Jump to content

Page:Shakuntala.pdf/306: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
::बनिन्‌ प्रेमी मीठी चकित दृगकी भास्करसँग ॥
पिताले मानेनन्‌ तर विरहमा आसुहरुको ।
::सफा दाना लुर्के कुसुमहरुमा नित्य निशिमा ॥
बने बेली दोटै हृदय करुणाले प्रभुजिका ।
::अझै फुल्छन्‌ बास्ना मधुरसँग हाँसेर हलुका ॥
छिपाई यौटाको हृदयकन अर्को हृदयमा ।
::चरा सिर्जे मीठा सुमधुर प्रशंसा उदयमा ॥
जगत्‌का कर्ताले दुइ दिल बनी जून हँसिला ।
::सुधा प्युँदै बस्छन्‌ विधुकिरणका गन्ध रसिला ॥
भनी मर्जी हुन्थ्यो, अब दुइ गरौं साथ जपना ।
::सधैं बन्ने त्यस्तै- भुलनु कसरी ? हाय ! सपना ॥
{{pcn|(१७६)}}


मलाई दी औंठी समर-थलामा शत्रुदमन ।
::जसै फर्कीबक्स्यो हृदय तब रन्थ्यो दिन दिन ॥
बनाई घण्टी झैं मुटु, जलदृशीपूजन गरी ।
::सधैं बाल्थी बास्ना विरह-अनलैमा थरि-थरी ॥
बनाई दुःखैको भवन दिलमा मन्दिरसरि ।
::म बस्थें पूजामा गहभर हवा चामर गरी ॥
त्यही बाली ज्वाला प्रणय-दिलको कोमल मुना ।
::चढाई आशाका निशिसरि उषा भक्ति-नमुना ॥
हरे बिर्सीबक्स्यो ! क्षण क्षण रुँदी हाय ! जपना ।
::यसो होला भन्ने मकन न थियो बीच सपना ॥
{{pcn|(१७७)}}
भयो चीरा-फाटा मुटु धरधरी छाति चिरियो ।
::थियो आशा आडै, अब उ पनि वैलेर छरियो ॥
हरे ! वर्षा जस्तो प्रभु सकल यो जीवनकथा ।
::रुझेकी पन्छी झैं मरणनजिकै पुग्छु अब ता ॥"
{{pcn|(१७८)}}
भनी झारी बर्‌बर्‌ नभनिसकिने जीवनकथा ।
::अरू बाँकी रुन्छिन्‌ "शिव अब गयो जीवन ज्यथा ॥
म त्यक्ता नारी भै कुन भुवनमा आश्रय लिने ?
::हरे ! यस्तो क्रूर प्रकृति प्रभु के कारण हुने ?
{{pcn|(१७९)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 22:37, 28 May 2025

This page has been proofread

बनिन्‌ प्रेमी मीठी चकित दृगकी भास्करसँग ॥
पिताले मानेनन्‌ तर विरहमा आसुहरुको ।
सफा दाना लुर्के कुसुमहरुमा नित्य निशिमा ॥
बने बेली दोटै हृदय करुणाले प्रभुजिका ।
अझै फुल्छन्‌ बास्ना मधुरसँग हाँसेर हलुका ॥
छिपाई यौटाको हृदयकन अर्को हृदयमा ।
चरा सिर्जे मीठा सुमधुर प्रशंसा उदयमा ॥
जगत्‌का कर्ताले दुइ दिल बनी जून हँसिला ।
सुधा प्युँदै बस्छन्‌ विधुकिरणका गन्ध रसिला ॥
भनी मर्जी हुन्थ्यो, अब दुइ गरौं साथ जपना ।
सधैं बन्ने त्यस्तै- भुलनु कसरी ? हाय ! सपना ॥
(१७६)

मलाई दी औंठी समर-थलामा शत्रुदमन ।
जसै फर्कीबक्स्यो हृदय तब रन्थ्यो दिन दिन ॥
बनाई घण्टी झैं मुटु, जलदृशीपूजन गरी ।
सधैं बाल्थी बास्ना विरह-अनलैमा थरि-थरी ॥
बनाई दुःखैको भवन दिलमा मन्दिरसरि ।
म बस्थें पूजामा गहभर हवा चामर गरी ॥
त्यही बाली ज्वाला प्रणय-दिलको कोमल मुना ।
चढाई आशाका निशिसरि उषा भक्ति-नमुना ॥
हरे बिर्सीबक्स्यो ! क्षण क्षण रुँदी हाय ! जपना ।
यसो होला भन्ने मकन न थियो बीच सपना ॥
(१७७)

भयो चीरा-फाटा मुटु धरधरी छाति चिरियो ।
थियो आशा आडै, अब उ पनि वैलेर छरियो ॥
हरे ! वर्षा जस्तो प्रभु सकल यो जीवनकथा ।
रुझेकी पन्छी झैं मरणनजिकै पुग्छु अब ता ॥"
(१७८)

भनी झारी बर्‌बर्‌ नभनिसकिने जीवनकथा ।
अरू बाँकी रुन्छिन्‌ "शिव अब गयो जीवन ज्यथा ॥
म त्यक्ता नारी भै कुन भुवनमा आश्रय लिने ?
हरे ! यस्तो क्रूर प्रकृति प्रभु के कारण हुने ?
(१७९)