होला दुःखी मुफत मधुमक्खी जुनिभरि ॥ | ::बन्यो होला दुःखी मुफत मधुमक्खी जुनिभरि ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 12:13, 15 June 2025
१९
हवाको नाघी त्यो खटन बँटवारा हठ गरी
जथाभावी डोकाहरुसहित जाबीतक भरी ।
बटुल्थे लोभीले जब अधिक खाना अनि पछि
म भन्थेँ त्यो देखी मनमन घिनाईकन छिछिः ॥
२०
जती जो चाहिन्थ्यो जठर-हरिको खातिर उति
लिये, खाये पुग्थ्यो, मुफत किन त्यो सञ्चय अति !
त्यसैले गर्दामा कति गरिबको भाग हरियो
विधाताको खाताउपर सब त्यो पाप दरियो ॥
२१
कठै ! रित्तो पारीकन सब सदावर्त-भवन
हरी सारा साजा पथिकजनको जीवन-धन ।
लगी त्यस्तो चालासित घर भरी सञ्चय गरी
कुहाई थन्क्याई कसरि शुभ होला ? हरि ! हरि !!
२२
सबै खाये पक्का पिर अपचको पर्दछ कडा
नखाये अर्कैले हरण अथवा गर्छ झगडा ।
कठै ! बाधैबाधा उभयतिर देखिन्छ त पनि
भुलेकै छन् अन्धा मनुजहरु मौरीमय बनी ॥
२३
वृथा खाना भन्दा बढि बढि सदा सञ्चय गरी
धनी बन्छौँ भन्दै कृपण-विधिमा लम्पट परी ।
कठै ! अन्धा लोभी मनुज फिर मौरी दुइ थरी
अशान्ति-ज्वालामा मुफत किन जल्छन् ? हरि ! हरि !!
२४
जमाई देखाई महजडित चाका र चकला
अभागी मौरीले मनुजहरुमा सञ्चय-कला ।
शिकायो होला वा मनुज-पशुको नक्कल गरी
बन्यो होला दुःखी मुफत मधुमक्खी जुनिभरि ॥