Page:Shakuntala.pdf/316: Difference between revisions
Appearance
No edit summary |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{start center block}} | {{start center block}} | ||
<poem> | <poem> | ||
खुल्यो फेरि आकाश नीलो उज्यालो । | |||
::सफा धोइएको कलीलो बनेर ॥ | |||
तुवाँलो पखाली मुनामञ्जरीमा । | |||
::हरा रङ्ग ताजा रसीलो गरेर ॥ | |||
{{pcn|(१)}} | |||
हट्यो दूर फट्कारिई मेघमाला । | |||
::सफा घामलाई कलीलो गरेर ॥ | |||
हवा शीतलो बन्छ अल्छी विलासी । | |||
::'कसो भो ?' भनी पालुवामा चुमेर ॥ | |||
{{pcn|(२)}} | |||
कुनै धोइएको सफा चित्रतुल्य । | |||
::भयो दृश्य त्यो रूप टड्कारिएर ॥ | |||
थिए शैल नाला सफा दूर-देखा । | |||
::थिए सूर्य बित्ता उँचा साँझनेर ॥ | |||
{{pcn|(३)}} | |||
कतै झल्किएका थिए बूँद झर्झर् । | |||
::हरा पात हिल्दा फुटी रङ्ग धेर ॥ | |||
मुना बालजस्ता नुहाएर नाच्थे । | |||
::थिए ती कलीला हरा रङ्गले'र ॥ | |||
{{pcn|(४)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 08:53, 30 May 2025
This page has been proofread
द्वाविंशतितम सर्ग
खुल्यो फेरि आकाश नीलो उज्यालो ।
सफा धोइएको कलीलो बनेर ॥
तुवाँलो पखाली मुनामञ्जरीमा ।
हरा रङ्ग ताजा रसीलो गरेर ॥
(१)
हट्यो दूर फट्कारिई मेघमाला ।
सफा घामलाई कलीलो गरेर ॥
हवा शीतलो बन्छ अल्छी विलासी ।
'कसो भो ?' भनी पालुवामा चुमेर ॥
(२)
कुनै धोइएको सफा चित्रतुल्य ।
भयो दृश्य त्यो रूप टड्कारिएर ॥
थिए शैल नाला सफा दूर-देखा ।
थिए सूर्य बित्ता उँचा साँझनेर ॥
(३)
कतै झल्किएका थिए बूँद झर्झर् ।
हरा पात हिल्दा फुटी रङ्ग धेर ॥
मुना बालजस्ता नुहाएर नाच्थे ।
थिए ती कलीला हरा रङ्गले'र ॥
(४)