Jump to content

Page:Champa.pdf/18: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "फूसफासमा चल्यो । बिर्ताबारी जोरेकोले खान त दुःख भएन तर जागीर, मान, बढतीको पुत्लो पनि पो भएन त । आखिर जब दरबारमा तीन नम्बरेहरूको चकचकी बढ्यो, तब उनको पालो आयो । उनी पहाडबाट यता झरेका ठ..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
फूसफासमा चल्यो । बिर्ताबारी जोरेकोले खान त दुःख भएन तर जागीर, मान, बढतीको पुत्लो पनि पो भएन त । आखिर जब दरबारमा तीन नम्बरेहरूको चकचकी बढ्यो, तब उनको पालो आयो । उनी पहाडबाट यता झरेका ठालू बूद्त सबसँग राजासँग भएका कुरा जुँघाको ताउ लाउँदै सुनाउन लागे । रवाफ पनि बढ्यो । कमाडचीफको पेवाको बन्दोबस्त उनले पाए । दुई चार यस्ता हात लगाउन पाए केको दुःख ए ? …… व्यापारमा भने अघोरै बाठा पो रान् बा नेवारहरू त नेपालका ! बाहुनहरूको के टिकाउ थियो र ? एउटा बाहुन सप्र्‍या देखिएन बा ! ग्वालियरमा भोटे वस्ताद गा जस्तो
फूसफासमा चल्यो । बिर्ताबारी जोरेकोले खान त दुःख भएन तर  
जागीर, मान, बढतीको पुत्लो पनि पो भएन त । आखिर जब दरबारमा  
तीन नम्बरेहरूको चकचकी बढ्यो, तब उनको पालो आयो । उनी  
पहाडबाट यता झरेका ठालु, बेठालु,बुद्धू सबसँग राजासँग भएका  
कुरा जुँघाको ताउ लाउँदै सुनाउन लागे । रवाफ पनि बढ्यो ।  
कमान्डचीफको पेवाको बन्दोबस्त उनले पाए ।  


अब छोराछोरीहरूलाई अंग्रेजी पढाएर दरबारमा घुसाउनुपर्छ
दुई-चार चीज यस्ता हात लाउन पाए केको दुःख ए ! व्यापारमा
भने अघ्घोरै बाठा पो रान् बा नेवारहरू त नेपालका ! बाहुनहरूको
के टिकाउ थियो र ! एउटा बाहुन सप्र्या देखिएन बा ! ग्वालियरमा भोटे
वस्ताद गा जस्तो


उनको जेठो छोरो उमाकान्त अधिकारीको बिहे भइसकेको थियो । पहाडी पोखरेलकी छोरी थिइन्, धम्मरधूस । तीनौटा पोइलाई फ्याँक्न सख्ने अब । मापाकी ! चाकार्नीलाई ढुस्याएर तहलाउने अब । काम पनि भन्नै नपर्ने, स्वाइँ स्वाइँ मस्यौटा, चाइँ जाँतो, भ्याङ्लाङ् भ्याङ्लाङ् ढिक्की …. तर रिस उठ्यो भने मार्न पनि बेर नलाउने । सासूलाई पनि अटेर्ने अब त्यस्ती मापाकी बूढी । उमाकान्त अधिकारी……. त्रिचन्द्र कलेजमा विज्ञान पढ्दथे । माहिलो छोरो भीमकान्त अधिकारी यस साल प्रवेशिका पास गर्ने भएको थियो । उसको पनि बिहा भएको थियो । बुहारी ठूलाकी छोरी थिइन् । तर यति सुकुमारी, यति पंपा, बयान गरी नसक्नु । एक दिन मस्यौटो पिसे, तीन दिन थला पर्थिन् …….
अब छोराछोरीहरूलाई अङ्ग्रेजी पढाएर दरबारमा
घुसाउनुपर्छ


साहिंला छोरो रामकान्तलाई प्रकृतिले अलि कम निगाह गरेकी थिइन् । उसको मुख केही बांगो थियो । ओखरको बोटबाट लडेर बायाँ गालामा चार अंगुलको खत परेको थियो । मुखभरि मखिबुट्टे चायाँ, डंडीफोर तथा चिरिएको चिउँडो, गाला लिपिक्क, हाड टंग्रं∙, आँखा च्याँसे । तर अघोर ठाँटिनु पर्ने उसैलाई । प्राकृतिक आकर्षणको कमीको चेतले नौजवानलाई आत्माको दोस्रो बोक्रो, परिधानतर्फ ज्यादा जोडदार आश्रय लिन लगाउँछ । रामकान्तको तलाश एक घण्टाको हुन्थ्यो । डण्डीफोरका चोसामा हेज्लिन
उनको जेठो छोरो उमाकान्त अधिकारीको बिहे भइसकेको
थियो । पहाडी पोखरेलकी छोरी थिइन्, धम्मरधुस । तीनौटा पोइलाई
फ्याँक्न सक्ने अब । मापाकी ! चाकार्नीलाई ढुस्याएर तह लाउने अब ।
काम पनि भन्नै नपर्ने, स्वाइँस्वाइँ मस्यौटा, चाइँचाइँ जाँतो,
भ्याङलाङभ्याङलाङ ढिक्की । तर रिस उठ्यो भने मार्न पनि बेर नलाउने ।
सासूलाई पनि नटेर्ने अब, त्यस्ती मापाकी बूढी । उमाकान्त अधिकारी
त्रिचन्द्र कलेजमा विज्ञान पढ्दथे । माहिलो छोरो भीमकान्त अधिकारी
यस साल प्रवेशिका पास गर्ने भएका थियो । उनको पनि विहा भएको
थियो । बुहारी ठूलाकी छोरी थिइन् । तर यति सुकुमारी, यति पम्पा,
बयान गरी नसक्नु । एक दिन मस्यौटो पिसे, तीन दिन थला पर्थिन् ।
 
