Page:Shakuntala.pdf/337: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
तपस्या ठूलो हो तर अझ छ यौटा मुटु कुरा । | |||
::तपस्या ठूलो हो जिउ सब जिती विश्व जितिने ॥ | |||
जिती आफैंलाई त्रिभुवन त्यसै पाउ रहने । | |||
::तपस्या हो ठूलो तर मुटु कुरा सुन्दर चिने ॥ | |||
{{pcn|(६५)}} | |||
महाध्येयी जित्छन् समय अवकाशैकन दुवै । | |||
::दिई सर्वश्वै नै थरहर गराईकन तप ॥ | |||
जगत्का मूलै नै थरहर गराईकन तप । | |||
::गरी जित्छन् झारी प्रभुकन करैसाथ निकट ॥ | |||
{{pcn|(६६)}} | |||
महाध्येयीका छन् अणुअणु मिली एक तरफ । | |||
::नडग्छन् ती थोरै त्रिभुवन डगे तापनि सब ॥ | |||
जिती कालैलाई अमरपदमा ती स्थिर भई । | |||
::हुरी भैंचालो नै यश लिन उ सक्छन् सहज नै ॥ | |||
{{pcn|(६७)}} | |||
सबै ज्योत्स्ना आफ्नो रविसरि गराई धपधप । | |||
::खिँची हृद्व्योमैमा प्रकटित गराई जपतप ॥ | |||
सबै सेता रापैसरि ज्वलनमा दिव्य रहने । | |||
::महाध्येयी जित्छन् त्रिभुवन जितूँ नै यदि भने ॥ | |||
{{pcn|(६८)}} | |||
महाध्येयी जित्छन् तर प्रकृतिमा एक नियम । | |||
::छ शास्ता सारामा छ जूनअनुसारी बल शम ॥ | |||
यही कुञ्जी यौटा जगभर महाशक्तिहरुको । | |||
::छ सत्मा जो चल्ने उसकन अनन्त प्रबलता ॥ | |||
{{pcn|(६९)}} | |||
अनन्त-शक्तिमान् आत्मा, हुन्छ सत्को पिछा लिँदो । | |||
प्रभुको दिव्यता लिन्छ एकत्व पनि सर्वदा ॥ | |||
{{pcn|(७०)}} | |||
सत्य नै ईशको रूप, सत्य तुल्य अगम्य छ । | |||
विश्वेशको सत्स्वरूप लयले मात्र गम्य छ ॥ | |||
{{pcn|(७१)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:17, 30 May 2025
तपस्या ठूलो हो तर अझ छ यौटा मुटु कुरा ।
तपस्या ठूलो हो जिउ सब जिती विश्व जितिने ॥
जिती आफैंलाई त्रिभुवन त्यसै पाउ रहने ।
तपस्या हो ठूलो तर मुटु कुरा सुन्दर चिने ॥
(६५)
महाध्येयी जित्छन् समय अवकाशैकन दुवै ।
दिई सर्वश्वै नै थरहर गराईकन तप ॥
जगत्का मूलै नै थरहर गराईकन तप ।
गरी जित्छन् झारी प्रभुकन करैसाथ निकट ॥
(६६)
महाध्येयीका छन् अणुअणु मिली एक तरफ ।
नडग्छन् ती थोरै त्रिभुवन डगे तापनि सब ॥
जिती कालैलाई अमरपदमा ती स्थिर भई ।
हुरी भैंचालो नै यश लिन उ सक्छन् सहज नै ॥
(६७)
सबै ज्योत्स्ना आफ्नो रविसरि गराई धपधप ।
खिँची हृद्व्योमैमा प्रकटित गराई जपतप ॥
सबै सेता रापैसरि ज्वलनमा दिव्य रहने ।
महाध्येयी जित्छन् त्रिभुवन जितूँ नै यदि भने ॥
(६८)
महाध्येयी जित्छन् तर प्रकृतिमा एक नियम ।
छ शास्ता सारामा छ जूनअनुसारी बल शम ॥
यही कुञ्जी यौटा जगभर महाशक्तिहरुको ।
छ सत्मा जो चल्ने उसकन अनन्त प्रबलता ॥
(६९)
अनन्त-शक्तिमान् आत्मा, हुन्छ सत्को पिछा लिँदो ।
प्रभुको दिव्यता लिन्छ एकत्व पनि सर्वदा ॥
(७०)
सत्य नै ईशको रूप, सत्य तुल्य अगम्य छ ।
विश्वेशको सत्स्वरूप लयले मात्र गम्य छ ॥
(७१)