Jump to content

Page:Shakuntala.pdf/331: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
हैर्छन्‌ विज्ञानवाला ग्रह, उड, सरिता, स्वर्गको रश्मि चाल ।
हेर्छन्‌ विज्ञानवाला ग्रह, उडु, सरिता, स्वर्गको रश्मि चाल ।
::यो सारा शून्यता हो प्रकृतिकृत क्रिया काकतालीय जाल ॥
::यो सारा शून्यता हो प्रकृतिकृत क्रिया काकतालीय जाल ॥
भन्दै आँखा अँध्यारासँग गगनविषे शून्यता मात्र देखी ।
भन्दै आँखा अँध्यारासँग गगनविषे शून्यता मात्र देखी ।
Line 7: Line 7:
{{pcn|(२९)}}
{{pcn|(२९)}}


धेरै धेरै यहाँ छन्‌ तहतह गहिरा शून्यका काँचुली भै
धेरै धेरै यहाँ छन्‌ तहतह गहिरा शून्यका काँचुली झैं
::सातै छन्‌ भेद यौटा तर हृदय विकासी हुने सिल्लिला झैं ॥
::सातै छन्‌ भेद यौटा तर हृदय विकासी हुने सिल्लिला झैं ॥
पृथ्वी, पानीय, हावा, तम, रज, शुचिका माथि आनन्द लोक ।
पृथ्वी, पानीय, हावा, तम, रज, शुचिका माथि आनन्द लोक ।
Line 13: Line 13:
{{pcn|(३०)}}
{{pcn|(३०)}}


पृष्वी मौटो खँदिलो रँग रेँगहरुको रूपले भै सचित्र ।
पृथ्वी मोटो खँदिलो रँग रँगहरुको रूपले भै सचित्र ।
::मात्रा स्पर्शी छ चाँडो, परिणतिहरुको रेखिने शीघ रेखा ॥
::मात्रा स्पर्शी छ चाँडो, परिणतिहरुको रेखिने शीघ्र रेखा ॥
धेरै फुख्रो र धुस्रो अलिकति रसले सत्यको भिन्न जाँदा ।
धेरै फुस्रो र धुस्रो अलिकति रसले सत्यको भिज्न जाँदा ।
::सन्तोषीसम्म भन्ने किरणहरु जहाँ आउँछन्‌ अल्प वक्र ॥
::सन्तोषीसम्म भन्ने किरणहरु जहाँ आउँछन्‌ अल्प वक्र ॥
{{pcn|(३१)}}
{{pcn|(३१)}}
Line 21: Line 21:
तल्लो दर्जा उज्यालो क्षणक्षणहरुको चाख ज्यादा रहेको ।
तल्लो दर्जा उज्यालो क्षणक्षणहरुको चाख ज्यादा रहेको ।
::मिल्ने सौन्दर्यसाथै विकृति करुणता भैद ज्यादा भएको ॥
::मिल्ने सौन्दर्यसाथै विकृति करुणता भैद ज्यादा भएको ॥
साड्ग्रा सीमाहरूका क्षितिजहरु हुने अल्प सौगन्धवाला ।
साङ्ग्रा सीमाहरूका क्षितिजहरु हुने अल्प सौगन्धवाला ।
::हामीले घीन मान्ने थलहरु बहृतै धोर मात्रै उज्याला ॥
::हामीले घीन मान्ने थलहरु बहुतै थोर मात्रै उज्याला ॥
{{pcn|(३२)}}
{{pcn|(३२)}}


आभाका दिव्य साना मिरिमिरिहरु नै झल्किँदामा सजीव ।
आभाका दिव्य साना मिरिमिरिहरु नै झल्किँदामा सजीव ।
::छोला छोला गरे झै क्षणसहित बनी बिर्सिने दिव्य ज्योति ।
::छोला छोला गरे झैं क्षणसहित बनी बिर्सिने दिव्य ज्योति ।
फैली जाँदा उज्यालो अतिशाय करुणाको सेँदो दीन पात्र ।
फैली जाँदा उज्यालो अतिशय करुणाको रूँदो दीन पात्र ।
::त्यो पृष्वीलोकमा छन्‌ मरण दुख तथा आँसुले आर्द्र गात्र ॥
::त्यो पृथ्वीलोकमा छन्‌ मरण दुख तथा आँसुले आर्द्र गात्र ॥
{{pcn|(३३)}}
{{pcn|(३३)}}