साहिंला छोरो रामकान्तलाई प्रकृतिले अलि कम निगाह  
गरेकी थिइन् । उसको मुख केही बाङ्गो थियो । ओखरको बोटबाट  
लडेर बायाँ गालामा चार अङ्गुलको खत परेको थियो । मुखभरि  
मखिबुट्टे चायाँ, डन्डीफोर तथा चिरिएको चिउँडो, गाला लिपिक्क, हाड  
टङ्ग्रङ्ग, आँखा च्याँसे । तर अघोर ठाँटिनुपर्ने उनैलाई ।  
प्राकृतिक आकर्षणको कमीको चेतले नौजवानलाई आत्माको  
दोस्रो बोक्रो, परिधानतर्फ ज्यादा जोडदार आश्रय लिन लगाउँछ ।  
रामकान्तको तलाश एक घण्टाको हुन्थ्यो । डन्डीफोरका चोसामा हेज्लिन

Latest revision as of 17:15, 11 June 2025

This page has been proofread

फूसफासमा चल्यो । बिर्ताबारी जोरेकोले खान त दुःख भएन तर जागीर, मान, बढतीको पुत्लो पनि पो भएन त । आखिर जब दरबारमा तीन नम्बरेहरूको चकचकी बढ्यो, तब उनको पालो आयो । उनी पहाडबाट यता झरेका ठालु, बेठालु,बुद्धू सबसँग राजासँग भएका कुरा जुँघाको ताउ लाउँदै सुनाउन लागे । रवाफ पनि बढ्यो । कमान्डचीफको पेवाको बन्दोबस्त उनले पाए ।

दुई-चार चीज यस्ता हात लाउन पाए केको दुःख ए ! व्यापारमा भने अघ्घोरै बाठा पो रान् बा नेवारहरू त नेपालका ! बाहुनहरूको के टिकाउ थियो र ! एउटा बाहुन सप्र्या देखिएन बा ! ग्वालियरमा भोटे वस्ताद गा जस्तो ।

अब छोराछोरीहरूलाई अङ्ग्रेजी पढाएर दरबारमा घुसाउनुपर्छ ।

उनको जेठो छोरो उमाकान्त अधिकारीको बिहे भइसकेको थियो । पहाडी पोखरेलकी छोरी थिइन्, धम्मरधुस । तीनौटा पोइलाई फ्याँक्न सक्ने अब । मापाकी ! चाकार्नीलाई ढुस्याएर तह लाउने अब । काम पनि भन्नै नपर्ने, स्वाइँस्वाइँ मस्यौटा, चाइँचाइँ जाँतो, भ्याङलाङभ्याङलाङ ढिक्की । तर रिस उठ्यो भने मार्न पनि बेर नलाउने । सासूलाई पनि नटेर्ने अब, त्यस्ती मापाकी बूढी । उमाकान्त अधिकारी त्रिचन्द्र कलेजमा विज्ञान पढ्दथे । माहिलो छोरो भीमकान्त अधिकारी यस साल प्रवेशिका पास गर्ने भएका थियो । उनको पनि विहा भएको थियो । बुहारी ठूलाकी छोरी थिइन् । तर यति सुकुमारी, यति पम्पा, बयान गरी नसक्नु । एक दिन मस्यौटो पिसे, तीन दिन थला पर्थिन् ।

साहिंला छोरो रामकान्तलाई प्रकृतिले अलि कम निगाह गरेकी थिइन् । उसको मुख केही बाङ्गो थियो । ओखरको बोटबाट लडेर बायाँ गालामा चार अङ्गुलको खत परेको थियो । मुखभरि मखिबुट्टे चायाँ, डन्डीफोर तथा चिरिएको चिउँडो, गाला लिपिक्क, हाड टङ्ग्रङ्ग, आँखा च्याँसे । तर अघोर ठाँटिनुपर्ने उनैलाई । प्राकृतिक आकर्षणको कमीको चेतले नौजवानलाई आत्माको दोस्रो बोक्रो, परिधानतर्फ ज्यादा जोडदार आश्रय लिन लगाउँछ । रामकान्तको तलाश एक घण्टाको हुन्थ्यो । डन्डीफोरका चोसामा हेज्लिन