Page:Shakuntala.pdf/354: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
भनी लाग्ने मीठो तवर मन सन्तुष्ट हुन गै । | |||
::रहोस् अद्लीबद्ली विकसित रहून् रूपहरु झैं ॥ | |||
{{pcn|(१८७)}} | |||
"यही यौटै हो वा पर पनि कतै स्वर्ग छ" भनी । | |||
::त्यहाँ सोद्धा भन्छन् सुरपति "हजारौं अझ पनि ॥ | |||
बनेका छन् राम्रा प्रभृहृदयका दिव्य महिमा । | |||
::म जस्ता राजा छन् कति कति महान् विश्वभरमा ॥" | |||
{{pcn|(१८८)}} | |||
कुनै पन्छी बोल्यो 'पिउ पिउ' कुनै चाँचर 'च च' । | |||
::कुनै 'कुर् कुर्' लिन्थे हृदयसित प्रेमी प्रतिध्वनि ॥ | |||
कुनै "को हो को हो' कति 'कुलुलु" कोही 'कल कल' । | |||
::कनै 'चीँ चीँ कल्बुल् चिरिरि चुइँ चूँ चूँ" प्रतिपल ॥ | |||
{{pcn|(१८९)}} | |||
कतै 'काफल् काफल्' 'लहलह' कतै ता "चहचह' । | |||
::"झझिल् झिल्' क्वै बोल्छन् 'रुनुझुनु' कतै ता 'छुनुमुनु' ॥ | |||
कतै 'पासल् पोसल्' 'पलपल कुकुल् कुल् मुनुमुनु ।' | |||
{{pcn|(१९०)}} | |||
कतै झुल्दा पन्छी किसलय नयाँमा तह तह । | |||
::त्यसै हल्की हल्की मुखरित छ मीठो 'चह चह' ॥ | |||
"फफर् फर् फर' गर्छन् विहग सब उड्दा वरिपरि । | |||
::त्यसै झारी धूलो सुरभित मजामा झरझरी ॥ | |||
{{pcn|(१९१)}} | |||
चरो इन्द्रेणीले नृपतिकन देखी चमकले । | |||
::'छ छं छं छं' बोल्यो जिउकन हिलाई भडकले ॥ | |||
फिँजायो लम्पङ्खे रँग ललित लामो झिलिमिली । | |||
::उडी चम्क्यो गम्क्यो जलबिच पस्यो झल्झल बली ॥ | |||
{{pcn|(१९२)}} | |||
त्यहाँ छन् बाटूला मखमल मुनाको तट लिने । | |||
::गरा जस्ता राम्रा मरमर किनारा मृदुकने ॥ | |||
जडेका ढुङ्गा झैं झलझल जहाँ सैकत कणा । | |||
::सितारा झैं झल्झल् लसित छ उज्यालो छविसँग ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Latest revision as of 17:58, 31 May 2025
भनी लाग्ने मीठो तवर मन सन्तुष्ट हुन गै ।
रहोस् अद्लीबद्ली विकसित रहून् रूपहरु झैं ॥
(१८७)
"यही यौटै हो वा पर पनि कतै स्वर्ग छ" भनी ।
त्यहाँ सोद्धा भन्छन् सुरपति "हजारौं अझ पनि ॥
बनेका छन् राम्रा प्रभृहृदयका दिव्य महिमा ।
म जस्ता राजा छन् कति कति महान् विश्वभरमा ॥"
(१८८)
कुनै पन्छी बोल्यो 'पिउ पिउ' कुनै चाँचर 'च च' ।
कुनै 'कुर् कुर्' लिन्थे हृदयसित प्रेमी प्रतिध्वनि ॥
कुनै "को हो को हो' कति 'कुलुलु" कोही 'कल कल' ।
कनै 'चीँ चीँ कल्बुल् चिरिरि चुइँ चूँ चूँ" प्रतिपल ॥
(१८९)
कतै 'काफल् काफल्' 'लहलह' कतै ता "चहचह' ।
"झझिल् झिल्' क्वै बोल्छन् 'रुनुझुनु' कतै ता 'छुनुमुनु' ॥
कतै 'पासल् पोसल्' 'पलपल कुकुल् कुल् मुनुमुनु ।'
(१९०)
कतै झुल्दा पन्छी किसलय नयाँमा तह तह ।
त्यसै हल्की हल्की मुखरित छ मीठो 'चह चह' ॥
"फफर् फर् फर' गर्छन् विहग सब उड्दा वरिपरि ।
त्यसै झारी धूलो सुरभित मजामा झरझरी ॥
(१९१)
चरो इन्द्रेणीले नृपतिकन देखी चमकले ।
'छ छं छं छं' बोल्यो जिउकन हिलाई भडकले ॥
फिँजायो लम्पङ्खे रँग ललित लामो झिलिमिली ।
उडी चम्क्यो गम्क्यो जलबिच पस्यो झल्झल बली ॥
(१९२)
त्यहाँ छन् बाटूला मखमल मुनाको तट लिने ।
गरा जस्ता राम्रा मरमर किनारा मृदुकने ॥
जडेका ढुङ्गा झैं झलझल जहाँ सैकत कणा ।
सितारा झैं झल्झल् लसित छ उज्यालो छविसँग ॥