Jump to content

Page:Tarun tapasi.pdf/53: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२१}} निशामा त्यो प्यारो पठनविधि गर्दै दिवसमा ::उदासी भै हेर्दै हरकिसिमको बाह्य सुषमा। जगायें निःस्वार्थप्रणयसुखको जोति भरिलो ::निकै नै कम्ती भो, विहगवधबाधा जह..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|२१}}
{{pcn|२१}}
निशामा त्यो प्यारो पठनविधि गर्दै दिवसमा
निशामा त्यो प्यारो पठन-विधि गर्दै दिवसमा
::उदासी भै हेर्दै हरकिसिमको बाह्य सुषमा।
::उदासी भै हेर्दै हरकिसिमको बाह्य सुषमा ।
जगायें निःस्वार्थप्रणयसुखको जोति भरिलो
जगायेँ निःस्वार्थ-प्रणय-सुखको जोति भरिलो
::निकै नै कम्ती भो, विहगवधबाधा जहरिलो।।
::निकै नै कम्ती भो, विहग-वध-बाधा जहरिलो ॥


{{pcn|२२}}
{{pcn|२२}}
गये बढ्दै बढ्दै पयर तल, आँखा गगनमा
गये बढ्दै बढ्दै पयर तल, आँखा गगनमा
::जम्यो, फेरी नीलोपन गगनको टम्म मनमा।
::जम्यो, फेरी नीलोपन गगनको टम्म मनमा ।
जटाशाली अग्लो शिर पवनको रङ्गरसमा
जटाशाली अग्लो शिर पवनको रङ्ग-रसमा
::रमाई छर्कन्थ्यो छुनुमुनु गरी शान्तिसुषमा।।
::रमाई छर्कन्थ्यो छुनुमुनु गरी शान्ति-सुषमा ॥


{{pcn|२३}}
{{pcn|२३}}
कसैले त्यै वेला पनि हृदय पारीकन कडा
कसैले त्यै वेला पनि हृदय पारीकन कडा
::दिये भारी धक्का मकन अथवा उग्र रगडा।
::दिये भारी धक्का मकन अथवा उग्र रगडा ।
लुछे, लाछे, कोपे, जडतक खने, हुर्मत लिये
लुछे, लाछे, कोपे, जडतक खने, हुर्मत लिये
::कठै मेरा लेखा तर अबुझ ती बालक थिये।।
::कठै ! मेरा लेखा तर अबुझ ती बालक थिये ॥


{{pcn|२४}}
{{pcn|२४}}
जुँघा दाह्री तान्ने सरल शिशु जस्तै पथिक ती
जुँघा दाह्री तान्ने सरल शिशु जस्तै पथिक ती
::म सम्झन्थें, हुन्थें प्रणयरसले गद्गद अति।
::म सम्झन्थेँ, हुन्थेँ प्रणयरसले गद्‌गद अति ।
बित्यो एवरीत्या समय, वयले उन्नति लियो
बित्यो एवंरीत्या समय, वयले उन्नति लियो
::रसीलो छायामा प्रणयविधुको कान्ति फिंजियो।।
::रसीलो छायामा प्रणय-विधुको कान्ति फिँजियो ॥


{{pcn|२५}}
{{pcn|२५}}
सँभाली वा खारी चपल मनका वृत्ति यसरी
सँभाली वा खारी चपल मनका वृत्ति यसरी
::म रस्तामा बस्ता प्रणयशिवको पूजन गरी।
::म रस्तामा बस्ता प्रणय-शिवको पूजन गरी ।
बित्यो मेरो निक्कै समय उस चौकी उपरमा
बित्यो मेरो निक्कै समय उस चौकी उपरमा
::जहाँ वासा बस्थे विविध बटुवा ती रहरमा।।
::जहाँ वासा बस्थे विविध बटुवा ती रहरमा ॥


{{pcn|२६}}
{{pcn|२६}}
यति भनी तपसीले मन्द निःश्वाससाथ
यति भनी तपसीले मन्द निःश्वाससाथ
::मुखकमल झुकाये, बन्द भो सूक्तिपात।
::मुख-कमल झुकाये, बन्द भो सूक्ति-पात ।
म पनि अमृत जस्तो त्यो सबै सच्चरित्र
म पनि अमृत जस्तो त्यो सबै सच्चरित्र
::मनन मन लगाई गर्न थालें पवित्र।।
::मनन मन लगाई गर्न थालेँ पवित्र ॥
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 21:49, 12 June 2025

This page has been validated

२१
निशामा त्यो प्यारो पठन-विधि गर्दै दिवसमा
उदासी भै हेर्दै हरकिसिमको बाह्य सुषमा ।
जगायेँ निःस्वार्थ-प्रणय-सुखको जोति भरिलो
निकै नै कम्ती भो, विहग-वध-बाधा जहरिलो ॥

२२
गये बढ्दै बढ्दै पयर तल, आँखा गगनमा
जम्यो, फेरी नीलोपन गगनको टम्म मनमा ।
जटाशाली अग्लो शिर पवनको रङ्ग-रसमा
रमाई छर्कन्थ्यो छुनुमुनु गरी शान्ति-सुषमा ॥

२३
कसैले त्यै वेला पनि हृदय पारीकन कडा
दिये भारी धक्का मकन अथवा उग्र रगडा ।
लुछे, लाछे, कोपे, जडतक खने, हुर्मत लिये
कठै ! मेरा लेखा तर अबुझ ती बालक थिये ॥

२४
जुँघा दाह्री तान्ने सरल शिशु जस्तै पथिक ती
म सम्झन्थेँ, हुन्थेँ प्रणयरसले गद्‌गद अति ।
बित्यो एवंरीत्या समय, वयले उन्नति लियो
रसीलो छायामा प्रणय-विधुको कान्ति फिँजियो ॥

२५
सँभाली वा खारी चपल मनका वृत्ति यसरी
म रस्तामा बस्ता प्रणय-शिवको पूजन गरी ।
बित्यो मेरो निक्कै समय उस चौकी उपरमा
जहाँ वासा बस्थे विविध बटुवा ती रहरमा ॥

२६
यति भनी तपसीले मन्द निःश्वाससाथ
मुख-कमल झुकाये, बन्द भो सूक्ति-पात ।
म पनि अमृत जस्तो त्यो सबै सच्चरित्र
मनन मन लगाई गर्न थालेँ पवित्र ॥