Page:Shakuntala.pdf/300: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
कुनै भत्केकी झैं मृदुल सपना आज बिचरी । | |||
::अझै आशा गर्छिन् हृदय जप गर्दी प्रभु हरि ॥ | |||
हरे ! सम्झईद्यौ न त अब म मर्नेछु सहज । | |||
::दया राखी जाओस् प्रभु विरहितामा शिखिध्वज ॥ | |||
{{pcn|(१४७)}} | |||
उठे आँखा लामा अलि अलि गरी माथितिर नै । | |||
::घुसिन् भित्रै भित्रै हृदयतिर सम्झी प्रभु उनै ॥ | |||
हरे ! के लीला यो निठुर मनले भन्दछ त्यहाँ । | |||
::कहाँ गो प्याराको हृदय कलिलो पुष्प वनको ? | |||
{{pcn|(१४८)}} | |||
वनबाट विहङ्गबालिका । | |||
::नव आशासँग पङ्ख ली उडिन् ॥ | |||
मृदु शब्द गरी खुसाउँदै । | |||
::तरुमा फुल्न सुगन्धमा चढिन् ॥ | |||
{{pcn|(१४९)}} | |||
तर वृष्टि भएर बादल । | |||
::अब रुक्दो मृदु पङ्ख खुम्चिँदी ॥ | |||
दुखको तरुमा रूँदी रहिन् । | |||
::अघिको सौख्य र याम सम्झिँदी ॥ | |||
{{pcn|(१५०)}} | |||
कठै लाग्यो होला मनमन निठूरी जगत नै । | |||
::कठै सम्भीहोलिन् वन, सखि बिहाको पनि दिनै ॥ | |||
कठै उघ्रेको त्यो दिवस हँसिलो आज यसरी । | |||
::रुँदै बद्ली जाँदा सकल बदली झैं हुन गई ॥ | |||
कठै लाग्यो होला भव विपिन यो कण्टकमय । | |||
::कठै ! रोईहोलिन् मनमन उठी त्रास र भय ॥ | |||
दुख्यो होला सारै हृदय मृदुलाको कति बरा ! | |||
::कठै लाग्यो होला शर हृदयमा हा वनचरा ! | |||
{{pcn|(१५१)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 10:38, 28 May 2025
कुनै भत्केकी झैं मृदुल सपना आज बिचरी ।
अझै आशा गर्छिन् हृदय जप गर्दी प्रभु हरि ॥
हरे ! सम्झईद्यौ न त अब म मर्नेछु सहज ।
दया राखी जाओस् प्रभु विरहितामा शिखिध्वज ॥
(१४७)
उठे आँखा लामा अलि अलि गरी माथितिर नै ।
घुसिन् भित्रै भित्रै हृदयतिर सम्झी प्रभु उनै ॥
हरे ! के लीला यो निठुर मनले भन्दछ त्यहाँ ।
कहाँ गो प्याराको हृदय कलिलो पुष्प वनको ?
(१४८)
वनबाट विहङ्गबालिका ।
नव आशासँग पङ्ख ली उडिन् ॥
मृदु शब्द गरी खुसाउँदै ।
तरुमा फुल्न सुगन्धमा चढिन् ॥
(१४९)
तर वृष्टि भएर बादल ।
अब रुक्दो मृदु पङ्ख खुम्चिँदी ॥
दुखको तरुमा रूँदी रहिन् ।
अघिको सौख्य र याम सम्झिँदी ॥
(१५०)
कठै लाग्यो होला मनमन निठूरी जगत नै ।
कठै सम्भीहोलिन् वन, सखि बिहाको पनि दिनै ॥
कठै उघ्रेको त्यो दिवस हँसिलो आज यसरी ।
रुँदै बद्ली जाँदा सकल बदली झैं हुन गई ॥
कठै लाग्यो होला भव विपिन यो कण्टकमय ।
कठै ! रोईहोलिन् मनमन उठी त्रास र भय ॥
दुख्यो होला सारै हृदय मृदुलाको कति बरा !
कठै लाग्यो होला शर हृदयमा हा वनचरा !
(१५१)