Page:Champa.pdf/13: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
'माक्क' शब्दउपर बूढाले यति जोड दिए कि चुनुले जिभ्रो | |||
निकालिन् । बुलुले आँखीभौँ खुम्चाएर भनिन्,"जाऊ मोरी ! | निकालिन् । बुलुले आँखीभौँ खुम्चाएर भनिन्,"जाऊ मोरी ! | ||
कस्तो हेपेर गुच्छा पार्या ? फूलै पुग्या छैन, मोरी !" | कस्तो हेपेर गुच्छा पार्या ? फूलै पुग्या छैन, मोरी !" बुहारीहरू | ||
विचार गर्दथे कि | विचार गर्दथे कि बूढाबूढीहरू एक किसिमका जीव हुन् जो ठिटीलाई | ||
हप्काउनु आफ्नो पवित्र कर्तव्य सम्झन्छन् । बैँसमा नठाँटिए कहिले | हप्काउनु आफ्नो पवित्र कर्तव्य सम्झन्छन् । बैँसमा नठाँटिए कहिले | ||
त ? अँ, रेशम नलाए, सौता आइलागे भने नि | त ? अँ, रेशम नलाए, सौता आइलागे भने नि, मोहनी त बैँसको | ||
धन हो । | धन हो । उनीहरू दुवैले बूढो, मर्न लाग्या फ्याउरोको काहानी | ||
सम्झे । फेरि जवान हुन पाए, कम | सम्झे । फेरि जवान हुन पाए, कम हुन्थ्यो बूढा… ? तिमी पनि उनको | ||
कुतकुते बैँस हरहमेशा श्रेष्ठताको भाव लिएर बूढ्याइँ नामको | कुतकुते बैँस हरहमेशा श्रेष्ठताको भाव लिएर बूढ्याइँ नामको | ||
लबरपाँडेको नक्कल हेर्थ्यौ रीसले भन्दा चाखले । के अनौठा छिः ? | |||
छालामा त्यति मुजा पर्या ल, के विघ्न ? चञ्चल नानीको | छालामा त्यति मुजा पर्या ल, के विघ्न ? चञ्चल नानीको पिउनीजस्तो… | ||
बूढाले तब धेरै कुरा सम्झाउँदै बताए कि चम्पा नातिनी यस | बूढाले तब धेरै कुरा सम्झाउँदै बताए कि चम्पा नातिनी यस | ||
साल विवाह गर्न सकिने उमेरमा पुगेकी थिइनन् । | साल विवाह गर्न सकिने उमेरमा पुगेकी थिइनन् । एक-दुई वर्ष | ||
हडबडाउनको जरुरत थिएन । | |||
बूढाले भने, "बिचरी कोपिलै छ | बूढाले भने, "बिचरी कोपिलै छ । आँग फुकेकै छैन । | ||
पिटिक्क जान्न पराईघरमा ?" | |||
बूढीको चित्त बुझेन | बूढीको चित्त बुझेन- "त्यत्रो उमेर भैसक्यो । बहत्तर वर्ष | ||
थोरा हो | थोरा हो ! अनि आफूलाई ज्यमराजले निम्ता दिइसके, मौका आँउछ, | ||
पर्खदैन । मुट्ठी फुक्यो, चरो उड्यो । गुमाउन हुने हो ? | पर्खदैन । मुट्ठी फुक्यो, चरो उड्यो । गुमाउन हुने हो ? | ||
अचम्म ! यो साल कि नकसाल । | अचम्म ! यो साल कि नकसाल । बार्ह वर्ष थोरै हो त ! च्वाट्ट पर सरे, | ||
बिताएन ? कुनामा | बिताएन ? कुनामा पसिसकेकी छोरी भन्दैन दुनियाँले ? बाहुनको | ||
घर पो त ! त्यत्तिको फेरि ठाउँ आउनु, सत्ययुग फर्कन्छ भन्या | घर पो त ! त्यत्तिको फेरि ठाउँ आउनु, सत्ययुग फर्कन्छ भन्या | ||
जस्तो, एः | जस्तो, एः ! अनि कन्यादानको पुण्यलाई कत्रो बयान छ ! स्वर्गको यति | ||
