Page:Shakuntala.pdf/322: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
ए ए ! डाक किसान त्यो गइसक्यो ? ए खेतको गोप तँ ? | |||
::बस् बस् भन्न मलाइ ती किन त्यहाँ आइन् त राम्रोसित ॥ | |||
के भन्थिन् अनि चेहरा कुन थियो ? कस्ता थिए नेत्र ती ? | |||
::रुन्थिन् वा खुश मान्दथिन् कि त त्यहाँ रुन्थिन् कि सोच्थिन् अनि ? | |||
{{pcn|(३५)}} | |||
के लामा दुइ कोस ध्यानगहिरा छड्के रसीला थिए ? | |||
::खे खाइन् अनि के भनिन् ? अनि त्यहाँ वार्ताहरू के भए ? | |||
थोरै अन्न लिएर कुञ्चितदृशी साङ्ग्रो गराई गह । | |||
::खान्थिन् थोर कि ? हाँस्दथिन् कि कसरी बस्थिन् कि रुन्थिन् सब ॥ | |||
{{pcn|(३६)}} | |||
चाँडो आज बता न ! ती अनि कहाँ जाने कुरा गर्दथिन् ? | |||
::रोएतुल्य बिहान कोण दृगको के मैलिएको थियो ?" | |||
यस्तै प्रश्न अनेक उत्तर दिँदो त्यो खेतिवालाकन । | |||
::आए आँसु विचित्र देख्न विधिको छर्लङ्ग बीत्यो दिन ॥ | |||
{{pcn|(३७)}} | |||
पाई धेर इनाम त्यो घर गयो खोजेर ल्याए तिनी । | |||
::मिल्ने हुन्छ इनाम धेर पछि है भन्ने दिलासा पनि ॥ | |||
"हा ! क्या दुष्ट छ कर्म धर्म नहुने क्या बेइमानी गर्यो । | |||
::रानी बन्न सुहाउनेकन त्यसै बाहेक पारी मर्यो ॥ | |||
कस्तो दैव ! हरे नि ! सम्झन त्यसै छीया छ छाती पनि ।" | |||
::भन्दै आँसु लिई पुकारहरुको आँखा भई त्यो फिर्यो ॥ | |||
{{pcn|(३८)}} | |||
भौलीपल्ट बिहान नींद नलिई कालो उज्यालो भयो । | |||
::मेघाच्छन्न, खुलेन व्योम कुइरो उड्थ्यो अकाशे झिनो ॥ | |||
लाग्यो घर्घर गर्न बर्बर भए आँखा प्रतापी पनि । | |||
::केही अन्न नली बसे नृपति ती कान्तावियोगी बनी ॥ | |||
{{pcn|(३९)}} | |||
"प्यूँला चातक बूँद आज म चरो प्यासी बनी बस्दछु । | |||
::मेरो यो गुँडमा वियोग शरले हान्दो छ छातीतिर ॥ | |||
प्यारीलाइ लिई गयो गुम भयो रित्तो र पानीभरी । | |||
::आत्मा छैन यहाँ रुँदै पयरमा जाँदो छ पीछा गरी ॥ | |||
{{pcn|(४०)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:43, 30 May 2025
ए ए ! डाक किसान त्यो गइसक्यो ? ए खेतको गोप तँ ?
बस् बस् भन्न मलाइ ती किन त्यहाँ आइन् त राम्रोसित ॥
के भन्थिन् अनि चेहरा कुन थियो ? कस्ता थिए नेत्र ती ?
रुन्थिन् वा खुश मान्दथिन् कि त त्यहाँ रुन्थिन् कि सोच्थिन् अनि ?
(३५)
के लामा दुइ कोस ध्यानगहिरा छड्के रसीला थिए ?
खे खाइन् अनि के भनिन् ? अनि त्यहाँ वार्ताहरू के भए ?
थोरै अन्न लिएर कुञ्चितदृशी साङ्ग्रो गराई गह ।
खान्थिन् थोर कि ? हाँस्दथिन् कि कसरी बस्थिन् कि रुन्थिन् सब ॥
(३६)
चाँडो आज बता न ! ती अनि कहाँ जाने कुरा गर्दथिन् ?
रोएतुल्य बिहान कोण दृगको के मैलिएको थियो ?"
यस्तै प्रश्न अनेक उत्तर दिँदो त्यो खेतिवालाकन ।
आए आँसु विचित्र देख्न विधिको छर्लङ्ग बीत्यो दिन ॥
(३७)
पाई धेर इनाम त्यो घर गयो खोजेर ल्याए तिनी ।
मिल्ने हुन्छ इनाम धेर पछि है भन्ने दिलासा पनि ॥
"हा ! क्या दुष्ट छ कर्म धर्म नहुने क्या बेइमानी गर्यो ।
रानी बन्न सुहाउनेकन त्यसै बाहेक पारी मर्यो ॥
कस्तो दैव ! हरे नि ! सम्झन त्यसै छीया छ छाती पनि ।"
भन्दै आँसु लिई पुकारहरुको आँखा भई त्यो फिर्यो ॥
(३८)
भौलीपल्ट बिहान नींद नलिई कालो उज्यालो भयो ।
मेघाच्छन्न, खुलेन व्योम कुइरो उड्थ्यो अकाशे झिनो ॥
लाग्यो घर्घर गर्न बर्बर भए आँखा प्रतापी पनि ।
केही अन्न नली बसे नृपति ती कान्तावियोगी बनी ॥
(३९)
"प्यूँला चातक बूँद आज म चरो प्यासी बनी बस्दछु ।
मेरो यो गुँडमा वियोग शरले हान्दो छ छातीतिर ॥
प्यारीलाइ लिई गयो गुम भयो रित्तो र पानीभरी ।
आत्मा छैन यहाँ रुँदै पयरमा जाँदो छ पीछा गरी ॥
(४०)