Page:Shakuntala.pdf/343: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
कतै झल्काहरू जस्ता नव आदर्शका पनि । | |||
झिल्किने तर चाँडै नै निभ्ने के के कुरा बली ॥ | |||
{{pcn|(१२१)}} | |||
नदेखेका नजानेका नसुनेका कुराहरू । | |||
भविष्यबाट झल्के झैं झिल्काए झै अतीतले ॥ | |||
{{pcn|(१२२)}} | |||
जिज्ञासा प्राकृतप्रायः उत्तेजित गराउँदै । | |||
झल्के, निभे, फेरि झल्के कल्पना नै घुमाउँदै ॥ | |||
{{pcn|(१२३)}} | |||
भयो भर्ना झरे जस्तो सरको मधुराधर । | |||
पात पातहरूमाथि गाए जस्तो मनोहर ॥ | |||
{{pcn|(१२४)}} | |||
गानाले आँसुका बूँद अनेकौं युगका लिई । | |||
मीठो बनाउँधी झल्का भावकी सम्झना भई ॥ | |||
{{pcn|(१२५)}} | |||
जीत, हार, खुशी आँसु सबै भै मधुराकृति । | |||
शब्दमा झर्भराए झैं हुन्थ्यो हृदयको स्थिति ॥ | |||
{{pcn|(१२६)}} | |||
त्यसै बेला देव मिली मुग्ध त्यो दैत्यको दल- | |||
लाई हाने उज्यालोले, नानी खुम्चिन गो तल ॥ | |||
{{pcn|(१२७)}} | |||
सूर्यका रश्मिशरले हानिएका महादल । | |||
निधारबीचमा चोट परी सारा लडे तल ॥ | |||
{{pcn|(१२८)}} | |||
त्यो देखेर अरू भागी सैन्य-विध्वंसदारुण । | |||
दुष्यन्त विजयी नेता गन्दछन् देवका गण ॥ | |||
{{pcn|(१२९)}} | |||
फूल अम्लान वर्षेर परीका कर कोमल- | |||
बाट दुष्यन्तको शोभा बढ्यो पारी समुज्ज्वल ॥ | |||
{{pcn|(१३०)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:50, 30 May 2025
कतै झल्काहरू जस्ता नव आदर्शका पनि ।
झिल्किने तर चाँडै नै निभ्ने के के कुरा बली ॥
(१२१)
नदेखेका नजानेका नसुनेका कुराहरू ।
भविष्यबाट झल्के झैं झिल्काए झै अतीतले ॥
(१२२)
जिज्ञासा प्राकृतप्रायः उत्तेजित गराउँदै ।
झल्के, निभे, फेरि झल्के कल्पना नै घुमाउँदै ॥
(१२३)
भयो भर्ना झरे जस्तो सरको मधुराधर ।
पात पातहरूमाथि गाए जस्तो मनोहर ॥
(१२४)
गानाले आँसुका बूँद अनेकौं युगका लिई ।
मीठो बनाउँधी झल्का भावकी सम्झना भई ॥
(१२५)
जीत, हार, खुशी आँसु सबै भै मधुराकृति ।
शब्दमा झर्भराए झैं हुन्थ्यो हृदयको स्थिति ॥
(१२६)
त्यसै बेला देव मिली मुग्ध त्यो दैत्यको दल-
लाई हाने उज्यालोले, नानी खुम्चिन गो तल ॥
(१२७)
सूर्यका रश्मिशरले हानिएका महादल ।
निधारबीचमा चोट परी सारा लडे तल ॥
(१२८)
त्यो देखेर अरू भागी सैन्य-विध्वंसदारुण ।
दुष्यन्त विजयी नेता गन्दछन् देवका गण ॥
(१२९)
फूल अम्लान वर्षेर परीका कर कोमल-
बाट दुष्यन्तको शोभा बढ्यो पारी समुज्ज्वल ॥
(१३०)