Page:Shakuntala.pdf/353: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
त्यहाँ आँखामा छन् चमक हँसिला दिव्य सुखका । | |||
::जहाँ व्याधा छैनन्, शरहरु न पुग्छन् निठुरका ॥ | |||
खुलस्ती आनन्दी दिलभर भई कण्ठ भरिला । | |||
::त्यहाँ बोल्छन् पन्छी मृदु किरणले प्रेरित भला ॥ | |||
{{pcn|(१८१)}} | |||
कन्याई चुच्चाले जिउतिर मिलाईकन भुवा । | |||
::गरी फर्फर् राम्रो सुरभित चलाई मृदु हवा ॥ | |||
यसो तानी घाँटी लघु ढलक ली दृक् चमकका । | |||
::हँसीला वाणीले हृदयकन छुन्छन् कति निका ॥ | |||
{{pcn|(१८२)}} | |||
सफा ऊँचा मीठो विधुलसित आनन्द हलुका । | |||
::सूगन्धी ज्यूनाको रसमधुरता लीकन निको ॥ | |||
बने झैं हृद्वाणी पुलकित त्यहाँ प्राकृत ध्वनि । | |||
::सुखै झैं ज्यूनाको मुखरित छ हाँगाहरुमनि ॥ | |||
{{pcn|(१८३)}} | |||
यहाँका हावामा अमृत-रसको गन्ध हलुका । | |||
::यहाँका दृश्यैमा मधुर सुषमा फुल्दछ फिका ॥ | |||
यहाँका शब्दैमा दुखरहितताको मृदुपना । | |||
::छ झल्केकी बागै कलकल सुखाऽस्वादन घना ॥ | |||
{{pcn|(१८४)}} | |||
नयाँ बोली मीठा अवनितलमा नै नसुनिने । | |||
::नयाँ झल्का राम्रा उदधि पृथिवीबीच नहुने ॥ | |||
मसीना तृष्णाका सकलपन झैं शोभन मिही । | |||
::त्यहाँ क्यै पाइन्थ्यो जुन रहित भै दुःख छ मही ॥ | |||
{{pcn|(१८५)}} | |||
त्यहाँका फूलैमा रँगहरु नयाँ क्यै मधुरता । | |||
::नयाँ बान्की, अर्कै ढँग मृदुलता दिव्य हलुका ॥ | |||
छिनाले ब्रह्माको कनकमय मानो कुँदिइँदा । | |||
::बने झैं रेखा छन् हृदयकन सन्तोष रहने ॥ | |||
{{pcn|(१८६)}} | |||
त्यहाँको सन्तोषै पनि न छ दिने श्रान्ति दिलमा । | |||
::छ यौटा नै बाँकी अब लघुसिँढी पूर्णतिरमा ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Latest revision as of 17:53, 31 May 2025
त्यहाँ आँखामा छन् चमक हँसिला दिव्य सुखका ।
जहाँ व्याधा छैनन्, शरहरु न पुग्छन् निठुरका ॥
खुलस्ती आनन्दी दिलभर भई कण्ठ भरिला ।
त्यहाँ बोल्छन् पन्छी मृदु किरणले प्रेरित भला ॥
(१८१)
कन्याई चुच्चाले जिउतिर मिलाईकन भुवा ।
गरी फर्फर् राम्रो सुरभित चलाई मृदु हवा ॥
यसो तानी घाँटी लघु ढलक ली दृक् चमकका ।
हँसीला वाणीले हृदयकन छुन्छन् कति निका ॥
(१८२)
सफा ऊँचा मीठो विधुलसित आनन्द हलुका ।
सूगन्धी ज्यूनाको रसमधुरता लीकन निको ॥
बने झैं हृद्वाणी पुलकित त्यहाँ प्राकृत ध्वनि ।
सुखै झैं ज्यूनाको मुखरित छ हाँगाहरुमनि ॥
(१८३)
यहाँका हावामा अमृत-रसको गन्ध हलुका ।
यहाँका दृश्यैमा मधुर सुषमा फुल्दछ फिका ॥
यहाँका शब्दैमा दुखरहितताको मृदुपना ।
छ झल्केकी बागै कलकल सुखाऽस्वादन घना ॥
(१८४)
नयाँ बोली मीठा अवनितलमा नै नसुनिने ।
नयाँ झल्का राम्रा उदधि पृथिवीबीच नहुने ॥
मसीना तृष्णाका सकलपन झैं शोभन मिही ।
त्यहाँ क्यै पाइन्थ्यो जुन रहित भै दुःख छ मही ॥
(१८५)
त्यहाँका फूलैमा रँगहरु नयाँ क्यै मधुरता ।
नयाँ बान्की, अर्कै ढँग मृदुलता दिव्य हलुका ॥
छिनाले ब्रह्माको कनकमय मानो कुँदिइँदा ।
बने झैं रेखा छन् हृदयकन सन्तोष रहने ॥
(१८६)
त्यहाँको सन्तोषै पनि न छ दिने श्रान्ति दिलमा ।
छ यौटा नै बाँकी अब लघुसिँढी पूर्णतिरमा ॥