Page:Shakuntala.pdf/333: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
यो देख्छौं जो उज्यालो | यो देख्छौं जो उज्यालो सुरपुरतिर यो बन्छ प्रांशुप्रकाश । | ||
सामीप्यैमा हुँदामा सुरकन पनि यो क्यै उज्यालो छ भास ॥ | ::सामीप्यैमा हुँदामा सुरकन पनि यो क्यै उज्यालो छ भास ॥ | ||
झर्दै आएर पृथ्वीतिर | झर्दै आएर पृथ्वीतिर जब सुरले टेक्दछन् अन्धकार । | ||
जस्तो देखिन्छ पृथ्वी मिरमिर जनका | ::जस्तो देखिन्छ पृथ्वी मिरमिर जनका झल्किएका जुहार ॥" | ||
{{pcn|(४१)}} | {{pcn|(४१)}} | ||
भन्दाभन्दै हुरीको घनघनसरिको जोडले | भन्दाभन्दै हुरीको घनघनसरिको जोडले शाब्ददार । | ||
::अड्ने जस्तो हुँदामा रथ कुशल तिनी मोहडा थोर फेरी ॥ | |||
हाँसी भन्छन् | हाँसी भन्छन् हुरीमा "जतिजति बलले गर्छ दाबा अँध्यारो । | ||
::जान्नेले राहबीचै त्यसकन सजिलो साथ स्वश्रेय पार्छन् ॥" | |||
{{pcn|(४२)}} | {{pcn|(४२)}} | ||
फन्के जस्तो फनक्कै फनफन भवरी चक्कराएसमान । | फन्के जस्तो फनक्कै फनफन भवरी चक्कराएसमान । | ||
लप्का दप्का र झप्का घचघच | ::लप्का दप्का र झप्का घचघच घुइरो क्यै कराएसमान ॥ | ||
विक्षिप्तप्राय हावा हनुनुनु करुणा - | विक्षिप्तप्राय हावा हनुनुनु करुणा-क्रन्दनीचालसाथ । | ||
दिन्थ्यो धक्का र मुक्का घडडड कहिले यान आएसमान ॥ | ::दिन्थ्यो धक्का र मुक्का घडडड कहिले यान आएसमान ॥ | ||
{{pcn|(४३)}} | {{pcn|(४३)}} | ||
टाढा भै सूर्य दब्दा अब तलतिर छन् दक्षिणी त्यो किनार । | टाढा भै सूर्य दब्दा अब तलतिर छन् दक्षिणी त्यो किनार । | ||
सानो तारा बनेका पदतिर कविका जूनकीरीसमान ॥ | ::सानो तारा बनेका पदतिर कविका जूनकीरीसमान ॥ | ||
माथीमाथी उज्यालो त अनि चहकिलो सूर्य अर्को सुदिव्य । | |||
नीलो गोला उज्यालो वरपर छ हवा | ::नीलो गोला उज्यालो वरपर छ हवा घन्किँदो घन्न घन्न ॥ | ||
{{pcn|(४४)}} | {{pcn|(४४)}} | ||
काला काला र ध्वाँसे घडघड डरका मूर्तिरेखा कराल । | काला काला र ध्वाँसे घडघड डरका मूर्तिरेखा कराल । | ||
::दार्हा लामा किटेका कटकट कहिले बाहु लामा विशाल ॥ | |||
लामा झाँक्रा फिँजेका रिससित चुरिई गर्जिई आउनाले । | लामा झाँक्रा फिँजेका रिससित चुरिई गर्जिई आउनाले । | ||
सम्झन्छन् याननेता | ::सम्झन्छन् याननेता सुर-नृप रिपुका फौज काला तुवाँले ॥ | ||
{{pcn|(४५)}} | {{pcn|(४५)}} | ||
यो हो देवासुरादि प्रतियुग रहने द्वन्द्वमा ठाउँ एक । | यो हो देवासुरादि प्रतियुग रहने द्वन्द्वमा ठाउँ एक । | ||
धेरै योद्धाहरूको मरणथल यही | ::धेरै योद्धाहरूको मरणथल यही दैत्यको गर्व टेक ॥ | ||
याही | याही हुन्छन् समस्या हल अति गहिरा दैत्य औ देवबीच । | ||
::थर्कन्छन् स्वर्गवासीहरु पनि कहिले त्रास बढ्दा नगीच ॥ | |||
{{pcn|(४६)}} | {{pcn|(४६)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 15:11, 30 May 2025
यो देख्छौं जो उज्यालो सुरपुरतिर यो बन्छ प्रांशुप्रकाश ।
सामीप्यैमा हुँदामा सुरकन पनि यो क्यै उज्यालो छ भास ॥
झर्दै आएर पृथ्वीतिर जब सुरले टेक्दछन् अन्धकार ।
जस्तो देखिन्छ पृथ्वी मिरमिर जनका झल्किएका जुहार ॥"
(४१)
भन्दाभन्दै हुरीको घनघनसरिको जोडले शाब्ददार ।
अड्ने जस्तो हुँदामा रथ कुशल तिनी मोहडा थोर फेरी ॥
हाँसी भन्छन् हुरीमा "जतिजति बलले गर्छ दाबा अँध्यारो ।
जान्नेले राहबीचै त्यसकन सजिलो साथ स्वश्रेय पार्छन् ॥"
(४२)
फन्के जस्तो फनक्कै फनफन भवरी चक्कराएसमान ।
लप्का दप्का र झप्का घचघच घुइरो क्यै कराएसमान ॥
विक्षिप्तप्राय हावा हनुनुनु करुणा-क्रन्दनीचालसाथ ।
दिन्थ्यो धक्का र मुक्का घडडड कहिले यान आएसमान ॥
(४३)
टाढा भै सूर्य दब्दा अब तलतिर छन् दक्षिणी त्यो किनार ।
सानो तारा बनेका पदतिर कविका जूनकीरीसमान ॥
माथीमाथी उज्यालो त अनि चहकिलो सूर्य अर्को सुदिव्य ।
नीलो गोला उज्यालो वरपर छ हवा घन्किँदो घन्न घन्न ॥
(४४)
काला काला र ध्वाँसे घडघड डरका मूर्तिरेखा कराल ।
दार्हा लामा किटेका कटकट कहिले बाहु लामा विशाल ॥
लामा झाँक्रा फिँजेका रिससित चुरिई गर्जिई आउनाले ।
सम्झन्छन् याननेता सुर-नृप रिपुका फौज काला तुवाँले ॥
(४५)
यो हो देवासुरादि प्रतियुग रहने द्वन्द्वमा ठाउँ एक ।
धेरै योद्धाहरूको मरणथल यही दैत्यको गर्व टेक ॥
याही हुन्छन् समस्या हल अति गहिरा दैत्य औ देवबीच ।
थर्कन्छन् स्वर्गवासीहरु पनि कहिले त्रास बढ्दा नगीच ॥
(४६)