Jump to content

Page:Shakuntala.pdf/357: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
झिझिल्‌ झिल्फिल्‌ गर्दै अन सुरहरू जन्मन गए ।
झिझिल्‌ झिल्झिल्‌ गर्दै अब सुरहरू जन्मन गए ।
::सबै जोडी भन्छन्‌ कर 'जय स्वयम्भो जय ! जय !'
::सबै जोडी भन्छन्‌ कर 'जय स्वयम्भो जय ! जय !'
सबै आँखा मिच्दा कर दुइ जुटेका सुर उठे ।
सबै आँखा मिच्दा कर दुइ जुटेका सुर उठे ।
::गिप्यो पर्दा लामौ जलदसरिको श्यामलपट ॥
::गिर्‍यो पर्दा लामो जलदसरिको श्यामलपट ॥
{{pcn|(२०६)}}
{{pcn|(२०६)}}


झ-्यो राम्रो दोस्रो पट हरि थिए ध्यानसहित ।
झर्‍यो राम्रो दोस्रो पट हरि थिए ध्यानसहित ।
::फुकी आयो यौटा कमल दिलको स्वप्नसहित ॥
::फुकी आयो यौटा कमल दिलको स्वप्नसहित ॥
त्यहाँ गाना जस्तो मधुर रसले बान्किन गई ।
त्यहाँ गाना जस्तो मधुर रसले बान्किन गई ।
::उठिन्‌ लक्ष्मी ब्यूँझी हँंसमुख प्रभा झै विभवकी ॥
::उठिन्‌ लक्ष्मी ब्यूँझी हँसमुख प्रभा झैं विभवकी ॥
{{pcn|(२०७)}}
{{pcn|(२०७)}}


तिनी 'खै खै' भन्दै हरि बिउँझिए हात दुइका ।
तिनी 'खै खै' भन्दै हरि बिउँझिए हात दुइका ।
::इशारा फैलाई तन निकट देखेर कमला ॥
::इशारा फैलाई तब निकट देखेर कमला ॥
"तिमी मेरी माया मसँग बस" भन्छन्‌ र कमला ।
"तिमी मेरी माया मसँग बस" भन्छन्‌ र कमला ।
::झुकी आँखा बन्छिन्‌ ललितवदनी लज्जतसँग ॥
::झुकी आँखा बन्छिन्‌ ललितवदनी लज्जतसँग ॥
{{pcn|(२०८)}}
{{pcn|(२०८)}}


विष्णुले ले तन ती लक्ष्मीसाथ सोधे, 'तिमीकन ।
विष्णुले तब ती लक्ष्मीसाथ सोधे, 'तिमीकन ।
के के चाहिन्छ त्यो चाँडै पुस्याउँछु तिमी भन !"
के के चाहिन्छ त्यो चाँडै पुर्‍याउँछु तिमी भन !"
{{pcn|(२०९)}}
{{pcn|(२०९)}}


भन्दा ती कमला भन्छिन्‌ 'सिँगारहरु सुन्दर ।
भन्दा ती कमला भन्छिन्‌ 'सिँगारहरु सुन्दर ।
प्रभुको प्रेमका निम्ति पाउँ सज्न मनोहर ॥"
प्रभुको प्रेमका निम्ति पाऊँ सज्न मनोहर ॥"
{{pcn|(२१०)}}
{{pcn|(२१०)}}


त्यति भन्दा तन नभमा, झझल्ल भझिल्किए तारा ।
त्यति भन्दा तब नभमा, झझल्ल झिल्किए तारा ।
रँग झल्के अवनि उठिन्‌ रम्य बने जगत्‌ तारा ॥
रँग झल्के अवनि उठिन्‌ रम्य बने जगत्‌ तारा ॥
{{pcn|(२११)}}
{{pcn|(२११)}}


व्योमविहारी ग्रह उदड्दका स्वरूप देखिए झल्ल ।
व्योमविहारी ग्रह उडुका स्वरूप देखिए झल्ल ।
प्राकृत ढञ्ज लिएका गतिमान्‌ रत्न भरी झलमल्ल ॥
प्राकृत ढङ्ग लिएका गतिमान्‌ रत्न भरी झलमल्ल ॥
{{pcn|(२१२)}}
{{pcn|(२१२)}}


आँखानाट छटा झिलिक्क हुन गो हाँसो भयो चन्द्रमा ।
आँखाबाट छटा झिलिक्क हुन गो हाँसो भयो चन्द्रमा ।
::श्वासै वायु भयो सुगन्ध लहरी जो नन्छ हुत्‌केन्द्रमा
::श्वासै वायु भयो सुगन्ध लहरी जो नन्छ हृत्‌केन्द्रमा
नालाको टक भो नशा तिर भयो आकाशको गुम्मज ।
नालाको टक भो नशा शिर भयो आकाशको गुम्मज ।
::बन्छन्‌ रोम अनेक शस्य कलिला गाला नने अम्बुज ॥
::बन्छन्‌ रोम अनेक शस्य कलिला गाला बने अम्बुज ॥
{{pcn|(२१३)}}
{{pcn|(२१३)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 19:26, 31 May 2025

This page has been proofread

झिझिल्‌ झिल्झिल्‌ गर्दै अब सुरहरू जन्मन गए ।
सबै जोडी भन्छन्‌ कर 'जय स्वयम्भो जय ! जय !'
सबै आँखा मिच्दा कर दुइ जुटेका सुर उठे ।
गिर्‍यो पर्दा लामो जलदसरिको श्यामलपट ॥
(२०६)

झर्‍यो राम्रो दोस्रो पट हरि थिए ध्यानसहित ।
फुकी आयो यौटा कमल दिलको स्वप्नसहित ॥
त्यहाँ गाना जस्तो मधुर रसले बान्किन गई ।
उठिन्‌ लक्ष्मी ब्यूँझी हँसमुख प्रभा झैं विभवकी ॥
(२०७)

तिनी 'खै खै' भन्दै हरि बिउँझिए हात दुइका ।
इशारा फैलाई तब निकट देखेर कमला ॥
"तिमी मेरी माया मसँग बस" भन्छन्‌ र कमला ।
झुकी आँखा बन्छिन्‌ ललितवदनी लज्जतसँग ॥
(२०८)

विष्णुले तब ती लक्ष्मीसाथ सोधे, 'तिमीकन ।
के के चाहिन्छ त्यो चाँडै पुर्‍याउँछु तिमी भन !"
(२०९)

भन्दा ती कमला भन्छिन्‌ 'सिँगारहरु सुन्दर ।
प्रभुको प्रेमका निम्ति पाऊँ सज्न मनोहर ॥"
(२१०)

त्यति भन्दा तब नभमा, झझल्ल झिल्किए तारा ।
रँग झल्के अवनि उठिन्‌ रम्य बने जगत्‌ तारा ॥
(२११)

व्योमविहारी ग्रह उडुका स्वरूप देखिए झल्ल ।
प्राकृत ढङ्ग लिएका गतिमान्‌ रत्न भरी झलमल्ल ॥
(२१२)

आँखाबाट छटा झिलिक्क हुन गो हाँसो भयो चन्द्रमा ।
श्वासै वायु भयो सुगन्ध लहरी जो नन्छ हृत्‌केन्द्रमा ॥
नालाको टक भो नशा शिर भयो आकाशको गुम्मज ।
बन्छन्‌ रोम अनेक शस्य कलिला गाला बने अम्बुज ॥
(२१३)