Page:Champa.pdf/15: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
नाइँ बा ! मलाई अहिले बिहे गर्न | नाइँ बा ! मलाई अहिले बिहे गर्न केको चासो ? हामी गर्दैनौँ रे, | ||
पढ्छौँ रे । नाच, गान सिक्छौँ रे । हामीलाई मन परे सिनेमामा शान्ता | पढ्छौँ रे । नाच, गान सिक्छौँ रे । हामीलाई मन परे सिनेमामा शान्ता | ||
आप्टे, देविका | आप्टे, देविका रानीजस्ती बन्छौँ रे कसैको कर लाग्छ ? वाह ! नाइँ बा ! म | ||
त बिहे नगर्ने । त्यो पोइ कस्तो छ, कस्तो ! न | त बिहे नगर्ने । त्यो पोइ कस्तो छ, कस्तो ! न मधिसेजस्तो छ ! साँच्ची | ||
अस्ति | अस्ति राजाकी छोरी दिया कस्तो कलच्वाँठ थियो छिः… दुरुस्त देहाती | ||
मधिसे… कत्रो जुँघा ? पूरा खान पनि घीन लाग्लाजस्तो । कसैको गाला | |||
खबटे हुन्छ, मुख चुस्स पर्या । हामी बाँदरसँग | खबटे हुन्छ, मुख चुस्स पर्या । हामी बाँदरसँग बिहा गर्ने बा !" | ||
यस्ता अनेक तरङ्ग चम्पाका मनमा दुगुर्न लागे | यस्ता अनेक तरङ्ग चम्पाका मनमा दुगुर्न लागे- 'पोइ भन्या' के | ||
होला ? | होला ?… साँच्ची ? हाम्री मुमाको पोइ बुबा रे ! तँ यसको भनेर | ||
लाइदिया होला अब । एउटा कोठामा सुतेर एउटै थालमा भात खान | लाइदिया होला अब । एउटा कोठामा सुतेर एउटै थालमा भात खान लगाइदिया | ||
होला अब । तर अस्ति कान्छीको पोइले कसरी पिटेको | होला अब । तर अस्ति कान्छीको पोइले कसरी पिटेको | ||
बाबै | बाबै ! खुकुरीको दापैदापले । छिः कस्तो चण्डाल मोरो ! म भए | ||
नबस्ने बा ! यस्ता मोराको घरमा । लोग्नेमान्छे किन त्यति बलियो भा | |||
होला ? उसको हत्केला हातको | होला ? उसको हत्केला हातको पन्जा नै कत्रो ? हकि ! एक चट्कन दियो | ||
भने रिसा वेलामा । ओहो नाइँ बा । हामी ता अहिले बिहा गर्दैनौँ | भने रिसा वेलामा । ओहो नाइँ बा । हामी ता अहिले बिहा गर्दैनौँ, | ||
हामीलाई केको कर ? यसरी चम्पा त्यस रातको आधा भागसम्म चिन्तित रहिन् | हामीलाई केको कर ? यसरी चम्पा त्यस रातको आधा-भागसम्म चिन्तित रहिन् | ||
जस्तो ज्यानमारा फाँसीको दिनको अघिल्लो रातमा, जस्तो हरुवा हार्ने | जस्तो ज्यानमारा फाँसीको दिनको अघिल्लो रातमा, जस्तो हरुवा हार्ने | ||
अघिल्लो दिन । वैयक्तिक चिन्ता पर्दापछाडि रहन्छ, हामी देख्दैनौँ । प्रकाश | अघिल्लो दिन । वैयक्तिक चिन्ता पर्दापछाडि रहन्छ, हामी देख्दैनौँ । प्रकाश | ||
नभए, मुखमा देखिए मात्र जाहेर हुन्छ । तर आफू, आफ्नो बाँकी जिन्दगानीको | नभए, मुखमा देखिए मात्र जाहेर हुन्छ । तर आफू, आफ्नो बाँकी जिन्दगानीको | ||
