Page:Shakuntala.pdf/326: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(3 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|'''त्रयोविंशतितम सर्ग'''}}}} | |||
{{start center block}} | |||
<poem> | <poem> | ||
पन्छी जस्तो पखेटा दुइतिर पतला दीर्घ लाम्चो बनोट । | |||
::पाङ्ग्रा राम्रा र सेता जिउ अलि हलुका सातरङ्गी विमान ॥ | |||
फूलै फूलैहरूले ललितसरि जहाँ बस्न गद्दी र छाना । | |||
::हावा पार्छन् सुगन्धी अमर कुसुमका पत्र राम्रा बिछाई । | |||
{{pcn|(१)}} | |||
आभाले दिव्य झल्झल् रँगहरु हुन गै शान्त देदीप्यमान । | |||
::शोभा भर्दो बगैंचाभर नृपवरको पङ्ख फुल्दोसमान ॥ | |||
अर्कै सौगन्ध ल्याई कुसुमहरु त्यसै लट्ठ पारी सुताई । | |||
::दिन्थ्यो स्वप्ना उज्याला सुरपुरतिरको जन्मको जो बधाई ॥ | |||
{{pcn|(२)}} | |||
'को को' गर्थ्यो बसेको छततिर रसिलो कोयली मञ्जुकण्ठ । | |||
::आएका इन्द्रजीका छविमय छरिता शानका याननेता ॥ | |||
देखी त्यो हप्प गर्दै निकटतरु लिई चूप लाग्यो सिहारी । | |||
::आए योद्धा उज्याला नृपवरसँगमा फूर्तिला शस्त्रधारी ॥ | |||
{{pcn|(३)}} | |||
लाएका ताज तेजी झलमल, जलका जन्मका चारुमोती । | |||
::पन्ना राम्रा मुना झैं, सुविमल-मणिको हीरकाक्षिप्तज्योति ॥ | |||
कल्की स्वर्गे चराको रँगरँग रसिलो पिच्छ लुर्का लरक्क । | |||
::फर्केको स्वादु लच्कासँग नरमपना झल्किए झैं सलक्क ॥ | |||
{{pcn|(४)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 13:22, 30 May 2025
पन्छी जस्तो पखेटा दुइतिर पतला दीर्घ लाम्चो बनोट ।
पाङ्ग्रा राम्रा र सेता जिउ अलि हलुका सातरङ्गी विमान ॥
फूलै फूलैहरूले ललितसरि जहाँ बस्न गद्दी र छाना ।
हावा पार्छन् सुगन्धी अमर कुसुमका पत्र राम्रा बिछाई ।
(१)
आभाले दिव्य झल्झल् रँगहरु हुन गै शान्त देदीप्यमान ।
शोभा भर्दो बगैंचाभर नृपवरको पङ्ख फुल्दोसमान ॥
अर्कै सौगन्ध ल्याई कुसुमहरु त्यसै लट्ठ पारी सुताई ।
दिन्थ्यो स्वप्ना उज्याला सुरपुरतिरको जन्मको जो बधाई ॥
(२)
'को को' गर्थ्यो बसेको छततिर रसिलो कोयली मञ्जुकण्ठ ।
आएका इन्द्रजीका छविमय छरिता शानका याननेता ॥
देखी त्यो हप्प गर्दै निकटतरु लिई चूप लाग्यो सिहारी ।
आए योद्धा उज्याला नृपवरसँगमा फूर्तिला शस्त्रधारी ॥
(३)
लाएका ताज तेजी झलमल, जलका जन्मका चारुमोती ।
पन्ना राम्रा मुना झैं, सुविमल-मणिको हीरकाक्षिप्तज्योति ॥
कल्की स्वर्गे चराको रँगरँग रसिलो पिच्छ लुर्का लरक्क ।
फर्केको स्वादु लच्कासँग नरमपना झल्किए झैं सलक्क ॥
(४)