Jump to content

Page:Shakuntala.pdf/16: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Srj (talk | contribs)
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
घ्वनित पवनले छन्‌ बाँस बाजा वनैया ।
{{center block|
थिरमिर खच चुच्चो चारु चल्छन्‌ गवैया ॥
<poem>
महलछ क्या हरा ! फूलदार ।
ध्वनित पवनले छन्‌ बाँस बाजा वनैया ।
मृदुल हरित तन्ना, फूल-बुट्टा हजार ॥
::चिरबिर चुँचुँ चुच्चो चारु चल्छन्‌ गवैया ॥
(५)
महल छ लहराकाे क्या हरा ! फूलदार ।
खछिरबिर कति बुट्टा छन्‌ कलाका छहारी ।
::मृदुल हरित तन्ना, फूल-बुट्टा हजार ॥
मधुरगति मरुत्‌ले डोल्छ पड्खा फिँजारी ॥
{{pcn|(५)}}
 
छिरबिर कति बुट्टा छन्‌ कलाका छहारी ।
::मधुरगति मरुत्‌ले डोल्छ पड्खा फिँजारी ॥
प्रकृत कृषि, सबैका दिव्य : भ्रातृत्वभाव ।
प्रकृत कृषि, सबैका दिव्य : भ्रातृत्वभाव ।
पशुहरु सुखमा क्या ! देखिने सुस्वभाव ॥
::पशुहरु सुखमा क्या ! देखिने सुस्वभाव ॥
(६)
{{pcn|(६)}}
'शाहर पर हरामा रम्य यो तारतम्य ।
 
वन विजनपरीको सिर्जना झैं अचम्म ॥
'शहर पर हरामा रम्य यो तारतम्य ।
::वन विजनपरीको सिर्जना झैं अचम्म ॥
रविकरकन छेकी पालुवाले हजारौँ ।
रविकरकन छेकी पालुवाले हजारौँ ।
प्रकृति हृदय खोन्छे ध्यानका दृष्टिद्वारा ॥
::प्रकृति हृदय खोल्छे ध्यानका दृष्टिद्वारा ॥
(७)
{{pcn|(७)}}
 
हरितवसनवाली पुष्पमाला धरेकी ।
हरितवसनवाली पुष्पमाला धरेकी ।
जललव टप लाई, वल्लरीमा झरेकी ॥
::जललव टप लाई, वल्लरीमा झरेकी ॥
अमृतकिरण प्यूँदी काखमा ली खरायो ।
अमृतकिरण प्यूँदी काखमा ली खरायो ।
छिरबिर वनमा के शान्तिको राज्य छायो ॥
::छिरबिर वनमा के शान्तिको राज्य छायो ॥
()
{{pcn|()}}
 
प्रथम घर कलाको व्यासको पाठशाला ।
प्रथम घर कलाको व्यासको पाठशाला ।
प्रथम बल यही हो आर्यहृदूको उज्याला ॥
::प्रथम बल यही हो आर्यहृदूको उज्याला ॥
कुसुमहरु यहाँ छन्‌ वेदका पत्रतुल्य।
कुसुमहरु यहाँ छन्‌ वेदका पत्रतुल्य।
सृजन प्रलयका छन्‌ चित्र राम्रा अमूल्य ॥
::सृजन प्रलयका छन्‌ चित्र राम्रा अमूल्य ॥
(९)
{{pcn|(९)}}
 
गगनपथ यहाँ छन्‌ आउने सत्‌प्रभात ।
गगनपथ यहाँ छन्‌ आउने सत्‌प्रभात ।
यस वनतिर झर्छन्‌ तारकाबाट भाव ॥
::यस वनतिर झर्छन्‌ तारकाबाट भाव ॥
पवन पनि अनौठा चल्छ कानेखुसीले ।
पवन पनि अनौठा चल्छ कानेखुसीले ।
प्रथम ध्वनि मिहीले भर्छ आत्मा खुशीले ॥
::प्रथम ध्वनि मिहीले भर्छ आत्मा खुशीले ॥
)
{{pcn|(१०)}}
</poem>}}

Latest revision as of 09:20, 15 June 2025

This page has been proofread

ध्वनित पवनले छन्‌ बाँस बाजा वनैया ।
चिरबिर चुँचुँ चुच्चो चारु चल्छन्‌ गवैया ॥
महल छ लहराकाे क्या हरा ! फूलदार ।
मृदुल हरित तन्ना, फूल-बुट्टा हजार ॥
(५)

छिरबिर कति बुट्टा छन्‌ कलाका छहारी ।
मधुरगति मरुत्‌ले डोल्छ पड्खा फिँजारी ॥
प्रकृत कृषि, सबैका दिव्य : भ्रातृत्वभाव ।
पशुहरु सुखमा क्या ! देखिने सुस्वभाव ॥
(६)

'शहर पर हरामा रम्य यो तारतम्य ।
वन विजनपरीको सिर्जना झैं अचम्म ॥
रविकरकन छेकी पालुवाले हजारौँ ।
प्रकृति हृदय खोल्छे ध्यानका दृष्टिद्वारा ॥
(७)

हरितवसनवाली पुष्पमाला धरेकी ।
जललव टप लाई, वल्लरीमा झरेकी ॥
अमृतकिरण प्यूँदी काखमा ली खरायो ।
छिरबिर वनमा के शान्तिको राज्य छायो ॥
(८)

प्रथम घर कलाको व्यासको पाठशाला ।
प्रथम बल यही हो आर्यहृदूको उज्याला ॥
कुसुमहरु यहाँ छन्‌ वेदका पत्रतुल्य।
सृजन प्रलयका छन्‌ चित्र राम्रा अमूल्य ॥
(९)

गगनपथ यहाँ छन्‌ आउने सत्‌प्रभात ।
यस वनतिर झर्छन्‌ तारकाबाट भाव ॥
पवन पनि अनौठा चल्छ कानेखुसीले ।
प्रथम ध्वनि मिहीले भर्छ आत्मा खुशीले ॥
(१०)