Jump to content

Page:Tarun tapasi.pdf/62: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|९}}
{{pcn|९}}
विधाता माताको स्तनयुगलमा स्तन्यरसको
विधाता माताको स्तनयुगलमा स्तन्य-रसको
::भरी धारा पैले अनि जनम त्यो दिन्छ शिशुको ।
::भरी धारा पैले अनि जनम त्यो दिन्छ शिशुको ।
विना खाने दाना धरणितलमा जन्म कसरी
विना खाने दाना धरणितलमा जन्म कसरी
::कहाँ कस्ले लेला ? कुन कठिनता यो हरि हरि
::कहाँ कस्ले लेला ? कुन कठिनता यो हरि ! हरि !!


{{pcn|१०}}
{{pcn|१०}}
किरा किर्थादेखी मनुज, पशु, पक्षीतक सब
किरा किर्थादेखी मनुज, पशु, पक्षीतक सब
::जती जो जन्मन्छन् सकल तिनको योग्यविभव
::जती जो जन्मन्छन् सकल तिनको योग्य-विभव
धरित्रीको छाती उपर पहिले नै छ खचित
धरित्रीको छाती उपर पहिले नै छ खचित
::अहो भोकै मर्छन् तदपि किन त्यो दुर्गतिसित ?
::अहो ! भोकै मर्छन् तदपि किन त्यो दुर्गतिसित ?


{{pcn|११}}
{{pcn|११}}
धरित्रीमा भक्ति प्रणय अथवा जाँगर धरी
धरित्रीमा भक्ति प्रणय अथवा जाँगर धरी
::खनी, खोस्री, जोती, करचरण माटोमय गरी ।
::खनी, खोस्री, जोती, कर-चरण माटोमय गरी ।
निकाली खाये त्यो अमृतमय खाना मिलिजुली
निकाली खाये त्यो अमृतमय खाना मिलिजुली
::जगत् सारा बन्थ्यो अमर नगरी झैं झिलिमिली ॥
::जगत् सारा बन्थ्यो अमर नगरी झैँ झिलिमिली ॥


{{pcn|१२}}
{{pcn|१२}}
धरित्रिको मायाप्रणय नरदेखी कृमितक
धरित्रिको माया-प्रणय नरदेखी कृमितक
::सबै जीवाऽऽत्मामा सम छ, उसमा छैन फरक ।
::सबै जीवाऽऽत्मामा सम छ, उसमा छैन फरक ।
उनी खाना दिन्छन् रतिभर कुनै भेद नगरी
उनी खाना दिन्छन् रतिभर कुनै भेद नगरी
Line 29: Line 29:
::नशक्ने नै होलिन् धरणि जहिले वा जुन दिन ।
::नशक्ने नै होलिन् धरणि जहिले वा जुन दिन ।
तुरुन्तै फुट्नेछन् उस बखत कच्चा घट सरी
तुरुन्तै फुट्नेछन् उस बखत कच्चा घट सरी
::हजारौं के लाखौं किसिमसित धाँजा परि परी ॥
::हजारौँ के लाखौँ किसिमसित धाँजा परि परी ॥


{{pcn|१४}}
{{pcn|१४}}
सबैकी साजा छन् धरणि जननी, जीव सकल
सबैकी साजा छन् धरणि जननी, जीव सकल
::उनैका छोरा हुन् हृदयरसमा लुब्ध चपल ।
::उनैका छोरा हुन् हृदय-रसमा लुब्ध चपल ।
भुली मातानाता अझ सब उनै मालिक बनी
भुली माता-नाता अझ सब उनै मालिक बनी
::वृथा गर्छन् कोलाहल कलह मेरी भनि भनी ॥
::वृथा गर्छन् कोलाहल कलह मेरी भनि भनी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 15:48, 14 June 2025

This page has been validated


विधाता माताको स्तनयुगलमा स्तन्य-रसको
भरी धारा पैले अनि जनम त्यो दिन्छ शिशुको ।
विना खाने दाना धरणितलमा जन्म कसरी
कहाँ कस्ले लेला ? कुन कठिनता यो हरि ! हरि !!

१०
किरा किर्थादेखी मनुज, पशु, पक्षीतक सब
जती जो जन्मन्छन् सकल तिनको योग्य-विभव ।
धरित्रीको छाती उपर पहिले नै छ खचित
अहो ! भोकै मर्छन् तदपि किन त्यो दुर्गतिसित ?

११
धरित्रीमा भक्ति प्रणय अथवा जाँगर धरी
खनी, खोस्री, जोती, कर-चरण माटोमय गरी ।
निकाली खाये त्यो अमृतमय खाना मिलिजुली
जगत् सारा बन्थ्यो अमर नगरी झैँ झिलिमिली ॥

१२
धरित्रिको माया-प्रणय नरदेखी कृमितक
सबै जीवाऽऽत्मामा सम छ, उसमा छैन फरक ।
उनी खाना दिन्छन् रतिभर कुनै भेद नगरी
सबैलाई पुग्ने किसिमसँग त्यो लाखन थरी ॥

१३
सबै प्राणी बाँच्ने किसिमसित खानाहरु दिन
नशक्ने नै होलिन् धरणि जहिले वा जुन दिन ।
तुरुन्तै फुट्नेछन् उस बखत कच्चा घट सरी
हजारौँ के लाखौँ किसिमसित धाँजा परि परी ॥

१४
सबैकी साजा छन् धरणि जननी, जीव सकल
उनैका छोरा हुन् हृदय-रसमा लुब्ध चपल ।
भुली माता-नाता अझ सब उनै मालिक बनी
वृथा गर्छन् कोलाहल कलह मेरी भनि भनी ॥