Page:Shakuntala.pdf/356: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
::नीलो आस्मानी वा अरुण छवि वा रङ्ग हरियो ॥ | ::नीलो आस्मानी वा अरुण छवि वा रङ्ग हरियो ॥ | ||
लतामा लच्केको विविध मणिको झल्ल झलक । | लतामा लच्केको विविध मणिको झल्ल झलक । | ||
::मिलाई | ::मिलाई बस्नेछन् सुरयुवति लुक्दै दिन टक ॥ | ||
{{pcn|(२००)}} | {{pcn|(२००)}} | ||
भयो | भयो खेल त्यहाँ यौटा दुष्यन्तअघि अद्भुत । | ||
लम-कोसे मिही भौंका परीका | लम-कोसे मिही भौंका परीका नखरासित ॥ | ||
{{pcn|(२०१)}} | {{pcn|(२०१)}} | ||
अँध्यारो | अँध्यारो भो सारा महल पहिले शून्य हुन गो । | ||
:: | ::विनारूमै रङ्गै ध्वनि-रहित झैं सिर्जनअघि ॥ | ||
त्यहाँ | त्यहाँ झिल्झिल् झिल्क्यो अनुपम उज्यालो मधुमय । | ||
::त्यही बन्दै आयो विधुवदन सङ्गीतसँगमा ॥ | ::त्यही बन्दै आयो विधुवदन सङ्गीतसँगमा ॥ | ||
{{pcn|(२०२)}} | {{pcn|(२०२)}} | ||
थियो गाना मीठो मधुमय 'न | थियो गाना मीठो मधुमय 'न हूँ हूँ बहुत म ।' | ||
::भने | ::भने झैं ढीलो भै किरण लहरी झैं रम रम ॥ | ||
अँध्यारो फाटे | अँध्यारो फाटे झैं मिरिमिरि भयो ठाउँहरुमा । | ||
:: | ::झिलिल्झिल्झिल् झल्क्यो छवि विधुविना आकृतिविना ॥ | ||
{{pcn|(२०३)}} | {{pcn|(२०३)}} | ||
त्यहीं बन्दै आयो सरस मृदुरेखा र वदन । | |||
::'अहं' जस्तो मीठो लहरहरूमा | ::'अहं' जस्तो मीठो लहरहरूमा झन्न झनन ॥ | ||
भयो सिङ्गो बान्की छविमय सबै इन्द्रियहरू । | भयो सिङ्गो बान्की छविमय सबै इन्द्रियहरू । | ||
::बनेको लाएको वसन | ::बनेको लाएको वसन सुन झैं झल्मल हुने ॥ | ||
{{pcn|(२०४)}} | {{pcn|(२०४)}} | ||
बढी झन्क्यो गाना झननन सुधासिन्धु छवि | बढी झन्क्यो गाना झननन सुधासिन्धु छवि झैं । | ||
::उदाएका | ::उदाएका देख्थे नृपवर महाविष्णु रवि झैं ॥ | ||
हजारौं पन्छीका मृदु स्वर तथा ज्योति लहर- | हजारौं पन्छीका मृदु स्वर तथा ज्योति लहर- | ||
::हरूमा जागे झैं स्वरहरु | ::हरूमा जागे झैं स्वरहरु उठे स्वादप्रहर ॥ | ||
{{pcn|(२०५)}} | {{pcn|(२०५)}} | ||
परी-पन्छी | परी-पन्छी उड्छन् मधुर रसनाका रवहरू । | ||
::प्रशंसा | ::प्रशंसा झैं गाई जलद-वसन-व्योम निकट ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 19:21, 31 May 2025
त्यहाँ इच्छा जस्तो रँग दिन सजीलो हुन गई ।
नीलो आस्मानी वा अरुण छवि वा रङ्ग हरियो ॥
लतामा लच्केको विविध मणिको झल्ल झलक ।
मिलाई बस्नेछन् सुरयुवति लुक्दै दिन टक ॥
(२००)
भयो खेल त्यहाँ यौटा दुष्यन्तअघि अद्भुत ।
लम-कोसे मिही भौंका परीका नखरासित ॥
(२०१)
अँध्यारो भो सारा महल पहिले शून्य हुन गो ।
विनारूमै रङ्गै ध्वनि-रहित झैं सिर्जनअघि ॥
त्यहाँ झिल्झिल् झिल्क्यो अनुपम उज्यालो मधुमय ।
त्यही बन्दै आयो विधुवदन सङ्गीतसँगमा ॥
(२०२)
थियो गाना मीठो मधुमय 'न हूँ हूँ बहुत म ।'
भने झैं ढीलो भै किरण लहरी झैं रम रम ॥
अँध्यारो फाटे झैं मिरिमिरि भयो ठाउँहरुमा ।
झिलिल्झिल्झिल् झल्क्यो छवि विधुविना आकृतिविना ॥
(२०३)
त्यहीं बन्दै आयो सरस मृदुरेखा र वदन ।
'अहं' जस्तो मीठो लहरहरूमा झन्न झनन ॥
भयो सिङ्गो बान्की छविमय सबै इन्द्रियहरू ।
बनेको लाएको वसन सुन झैं झल्मल हुने ॥
(२०४)
बढी झन्क्यो गाना झननन सुधासिन्धु छवि झैं ।
उदाएका देख्थे नृपवर महाविष्णु रवि झैं ॥
हजारौं पन्छीका मृदु स्वर तथा ज्योति लहर-
हरूमा जागे झैं स्वरहरु उठे स्वादप्रहर ॥
(२०५)
परी-पन्छी उड्छन् मधुर रसनाका रवहरू ।
प्रशंसा झैं गाई जलद-वसन-व्योम निकट ॥