Page:Shakuntala.pdf/322: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
ए ए ! डाक किसान त्यो | ए ए ! डाक किसान त्यो गइसक्यो ? ए खेतको गोप तँ ? | ||
::बस् | ::बस् बस् भन्न मलाइ ती किन त्यहाँ आइन् त राम्रोसित ॥ | ||
के भन्थिन् अनि चेहरा | के भन्थिन् अनि चेहरा कुन थियो ? कस्ता थिए नेत्र ती ? | ||
:: | ::रुन्थिन् वा खुश मान्दथिन् कि त त्यहाँ रुन्थिन् कि सोच्थिन् अनि ? | ||
{{pcn|(३५)}} | {{pcn|(३५)}} | ||
के लामा दुइ कोस ध्यानगहिरा | के लामा दुइ कोस ध्यानगहिरा छड्के रसीला थिए ? | ||
::खे खाइन् अनि के भनिन् ? अनि त्यहाँ वार्ताहरू के भए ? | ::खे खाइन् अनि के भनिन् ? अनि त्यहाँ वार्ताहरू के भए ? | ||
थोरै अन्न लिएर | थोरै अन्न लिएर कुञ्चितदृशी साङ्ग्रो गराई गह । | ||
::खान्थिन् | ::खान्थिन् थोर कि ? हाँस्दथिन् कि कसरी बस्थिन् कि रुन्थिन् सब ॥ | ||
{{pcn|(३६)}} | {{pcn|(३६)}} | ||
चाँडो आज | चाँडो आज बता न ! ती अनि कहाँ जाने कुरा गर्दथिन् ? | ||
::रोएतुल्य बिहान कोण | ::रोएतुल्य बिहान कोण दृगको के मैलिएको थियो ?" | ||
यस्तै प्रश्न अनेक उत्तर त्यो खेतिवालाकन । | यस्तै प्रश्न अनेक उत्तर दिँदो त्यो खेतिवालाकन । | ||
::आए | ::आए आँसु विचित्र देख्न विधिको छर्लङ्ग बीत्यो दिन ॥ | ||
{{pcn|(३७)}} | {{pcn|(३७)}} | ||
पाई धेर | पाई धेर इनाम त्यो घर गयो खोजेर ल्याए तिनी । | ||
::मिल्ने | ::मिल्ने हुन्छ इनाम धेर पछि है भन्ने दिलासा पनि ॥ | ||
"हा ! क्या दुष्ट छ कर्म धर्म नहुने क्या बेइमानी | "हा ! क्या दुष्ट छ कर्म धर्म नहुने क्या बेइमानी गर्यो । | ||
::रानी बन्न सुहाउनेकन त्यसै | ::रानी बन्न सुहाउनेकन त्यसै बाहेक पारी मर्यो ॥ | ||
कस्तो दैव ! हरे नि ! सम्झन त्यसै छीया छ छाती पनि ।" | कस्तो दैव ! हरे नि ! सम्झन त्यसै छीया छ छाती पनि ।" | ||
::भन्दै आँसु लिई पुकारहरुको आँखा भई त्यो | ::भन्दै आँसु लिई पुकारहरुको आँखा भई त्यो फिर्यो ॥ | ||
{{pcn|(३८)}} | {{pcn|(३८)}} | ||
भौलीपल्ट बिहान | भौलीपल्ट बिहान नींद नलिई कालो उज्यालो भयो । | ||
::मेघाच्छन्न, | ::मेघाच्छन्न, खुलेन व्योम कुइरो उड्थ्यो अकाशे झिनो ॥ | ||
लाग्यो घर्घर बर्बर भए आँखा प्रतापी पनि । | लाग्यो घर्घर गर्न बर्बर भए आँखा प्रतापी पनि । | ||
::केही अन्न नली बसे नृपति ती कान्तावियोगी बनी ॥ | ::केही अन्न नली बसे नृपति ती कान्तावियोगी बनी ॥ | ||
{{pcn|(३९)}} | {{pcn|(३९)}} | ||
" | "प्यूँला चातक बूँद आज म चरो प्यासी बनी बस्दछु । | ||
::मेरो यो | ::मेरो यो गुँडमा वियोग शरले हान्दो छ छातीतिर ॥ | ||
प्यारीलाइ गयो गुम भयो रित्तो र पानीभरी । | प्यारीलाइ लिई गयो गुम भयो रित्तो र पानीभरी । | ||
::आत्मा छैन यहाँ रुँदै पयरमा जाँदो छ पीछा गरी ॥ | ::आत्मा छैन यहाँ रुँदै पयरमा जाँदो छ पीछा गरी ॥ | ||
{{pcn|(४०)}} | {{pcn|(४०)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:43, 30 May 2025
ए ए ! डाक किसान त्यो गइसक्यो ? ए खेतको गोप तँ ?
बस् बस् भन्न मलाइ ती किन त्यहाँ आइन् त राम्रोसित ॥
के भन्थिन् अनि चेहरा कुन थियो ? कस्ता थिए नेत्र ती ?
रुन्थिन् वा खुश मान्दथिन् कि त त्यहाँ रुन्थिन् कि सोच्थिन् अनि ?
(३५)
के लामा दुइ कोस ध्यानगहिरा छड्के रसीला थिए ?
खे खाइन् अनि के भनिन् ? अनि त्यहाँ वार्ताहरू के भए ?
थोरै अन्न लिएर कुञ्चितदृशी साङ्ग्रो गराई गह ।
खान्थिन् थोर कि ? हाँस्दथिन् कि कसरी बस्थिन् कि रुन्थिन् सब ॥
(३६)
चाँडो आज बता न ! ती अनि कहाँ जाने कुरा गर्दथिन् ?
रोएतुल्य बिहान कोण दृगको के मैलिएको थियो ?"
यस्तै प्रश्न अनेक उत्तर दिँदो त्यो खेतिवालाकन ।
आए आँसु विचित्र देख्न विधिको छर्लङ्ग बीत्यो दिन ॥
(३७)
पाई धेर इनाम त्यो घर गयो खोजेर ल्याए तिनी ।
मिल्ने हुन्छ इनाम धेर पछि है भन्ने दिलासा पनि ॥
"हा ! क्या दुष्ट छ कर्म धर्म नहुने क्या बेइमानी गर्यो ।
रानी बन्न सुहाउनेकन त्यसै बाहेक पारी मर्यो ॥
कस्तो दैव ! हरे नि ! सम्झन त्यसै छीया छ छाती पनि ।"
भन्दै आँसु लिई पुकारहरुको आँखा भई त्यो फिर्यो ॥
(३८)
भौलीपल्ट बिहान नींद नलिई कालो उज्यालो भयो ।
मेघाच्छन्न, खुलेन व्योम कुइरो उड्थ्यो अकाशे झिनो ॥
लाग्यो घर्घर गर्न बर्बर भए आँखा प्रतापी पनि ।
केही अन्न नली बसे नृपति ती कान्तावियोगी बनी ॥
(३९)
"प्यूँला चातक बूँद आज म चरो प्यासी बनी बस्दछु ।
मेरो यो गुँडमा वियोग शरले हान्दो छ छातीतिर ॥
प्यारीलाइ लिई गयो गुम भयो रित्तो र पानीभरी ।
आत्मा छैन यहाँ रुँदै पयरमा जाँदो छ पीछा गरी ॥
(४०)