सजिलो बाटो | सजिलो बाटो छोड्न हुन्थ्यो, अहिले ? आफ्नो हृदयको सन्तोष | ||
पनि त हो नि ! फेरि, जिइरहियो भने पनातिको मुख देख्न पाइने पनि | पनि त हो नि ! फेरि, जिइरहियो भने पनातिको मुख देख्न पाइने पनि | ||
त सम्भावना थियो । | त सम्भावना थियो ।" | ||
घरेलु इजलासमा स्त्रीको वकालतलाई पुरुषको भाले | घरेलु इजलासमा स्त्रीको वकालतलाई पुरुषको भाले | ||
जिभ्रोले जित्न सक्तैन । आँटेपछि | जिभ्रोले जित्न सक्तैन । आँटेपछि उनीहरू भए गर्छन्, खुकुलो | ||
भए जोड लगाउँछन्, नहुने भए रुन थाल्छन् । शान्तिभङ्ग एक आन्दोलन | भए जोड लगाउँछन्, नहुने भए रुन थाल्छन् । शान्तिभङ्ग एक आन्दोलन | ||
छ | छ असहयोगभन्दा कडा । | ||
{{nop}} | {{nop}} |
Latest revision as of 15:57, 11 June 2025
'माक्क' शब्दउपर बूढाले यति जोड दिए कि चुनुले जिभ्रो निकालिन् । बुलुले आँखीभौँ खुम्चाएर भनिन्,"जाऊ मोरी ! कस्तो हेपेर गुच्छा पार्या ? फूलै पुग्या छैन, मोरी !" बुहारीहरू विचार गर्दथे कि बूढाबूढीहरू एक किसिमका जीव हुन् जो ठिटीलाई हप्काउनु आफ्नो पवित्र कर्तव्य सम्झन्छन् । बैँसमा नठाँटिए कहिले त ? अँ, रेशम नलाए, सौता आइलागे भने नि, मोहनी त बैँसको धन हो । उनीहरू दुवैले बूढो, मर्न लाग्या फ्याउरोको काहानी सम्झे । फेरि जवान हुन पाए, कम हुन्थ्यो बूढा… ? तिमी पनि उनको कुतकुते बैँस हरहमेशा श्रेष्ठताको भाव लिएर बूढ्याइँ नामको लबरपाँडेको नक्कल हेर्थ्यौ रीसले भन्दा चाखले । के अनौठा छिः ? छालामा त्यति मुजा पर्या ल, के विघ्न ? चञ्चल नानीको पिउनीजस्तो…
बूढाले तब धेरै कुरा सम्झाउँदै बताए कि चम्पा नातिनी यस साल विवाह गर्न सकिने उमेरमा पुगेकी थिइनन् । एक-दुई वर्ष हडबडाउनको जरुरत थिएन ।
बूढाले भने, "बिचरी कोपिलै छ । आँग फुकेकै छैन । पिटिक्क जान्न पराईघरमा ?"
बूढीको चित्त बुझेन- "त्यत्रो उमेर भैसक्यो । बहत्तर वर्ष थोरा हो ! अनि आफूलाई ज्यमराजले निम्ता दिइसके, मौका आँउछ, पर्खदैन । मुट्ठी फुक्यो, चरो उड्यो । गुमाउन हुने हो ? अचम्म ! यो साल कि नकसाल । बार्ह वर्ष थोरै हो त ! च्वाट्ट पर सरे, बिताएन ? कुनामा पसिसकेकी छोरी भन्दैन दुनियाँले ? बाहुनको घर पो त ! त्यत्तिको फेरि ठाउँ आउनु, सत्ययुग फर्कन्छ भन्या जस्तो, एः ! अनि कन्यादानको पुण्यलाई कत्रो बयान छ ! स्वर्गको यति सजिलो बाटो छोड्न हुन्थ्यो, अहिले ? आफ्नो हृदयको सन्तोष पनि त हो नि ! फेरि, जिइरहियो भने पनातिको मुख देख्न पाइने पनि त सम्भावना थियो ।"
घरेलु इजलासमा स्त्रीको वकालतलाई पुरुषको भाले जिभ्रोले जित्न सक्तैन । आँटेपछि उनीहरू भए गर्छन्, खुकुलो भए जोड लगाउँछन्, नहुने भए रुन थाल्छन् । शान्तिभङ्ग एक आन्दोलन छ असहयोगभन्दा कडा ।