राह भन्ने विषय पर्नासाथ | राह भन्ने विषय पर्नासाथ मानवपनमा महती समस्या खडा भएर क्रान्तियुगमा | ||
प्रजातन्त्र मन्त्रीको द्वार घचघच्याउने शुभचिन्तकहरूझैँ घचघच्याउन | |||
थाल्दछन् । | थाल्दछन् । | ||
घडीले दुवै हात जोर्यो विधातासँग पानी | घडीले दुवै हात जोर्यो विधातासँग पानी बर्साउने परमेश्वरको | ||
शिरोबिन्दु पदमा । चम्पा थाकेर लोलाउँदै निदाइन् । | शिरोबिन्दु पदमा । चम्पा तरङ्गले थाकेर लोलाउँदै सुस्त निदाइन् । | ||
त्यस रात उनी झस्किन् र कराइन्, | त्यस रात उनी झस्किन् र कराइन्, धाईआमाले मात्र सुनिन् रे । |
Latest revision as of 16:29, 11 June 2025
नाइँ बा ! मलाई अहिले बिहे गर्न केको चासो ? हामी गर्दैनौँ रे, पढ्छौँ रे । नाच, गान सिक्छौँ रे । हामीलाई मन परे सिनेमामा शान्ता आप्टे, देविका रानीजस्ती बन्छौँ रे कसैको कर लाग्छ ? वाह ! नाइँ बा ! म त बिहे नगर्ने । त्यो पोइ कस्तो छ, कस्तो ! न मधिसेजस्तो छ ! साँच्ची अस्ति राजाकी छोरी दिया कस्तो कलच्वाँठ थियो छिः… दुरुस्त देहाती मधिसे… कत्रो जुँघा ? पूरा खान पनि घीन लाग्लाजस्तो । कसैको गाला खबटे हुन्छ, मुख चुस्स पर्या । हामी बाँदरसँग बिहा गर्ने बा !"
यस्ता अनेक तरङ्ग चम्पाका मनमा दुगुर्न लागे- 'पोइ भन्या' के होला ?… साँच्ची ? हाम्री मुमाको पोइ बुबा रे ! तँ यसको भनेर लाइदिया होला अब । एउटा कोठामा सुतेर एउटै थालमा भात खान लगाइदिया होला अब । तर अस्ति कान्छीको पोइले कसरी पिटेको बाबै ! खुकुरीको दापैदापले । छिः कस्तो चण्डाल मोरो ! म भए नबस्ने बा ! यस्ता मोराको घरमा । लोग्नेमान्छे किन त्यति बलियो भा होला ? उसको हत्केला हातको पन्जा नै कत्रो ? हकि ! एक चट्कन दियो भने रिसा वेलामा । ओहो नाइँ बा । हामी ता अहिले बिहा गर्दैनौँ, हामीलाई केको कर ? यसरी चम्पा त्यस रातको आधा-भागसम्म चिन्तित रहिन् जस्तो ज्यानमारा फाँसीको दिनको अघिल्लो रातमा, जस्तो हरुवा हार्ने अघिल्लो दिन । वैयक्तिक चिन्ता पर्दापछाडि रहन्छ, हामी देख्दैनौँ । प्रकाश नभए, मुखमा देखिए मात्र जाहेर हुन्छ । तर आफू, आफ्नो बाँकी जिन्दगानीको राह भन्ने विषय पर्नासाथ मानवपनमा महती समस्या खडा भएर क्रान्तियुगमा प्रजातन्त्र मन्त्रीको द्वार घचघच्याउने शुभचिन्तकहरूझैँ घचघच्याउन थाल्दछन् ।
घडीले दुवै हात जोर्यो विधातासँग पानी बर्साउने परमेश्वरको शिरोबिन्दु पदमा । चम्पा तरङ्गले थाकेर लोलाउँदै सुस्त निदाइन् । त्यस रात उनी झस्किन् र कराइन्, धाईआमाले मात्र सुनिन् रे ।