Page:Bhanubhaktako ramayan.pdf/14: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> चारै वेद पढेर शास्त्रहरुको व्याख्यान गर्दा पनी । पाईदैन उ फल् त पाउँछ सहज् पुस्तक् दिनाले पनी ॥ भक्तीले कहिं भक्तका घर गई एकादशीमा कह्या । चौबिस् पल्ट पुरश्चरण..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 6: | Line 6: | ||
चौबिस् पल्ट पुरश्चरण् गरि हुन्या गायत्रिका फल् भया ॥१२॥ | चौबिस् पल्ट पुरश्चरण् गरि हुन्या गायत्रिका फल् भया ॥१२॥ | ||
जस्ले राम्नवमी उपासि खुसिले जाग्रन् समेतै गरी । | |||
यो रामायण पाठ् गरोस् कि त सुनोस् तन् मन् यसैमा धरी ॥ | यो रामायण पाठ् गरोस् कि त सुनोस् तन् मन् यसैमा धरी ॥ | ||
तेस्ले तीर्थ पिछे तुलापुरुषदान् सूर्य्यै ग्रहण्मा गर्यो । | |||
यस्मा संशय छैन जान्नु सबले आनन्दमा त्यो पर्यो ॥१३॥ | |||
रामायण् कन गाउन्या पुरुषको आज्ञा त इन्द्रै पनी ॥ | रामायण् कन गाउन्या पुरुषको आज्ञा त इन्द्रै पनी ॥ | ||
मान्छन् श्रीरघुनाथका प्रिय इ हुन् मान्न्या इनै हुन् भनी ॥ | मान्छन् श्रीरघुनाथका प्रिय इ हुन् मान्न्या इनै हुन् भनी ॥ | ||
रोज् रोज् यस् कन पाठ् गरेर जनले सत्कर्म गर्छन् जती । | रोज् रोज् यस् कन पाठ् गरेर जनले सत्कर्म गर्छन् जती । | ||
कोटी गुण् फल बढ्ति मिल्छ सबको घट्तैन | कोटी गुण् फल बढ्ति मिल्छ सबको घट्तैन तिन्का रती ॥१४॥ | ||
यस्मा राम् हृदयै छ पाप् हरि लिन्या क्वै ब्रह्मघाती पनी । | यस्मा राम् हृदयै छ पाप् हरि लिन्या क्वै ब्रह्मघाती पनी । | ||
शुद्धात्मा बनि जान्छ तिन् दिन पढ्या गर्छन् कृपा राम् धनी ॥ | शुद्धात्मा बनि जान्छ तिन् दिन पढ्या गर्छन् कृपा राम् धनी ॥ | ||
रोज् रोज् तीन पटक् अगाडि हनुमान् राखेर पाठ् गर्छ जो । | रोज् रोज् तीन पटक् अगाडि हनुमान् राखेर पाठ् गर्छ जो । | ||
जस्तो भोग् कन गर्न खोज्दछ उ भोग् सम्पूर्ण पाऊँछ सो ॥१५॥ | |||
जो यो पाठ् तुलसी पिपल् वरि परी गर्छन् प्रदक्षिण् गरी । | जो यो पाठ् तुलसी पिपल् वरि परी गर्छन् प्रदक्षिण् गरी । | ||
तिन्का पाप् सब जन्मका जति त छन् छुट्छन् ति तेसै घरी ॥ | |||
तेस्मा रामगिता छ झन् अति ठुलो जस्को महात्म्यै पनी । | |||
सब् जान्न्या शिव मात्र छन् अरु त को जान्न्या छ | सब् जान्न्या शिव मात्र छन् अरु त को जान्न्या छ यस्तो भनी ॥१६॥ | ||
आधा पार्वति जान्दछिन् म त सबै चौथाइ पो जान्दछू । | आधा पार्वति जान्दछिन् म त सबै चौथाइ पो जान्दछू । | ||
गीता पाठ गरेर नाश नहुन्या पाप् छैन यो मान्दछू ॥ | गीता पाठ गरेर नाश नहुन्या पाप् छैन यो मान्दछू ॥ | ||
राम्ले वेद मथन् गरीकन झिक्या गीता र अमृत् सरी । | |||
लक्ष्मण्लाइ दिया यही पढि लिया जाइन्छ संसार् तरी ॥१७॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 16:07, 28 May 2025
चारै वेद पढेर शास्त्रहरुको व्याख्यान गर्दा पनी ।
पाईदैन उ फल् त पाउँछ सहज् पुस्तक् दिनाले पनी ॥
भक्तीले कहिं भक्तका घर गई एकादशीमा कह्या ।
चौबिस् पल्ट पुरश्चरण् गरि हुन्या गायत्रिका फल् भया ॥१२॥
जस्ले राम्नवमी उपासि खुसिले जाग्रन् समेतै गरी ।
यो रामायण पाठ् गरोस् कि त सुनोस् तन् मन् यसैमा धरी ॥
तेस्ले तीर्थ पिछे तुलापुरुषदान् सूर्य्यै ग्रहण्मा गर्यो ।
यस्मा संशय छैन जान्नु सबले आनन्दमा त्यो पर्यो ॥१३॥
रामायण् कन गाउन्या पुरुषको आज्ञा त इन्द्रै पनी ॥
मान्छन् श्रीरघुनाथका प्रिय इ हुन् मान्न्या इनै हुन् भनी ॥
रोज् रोज् यस् कन पाठ् गरेर जनले सत्कर्म गर्छन् जती ।
कोटी गुण् फल बढ्ति मिल्छ सबको घट्तैन तिन्का रती ॥१४॥
यस्मा राम् हृदयै छ पाप् हरि लिन्या क्वै ब्रह्मघाती पनी ।
शुद्धात्मा बनि जान्छ तिन् दिन पढ्या गर्छन् कृपा राम् धनी ॥
रोज् रोज् तीन पटक् अगाडि हनुमान् राखेर पाठ् गर्छ जो ।
जस्तो भोग् कन गर्न खोज्दछ उ भोग् सम्पूर्ण पाऊँछ सो ॥१५॥
जो यो पाठ् तुलसी पिपल् वरि परी गर्छन् प्रदक्षिण् गरी ।
तिन्का पाप् सब जन्मका जति त छन् छुट्छन् ति तेसै घरी ॥
तेस्मा रामगिता छ झन् अति ठुलो जस्को महात्म्यै पनी ।
सब् जान्न्या शिव मात्र छन् अरु त को जान्न्या छ यस्तो भनी ॥१६॥
आधा पार्वति जान्दछिन् म त सबै चौथाइ पो जान्दछू ।
गीता पाठ गरेर नाश नहुन्या पाप् छैन यो मान्दछू ॥
राम्ले वेद मथन् गरीकन झिक्या गीता र अमृत् सरी ।
लक्ष्मण्लाइ दिया यही पढि लिया जाइन्छ संसार् तरी ॥१७॥