Jump to content

Page:Shakuntala.pdf/328: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
 
(3 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
ती हुन्छन्‌ फूलजस्ता रँग रँग मधुरा दूर साना सफेद ।
::बाटाका बीच उड्दो तरुलहर नजीकै हरा झारजस्ता ॥
सानो राम्रो सिँगारे घरसरि पुतलीको सफा चारु चट्ट ।
::मिर्मीरे स्वर्णछाना निकट अनि खुला टाउको झैं फुलेका ॥
{{pcn|(११)}}


हेर्छन्‌ दृष्यन्त राजा तलतिर पृथिवी शैलवाली वसन्ती ।
::काला काला र कोरेसरि जमिनहरू रङ्गका चारु पाटा ॥
सेता धर्का नदीका सिलमिल हरिया वृक्ष काला बनेका ।
::छाना छाना उठेका गजुरहरु तिखा सानु टुप्पा सियाका ॥
{{pcn|(१२)}}
नीलो नीलो हुँदै गो रँग परपर भै रूप सारा गुमेर ।
::नीलो नीलो फिका क्यै सुमधुर कुइरो पातलो बेर्‍हिए झैं ॥
आयो चाँडै तहालू जलद अब बनी पातलो हुस्सुतुल्य ।
::भेट्थ्यो त्यो यान ऊँचा अब घनतलका पातला जाल चल्दा ॥
{{pcn|(१३)}}
चीसो निक्कै हुनाले नृपवर अलि क्यै खुम्चिएका समान ।
::देखी हाँसेर भन्छन्‌ नृपवर सुर ती "स्वर्गमा नै हुँदैन ॥
हामीमा गर्मि-सर्दी हृदयसित मिली आउँछन्‌ उष्ण भाव ।
::ठण्डा होला निकै नै नृपवर प्रभुमा उच्चताको प्रभाव ॥
{{pcn|(१४)}}
बोले यी मिष्ठवाणी जब सुरपतिका यानका हाँकले ती ।
::राजाले अस्त्र आफ्नो 'हृदनल'<ref>काल्पनिक अग्न्यस्त्र ।</ref> महिमासाथ गर्छन्‌ प्रयोग ॥
झिल्क्यो आगो भिभिल्‌भिल्‌ झलललल घुम्यो, यानको चारतर्फ ।
::साना सेता रँगीला रँगविरँग लियो राप नै नागबेली ॥
{{pcn|(१५)}}
गर्मी चढ्दै गयो झन्‌ क्षणभर सुर ती रापले ताप पारी ।
::गर्माएका हुँदामा हँसमुख अब छन्‌ भूप दुष्यन्त भारी ॥
"मेरो यो अस्त्र यौटा 'हृदनल' कहिने एक यो हो बिजूली ।
::मेघारूढा भवानीसँग वर पहिले पाइएको खुशीमा ॥"
{{pcn|(१६)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 13:31, 30 May 2025

This page has been proofread

ती हुन्छन्‌ फूलजस्ता रँग रँग मधुरा दूर साना सफेद ।
बाटाका बीच उड्दो तरुलहर नजीकै हरा झारजस्ता ॥
सानो राम्रो सिँगारे घरसरि पुतलीको सफा चारु चट्ट ।
मिर्मीरे स्वर्णछाना निकट अनि खुला टाउको झैं फुलेका ॥
(११)

हेर्छन्‌ दृष्यन्त राजा तलतिर पृथिवी शैलवाली वसन्ती ।
काला काला र कोरेसरि जमिनहरू रङ्गका चारु पाटा ॥
सेता धर्का नदीका सिलमिल हरिया वृक्ष काला बनेका ।
छाना छाना उठेका गजुरहरु तिखा सानु टुप्पा सियाका ॥
(१२)

नीलो नीलो हुँदै गो रँग परपर भै रूप सारा गुमेर ।
नीलो नीलो फिका क्यै सुमधुर कुइरो पातलो बेर्‍हिए झैं ॥
आयो चाँडै तहालू जलद अब बनी पातलो हुस्सुतुल्य ।
भेट्थ्यो त्यो यान ऊँचा अब घनतलका पातला जाल चल्दा ॥
(१३)

चीसो निक्कै हुनाले नृपवर अलि क्यै खुम्चिएका समान ।
देखी हाँसेर भन्छन्‌ नृपवर सुर ती "स्वर्गमा नै हुँदैन ॥
हामीमा गर्मि-सर्दी हृदयसित मिली आउँछन्‌ उष्ण भाव ।
ठण्डा होला निकै नै नृपवर प्रभुमा उच्चताको प्रभाव ॥
(१४)

बोले यी मिष्ठवाणी जब सुरपतिका यानका हाँकले ती ।
राजाले अस्त्र आफ्नो 'हृदनल'[1] महिमासाथ गर्छन्‌ प्रयोग ॥
झिल्क्यो आगो भिभिल्‌भिल्‌ झलललल घुम्यो, यानको चारतर्फ ।
साना सेता रँगीला रँगविरँग लियो राप नै नागबेली ॥
(१५)

गर्मी चढ्दै गयो झन्‌ क्षणभर सुर ती रापले ताप पारी ।
गर्माएका हुँदामा हँसमुख अब छन्‌ भूप दुष्यन्त भारी ॥
"मेरो यो अस्त्र यौटा 'हृदनल' कहिने एक यो हो बिजूली ।
मेघारूढा भवानीसँग वर पहिले पाइएको खुशीमा ॥"
(१६)

  1. काल्पनिक अग्न्यस्त्र ।