Jump to content

Page:Shakuntala.pdf/355: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
उज्याला बत्ती झै लहर मणिका रङ्ग विविध ।
उज्याला बत्ती झैं लहर मणिका रङ्ग विविध ।
::झझल्‌ झल भझल्‌ गर्छन्‌ विधुकर खुलाई बहविध
::झझल्‌ झल झल्‌ गर्छन्‌ विधुकर खुलाई बहुविध
{{pcn|(१९३)}}
{{pcn|(१९३)}}


कतै माला राम्रो जललल बमी भ्यालउपर
कतै माला राम्रो जललल बनी झ्यालउपर
::शशीको ज्योत्स्ताको मणिमय उज्यालो छ लहर ॥
::शशीको ज्योत्स्ताको मणिमय उज्यालो छ लहर ॥
जहाँ झल्की शा जनत दुवचनका रङ्गहरुमा ।
जहाँ झल्की शोभा मृदुवचनका रङ्गहरुमा ।
::परी हाँसी तलतिर बनी दिव्य सपना ॥
::परी हाँसी हेर्छन् तलतिर बनी दिव्य सपना ॥
{{pcn|(१९४)}}
{{pcn|(१९४)}}


Line 14: Line 14:
::सिँगारी राखिन्छन्‌ सुरकुसुमले सुन्दरसित ॥
::सिँगारी राखिन्छन्‌ सुरकुसुमले सुन्दरसित ॥
जहाँ इन्द्रेणीको ढँग रँग लिने शीतल लव-
जहाँ इन्द्रेणीको ढँग रँग लिने शीतल लव-
::हरू भझल्कीमल्की लघुतवर झर्छन्‌ झलमल ॥
::हरू झल्कीमल्की लघुतवर झर्छन्‌ झलमल ॥
{{pcn|(१९५)}}
{{pcn|(१९५)}}


त्यहाँका भै नै छन्‌ मृदुल मणिका सम्म सतह ।
त्यहाँका भै नै छन्‌ मृदुल मणिका सम्म सतह ।
::निछाएका राम्रा मखमलहरू छन्‌ तह तह ॥
::बिछाएका राम्रा मखमलहरू छन्‌ तह तह ॥
कतै बाटूला छत्‌ मरमर जडेका तर कहीं ।
कतै बाटूला छत्‌ मरमर जडेका तर कहीं ।
::अनेकौं श्रेणी छन्‌ नृपकन दिने आसनहरू ॥
::अनेकौं श्रेणी छन्‌ नृपकन दिने आसनहरू ॥
{{pcn|(१९६)}}
{{pcn|(१९६)}}


त्यहाँ छन्‌ झल्केका कनकमय चौकोस हेँसिला
त्यहाँ छन्‌ झल्केका कनकमय चौकोस हँसिला
::उठाएका बुट्टा झलमल ननेका मणि जडी ॥
::उठाएका बुट्टा झलमल बनेका मणि जडी ॥
उज्यालो गर्ने छन्‌ मणिहरु बडा भझाडहरुमा
उज्यालो गर्ने छन्‌ मणिहरु बडा झाडहरुमा
::त्यसै धप्‌धप्‌ गर्ने दुतियुत कतै रङ्गहरुमा ॥
::त्यसै धप्‌धप्‌ गर्ने द्युतियुत कतै रङ्गहरुमा ॥
{{pcn|(१९७)}}
{{pcn|(१९७)}}


थियो यौटा हीरा धपधप बलेको त्यस थल ।
थियो यौटा हीरा धपधप बलेको त्यस थल ।
::उज्यालो बत्ती झै छविमय बनाई झलर्भल
::उज्यालो बत्ती झैं छविमय बनाई झलझल
म त्यो हीरा पाउ यदि अवनिमा भूप सबको ।
म त्यो हीरा पाऊँ यदि अवनिमा भूप सबको ।
::महासम्रादको नै मुकटमणि बन्थे सहजमा ॥
::महासम्राटको नै मुकुटमणि बन्थें सहजमा ॥
{{pcn|(१९८)}}
{{pcn|(१९८)}}



Latest revision as of 18:02, 31 May 2025

This page has been proofread

उज्याला बत्ती झैं लहर मणिका रङ्ग विविध ।
झझल्‌ झल झल्‌ गर्छन्‌ विधुकर खुलाई बहुविध ॥
(१९३)

कतै माला राम्रो जललल बनी झ्यालउपर ।
शशीको ज्योत्स्ताको मणिमय उज्यालो छ लहर ॥
जहाँ झल्की शोभा मृदुवचनका रङ्गहरुमा ।
परी हाँसी हेर्छन् तलतिर बनी दिव्य सपना ॥
(१९४)

त्यहाँ खम्बा खम्बा छविमय अहा ! रत्नजडित ।
सिँगारी राखिन्छन्‌ सुरकुसुमले सुन्दरसित ॥
जहाँ इन्द्रेणीको ढँग रँग लिने शीतल लव-
हरू झल्कीमल्की लघुतवर झर्छन्‌ झलमल ॥
(१९५)

त्यहाँका भै नै छन्‌ मृदुल मणिका सम्म सतह ।
बिछाएका राम्रा मखमलहरू छन्‌ तह तह ॥
कतै बाटूला छत्‌ मरमर जडेका तर कहीं ।
अनेकौं श्रेणी छन्‌ नृपकन दिने आसनहरू ॥
(१९६)

त्यहाँ छन्‌ झल्केका कनकमय चौकोस हँसिला ।
उठाएका बुट्टा झलमल बनेका मणि जडी ॥
उज्यालो गर्ने छन्‌ मणिहरु बडा झाडहरुमा ।
त्यसै धप्‌धप्‌ गर्ने द्युतियुत कतै रङ्गहरुमा ॥
(१९७)

थियो यौटा हीरा धपधप बलेको त्यस थल ।
उज्यालो बत्ती झैं छविमय बनाई झलझल ॥
म त्यो हीरा पाऊँ यदि अवनिमा भूप सबको ।
महासम्राटको नै मुकुटमणि बन्थें सहजमा ॥
(१९८)

पुगे घुम्दै घुम्दै सुरपति र दुष्यन्त सँगमा ।
उज्यालो नाचेको घरतिर बडो काँचमहल ॥
जुनेली शोभाको भुइँ झलकले निर्मल सफा ।
घरै नै झल्केको स्फटिकभर हाँसीकन प्रभा ॥
(१९९)