Page:Shakuntala.pdf/17: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 16: | Line 16: | ||
::हृदय कुमुदिनीको हास्यद्वारा उघारी ॥ | ::हृदय कुमुदिनीको हास्यद्वारा उघारी ॥ | ||
छिरबिरसित भारी रम्य पारी छहारी । | छिरबिरसित भारी रम्य पारी छहारी । | ||
::मधुमय | ::मधुमय विधु ओर्ली डुल्दछन् भै विहारी ॥ | ||
{{pcn|(१३)}} | {{pcn|(१३)}} | ||
तरल जलपरीका नागिनीतुल्य झीना । | तरल जलपरीका नागिनीतुल्य झीना । | ||
::रजतपयर नाच्छन् स्वप्नभन्दा मसीना ॥ | ::रजतपयर नाच्छन् स्वप्नभन्दा मसीना ॥ | ||
विधुकर तल पर्दा झल्मलाएर बोली । | |||
::'कल कल कल' ती मिलाएर लोली॥ | ::'कल कल कल' भन्छन् ती मिलाएर लोली॥ | ||
{{pcn|(१४)}} | {{pcn|(१४)}} | ||
झलमल नभ नीला झूल झैं झल्ल पारी । | झलमल नभ नीला झूल झैं झल्ल पारी । | ||
::तमकन भवनिद्रातुल्य पारी फिँजारी ॥ | ::तमकन भवनिद्रातुल्य पारी फिँजारी ॥ | ||
अचल पवन अड्दा स्तब्धता ली | अचल पवन अड्दा स्तब्धता ली निशाले । | ||
::विहगभजन, सुत्दो ! ध्यान गर्छे मजाले ॥ | ::विहगभजन, सुत्दो ! ध्यान गर्छे मजाले ॥ | ||
{{pcn|(१५)}} | {{pcn|(१५)}} | ||
कुसुमित | कुसुमित छ यही नै सत्यशाखाप्रशाखा ।। | ||
::कुसुम विहग | ::कुसुम विहग बन्दै पाउँछन् आदिभाषा ॥ | ||
प्रकृति सृजद्वारा चारुताका | | प्रकृति सृजद्वारा चारुताका विचित्र | | ||
::मनुजहृदय खिच्छिन् सत्यतर्फै पवित्र ॥ | ::मनुजहृदय खिच्छिन् सत्यतर्फै पवित्र ॥ | ||
{{pcn|(१६) | {{pcn|(१६)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 11:35, 15 June 2025
कुसुमहरु कलामा खोल्दछन् ओठ साना ।
विमल झलक झैं छन् सत्यका शीत दाना॥
यस वनतिर जाँदा कल्पना बन्छ छीटो ।
तरुतल जल सँग्ली बिम्ब ली बोल्छ मीठो ॥
(११)
रविकिरण फुटेका पुष्प रङ्गीन फुल्छन् ।
शिशु-सरलपनाका स्वर्गका जीव खेल्छन् ॥
मधुर प्रकृत बाली देवताबाट फल्छन् ।
कतिपय धन मिल्छन् जो जगत्मा हुँदैनन् ॥
(१२)
अमृतरस फिँजारी शीतला9ह्लादकारी ।
हृदय कुमुदिनीको हास्यद्वारा उघारी ॥
छिरबिरसित भारी रम्य पारी छहारी ।
मधुमय विधु ओर्ली डुल्दछन् भै विहारी ॥
(१३)
तरल जलपरीका नागिनीतुल्य झीना ।
रजतपयर नाच्छन् स्वप्नभन्दा मसीना ॥
विधुकर तल पर्दा झल्मलाएर बोली ।
'कल कल कल' भन्छन् ती मिलाएर लोली॥
(१४)
झलमल नभ नीला झूल झैं झल्ल पारी ।
तमकन भवनिद्रातुल्य पारी फिँजारी ॥
अचल पवन अड्दा स्तब्धता ली निशाले ।
विहगभजन, सुत्दो ! ध्यान गर्छे मजाले ॥
(१५)
कुसुमित छ यही नै सत्यशाखाप्रशाखा ।।
कुसुम विहग बन्दै पाउँछन् आदिभाषा ॥
प्रकृति सृजद्वारा चारुताका विचित्र |
मनुजहृदय खिच्छिन् सत्यतर्फै पवित्र ॥
(१६)