Page:Shakuntala.pdf/351: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
बनी मीठा बान्की सरस कलिला भै लहलह । | बनी मीठा बान्की सरस कलिला भै लहलह । | ||
शिरा राम्रा पाई मधुर पतला स्निग्ध सतह ॥ | ::शिरा राम्रा पाई मधुर पतला स्निग्ध सतह ॥ | ||
जुनेली आभामा अलि अलि दिने चारु झलक । | |||
रसीला राम्रा छन् मधुमय सुगन्धी किसलय ॥ | ::रसीला राम्रा छन् मधुमय सुगन्धी किसलय ॥ | ||
हिलेका हाँगामा | हिलेका हाँगामा मृदु अनिलले लोल ललित । | ||
इशारा आनन्दीसरि सुख लिँदा शीतलसित ॥ | ::इशारा आनन्दीसरि सुख लिँदा शीतलसित ॥ | ||
छिटो ज्यूँदो मीठो सरसपनका कोमल मुना । | |||
कतै झुप्पा झुप्पापसित चलिरहेछन् छुनुमुना ॥ | ::कतै झुप्पा झुप्पापसित चलिरहेछन् छुनुमुना ॥ | ||
{{pcn|(१६९)}} | {{pcn|(१६९)}} | ||
त्यहाँका चाला नै रसमय उज्याला | त्यहाँका चाला नै रसमय उज्याला मृदुकला । | ||
त्यहाँ छैनन् केही विरह- | ::त्यहाँ छैनन् केही विरह-गर्हुँगा भाव अमिला ॥ | ||
छ अस्तित्वै सत् | छ अस्तित्वै सत् झैं पुलकमय रङ्गीन हलुका । | ||
हुनू नै आनन्दी भजन कृति औ नृत्य र कला | ::हुनू नै आनन्दी भजन कृति औ नृत्य र कला ॥ | ||
{{pcn|(१७०)}} | {{pcn|(१७०)}} | ||
लिपिन्छिन् बास्नाले सरस छविले भूमि सिहँली । | लिपिन्छिन् बास्नाले सरस छविले भूमि सिहँली । | ||
::फुलेका छन् ढुङ्गा पनि कुसुम झैं कोमल त्यहाँ ॥ | |||
नसा राम्रा रङ्गी मृदुल ढँग हाँगा रसमय । | नसा राम्रा रङ्गी मृदुल ढँग हाँगा रसमय । | ||
थुँगा | ::थुँगा झैं ढुङ्गामा विधुकर झझल्किन्छ मधुर ॥ | ||
{{pcn|(१७१)}} | {{pcn|(१७१)}} | ||
कतै ता बोल्ने छन् तरु पनि मुनामा स्वर भरी । | कतै ता बोल्ने छन् तरु पनि मुनामा स्वर भरी । | ||
झरेका अर्नाका निकट रजत- | ::झरेका अर्नाका निकट रजत-स्वादु लहरी ॥ | ||
छ छं | छ छं छं छं छं छे सलिल स्वरमा गानतरल । | ||
सधै नाची बोल्छन् मुखरित हुँदा वृक्ष मृदुल ॥ | ::सधै नाची बोल्छन् मुखरित हुँदा वृक्ष मृदुल ॥ | ||
{{pcn|(१७२)}} | {{pcn|(१७२)}} | ||
कुँदेका जस्ता छन् दलहरु हरा बोटहरुका । | |||
त्यहाँ ज्यादा | ::त्यहाँ ज्यादा देख्थे नृपति सुख चैतन्य तरुका ॥ | ||
नदेख्ने भै आँसु प्रखर दुखका पार्थिवकण । | |||
::सुधाले पोषेका तरुवर फुलेका सुखसँग ॥ | |||
{{pcn|(१७३)}} | {{pcn|(१७३)}} | ||
जहाँ जन्मै | जहाँ जन्मै छैनन् मरणहरुको अन्त पनि नै । | ||
::जहाँ दुःखै छैनन्, कटु वचन काँढा पनि न छ ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 17:42, 31 May 2025
बनी मीठा बान्की सरस कलिला भै लहलह ।
शिरा राम्रा पाई मधुर पतला स्निग्ध सतह ॥
जुनेली आभामा अलि अलि दिने चारु झलक ।
रसीला राम्रा छन् मधुमय सुगन्धी किसलय ॥
हिलेका हाँगामा मृदु अनिलले लोल ललित ।
इशारा आनन्दीसरि सुख लिँदा शीतलसित ॥
छिटो ज्यूँदो मीठो सरसपनका कोमल मुना ।
कतै झुप्पा झुप्पापसित चलिरहेछन् छुनुमुना ॥
(१६९)
त्यहाँका चाला नै रसमय उज्याला मृदुकला ।
त्यहाँ छैनन् केही विरह-गर्हुँगा भाव अमिला ॥
छ अस्तित्वै सत् झैं पुलकमय रङ्गीन हलुका ।
हुनू नै आनन्दी भजन कृति औ नृत्य र कला ॥
(१७०)
लिपिन्छिन् बास्नाले सरस छविले भूमि सिहँली ।
फुलेका छन् ढुङ्गा पनि कुसुम झैं कोमल त्यहाँ ॥
नसा राम्रा रङ्गी मृदुल ढँग हाँगा रसमय ।
थुँगा झैं ढुङ्गामा विधुकर झझल्किन्छ मधुर ॥
(१७१)
कतै ता बोल्ने छन् तरु पनि मुनामा स्वर भरी ।
झरेका अर्नाका निकट रजत-स्वादु लहरी ॥
छ छं छं छं छं छे सलिल स्वरमा गानतरल ।
सधै नाची बोल्छन् मुखरित हुँदा वृक्ष मृदुल ॥
(१७२)
कुँदेका जस्ता छन् दलहरु हरा बोटहरुका ।
त्यहाँ ज्यादा देख्थे नृपति सुख चैतन्य तरुका ॥
नदेख्ने भै आँसु प्रखर दुखका पार्थिवकण ।
सुधाले पोषेका तरुवर फुलेका सुखसँग ॥
(१७३)
जहाँ जन्मै छैनन् मरणहरुको अन्त पनि नै ।
जहाँ दुःखै छैनन्, कटु वचन काँढा पनि न छ ॥