हामी हेछौँ धरा ती सुरपुर रहने देख्दछौं दुर-दूर ।
हामी हेर्छौँ धरा ती सुरपुर रहने देख्दछौं दूर-दूर ।
::मिर्मिर्‌ मिर्मिर्‌ गरैको विधुसरि निशिमा घोर काली अमाको ॥
::मिर्मिर्‌ मिर्मिर्‌ गरेको विधुसरि निशिमा घोर काली अमाको ॥
झिल्फिल्‌झिल्फिल्‌ कडा भै थलयल छविमा काठजस्ता उज्याला ।
झिल्झिल्‌झिल्झिल्‌ कडा भै थलथल छविमा काठजस्ता उज्याला ।
::झल्किन्छन्‌ दिव्य झल्का हृदय घुसिलिंदा मर्तको धप्प बेला ॥
::झल्किन्छन्‌ दिव्य झल्का हृदय घुसिलिँदा मर्त्यको धप्प बेला ॥
{{pcn|(३४)}}
{{pcn|(३४)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 15:01, 30 May 2025

This page has been proofread

हेर्छन्‌ विज्ञानवाला ग्रह, उडु, सरिता, स्वर्गको रश्मि चाल ।
यो सारा शून्यता हो प्रकृतिकृत क्रिया काकतालीय जाल ॥
भन्दै आँखा अँध्यारासँग गगनविषे शून्यता मात्र देखी ।
भन्नेछन्‌ छैन केही यति हृदय लिई शान्तिको वास जन्म्यो ॥
(२९)

धेरै धेरै यहाँ छन्‌ तहतह गहिरा शून्यका काँचुली झैं ।
सातै छन्‌ भेद यौटा तर हृदय विकासी हुने सिल्लिला झैं ॥
पृथ्वी, पानीय, हावा, तम, रज, शुचिका माथि आनन्द लोक ।
सातै छन्‌ लोक मोटा तवरसँग लिए स्वर्गको मार्गबीच ॥
(३०)

पृथ्वी मोटो खँदिलो रँग रँगहरुको रूपले भै सचित्र ।
मात्रा स्पर्शी छ चाँडो, परिणतिहरुको रेखिने शीघ्र रेखा ॥
धेरै फुस्रो र धुस्रो अलिकति रसले सत्यको भिज्न जाँदा ।
सन्तोषीसम्म भन्ने किरणहरु जहाँ आउँछन्‌ अल्प वक्र ॥
(३१)

तल्लो दर्जा उज्यालो क्षणक्षणहरुको चाख ज्यादा रहेको ।
मिल्ने सौन्दर्यसाथै विकृति करुणता भैद ज्यादा भएको ॥
साङ्ग्रा सीमाहरूका क्षितिजहरु हुने अल्प सौगन्धवाला ।
हामीले घीन मान्ने थलहरु बहुतै थोर मात्रै उज्याला ॥
(३२)

आभाका दिव्य साना मिरिमिरिहरु नै झल्किँदामा सजीव ।
छोला छोला गरे झैं क्षणसहित बनी बिर्सिने दिव्य ज्योति ।
फैली जाँदा उज्यालो अतिशय करुणाको रूँदो दीन पात्र ।
त्यो पृथ्वीलोकमा छन्‌ मरण दुख तथा आँसुले आर्द्र गात्र ॥
(३३)

हामी हेर्छौँ धरा ती सुरपुर रहने देख्दछौं दूर-दूर ।
मिर्मिर्‌ मिर्मिर्‌ गरेको विधुसरि निशिमा घोर काली अमाको ॥
झिल्झिल्‌झिल्झिल्‌ कडा भै थलथल छविमा काठजस्ता उज्याला ।
झल्किन्छन्‌ दिव्य झल्का हृदय घुसिलिँदा मर्त्यको धप्प बेला ॥
(३४)