Page:Shakuntala.pdf/351: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
बनी मीठा बान्की सरस कलिला भै लहलह । | |||
::शिरा राम्रा पाई मधुर पतला स्निग्ध सतह ॥ | |||
जुनेली आभामा अलि अलि दिने चारु झलक । | |||
::रसीला राम्रा छन् मधुमय सुगन्धी किसलय ॥ | |||
हिलेका हाँगामा मृदु अनिलले लोल ललित । | |||
::इशारा आनन्दीसरि सुख लिँदा शीतलसित ॥ | |||
छिटो ज्यूँदो मीठो सरसपनका कोमल मुना । | |||
::कतै झुप्पा झुप्पापसित चलिरहेछन् छुनुमुना ॥ | |||
{{pcn|(१६९)}} | |||
त्यहाँका चाला नै रसमय उज्याला मृदुकला । | |||
::त्यहाँ छैनन् केही विरह-गर्हुँगा भाव अमिला ॥ | |||
छ अस्तित्वै सत् झैं पुलकमय रङ्गीन हलुका । | |||
::हुनू नै आनन्दी भजन कृति औ नृत्य र कला ॥ | |||
{{pcn|(१७०)}} | |||
लिपिन्छिन् बास्नाले सरस छविले भूमि सिहँली । | |||
::फुलेका छन् ढुङ्गा पनि कुसुम झैं कोमल त्यहाँ ॥ | |||
नसा राम्रा रङ्गी मृदुल ढँग हाँगा रसमय । | |||
::थुँगा झैं ढुङ्गामा विधुकर झझल्किन्छ मधुर ॥ | |||
{{pcn|(१७१)}} | |||
कतै ता बोल्ने छन् तरु पनि मुनामा स्वर भरी । | |||
::झरेका अर्नाका निकट रजत-स्वादु लहरी ॥ | |||
छ छं छं छं छं छे सलिल स्वरमा गानतरल । | |||
::सधै नाची बोल्छन् मुखरित हुँदा वृक्ष मृदुल ॥ | |||
{{pcn|(१७२)}} | |||
कुँदेका जस्ता छन् दलहरु हरा बोटहरुका । | |||
::त्यहाँ ज्यादा देख्थे नृपति सुख चैतन्य तरुका ॥ | |||
नदेख्ने भै आँसु प्रखर दुखका पार्थिवकण । | |||
::सुधाले पोषेका तरुवर फुलेका सुखसँग ॥ | |||
{{pcn|(१७३)}} | |||
जहाँ जन्मै छैनन् मरणहरुको अन्त पनि नै । | |||
::जहाँ दुःखै छैनन्, कटु वचन काँढा पनि न छ ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Latest revision as of 17:42, 31 May 2025
बनी मीठा बान्की सरस कलिला भै लहलह ।
शिरा राम्रा पाई मधुर पतला स्निग्ध सतह ॥
जुनेली आभामा अलि अलि दिने चारु झलक ।
रसीला राम्रा छन् मधुमय सुगन्धी किसलय ॥
हिलेका हाँगामा मृदु अनिलले लोल ललित ।
इशारा आनन्दीसरि सुख लिँदा शीतलसित ॥
छिटो ज्यूँदो मीठो सरसपनका कोमल मुना ।
कतै झुप्पा झुप्पापसित चलिरहेछन् छुनुमुना ॥
(१६९)
त्यहाँका चाला नै रसमय उज्याला मृदुकला ।
त्यहाँ छैनन् केही विरह-गर्हुँगा भाव अमिला ॥
छ अस्तित्वै सत् झैं पुलकमय रङ्गीन हलुका ।
हुनू नै आनन्दी भजन कृति औ नृत्य र कला ॥
(१७०)
लिपिन्छिन् बास्नाले सरस छविले भूमि सिहँली ।
फुलेका छन् ढुङ्गा पनि कुसुम झैं कोमल त्यहाँ ॥
नसा राम्रा रङ्गी मृदुल ढँग हाँगा रसमय ।
थुँगा झैं ढुङ्गामा विधुकर झझल्किन्छ मधुर ॥
(१७१)
कतै ता बोल्ने छन् तरु पनि मुनामा स्वर भरी ।
झरेका अर्नाका निकट रजत-स्वादु लहरी ॥
छ छं छं छं छं छे सलिल स्वरमा गानतरल ।
सधै नाची बोल्छन् मुखरित हुँदा वृक्ष मृदुल ॥
(१७२)
कुँदेका जस्ता छन् दलहरु हरा बोटहरुका ।
त्यहाँ ज्यादा देख्थे नृपति सुख चैतन्य तरुका ॥
नदेख्ने भै आँसु प्रखर दुखका पार्थिवकण ।
सुधाले पोषेका तरुवर फुलेका सुखसँग ॥
(१७३)
जहाँ जन्मै छैनन् मरणहरुको अन्त पनि नै ।
जहाँ दुःखै छैनन्, कटु वचन काँढा पनि न छ ॥