Jump to content

Page:Shakuntala.pdf/292: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
सुन्दा यस्ता वचन नृपले गौडको चेहरामा ।
::केही क्रोधी रँग लिउँ लिई ढङ्ग देखाउँदा छन्‌ ॥
सोच्छन्‌ मेरो यश विमलमा आज बट्टा लगाई ।
::उल्टो शिक्षा दिन अब यिनी आउँछिन्‌ बक्बकाई ॥
{{pcn|(१०३)}}


धेरै रोज भएर विस्मृति परी त्यो चित्तमा बादल ।
::होशै गुम्न गई अनन्त सुखको त्यो प्रेमलीला भुली ॥
स्वर्गैबाट विचित्रता तल झरी बिर्सेर वैकुण्ठका ।
::राम्रो चीज र श्री थिए नृपति ती आँखा अँध्यारा हुँदा ॥
नौली क्यै परबाट आउन त्यसै हाँसेर पस्दी उषा ।
::नाता जोड्न तयार तैपनि त्यसै केही डराईवरी ॥
लालीसाथ र शीतसाथ लजिली फुस्रेर जाँदी अनि ।
::त्यो स्वप्ना कुन हो न याद मनमा मिल्थ्यो हुँदा विस्मृति ॥
आँखा हेर्दछ, सम्झिंदैन दिलले, उठ्दैन रोमाञ्च नै ।
::चीसो रक्त नशा बहाउँछ न ता नानी दुवै चम्किए ॥
{{pcn|(१०४)}}
टूना शून्य भई भएछ नभमा सारा खरानीसरि ।
::सोही स्वर्ग जहाँ थियो झिलिमिलीका बीच राख्दो परी ॥
त्यो दुःखी नबुझेर दुःख दिलको बस्दो छ अन्धो दिन ।
::सारा हेर्दछ मोहिनीरहित छन्‌ संसारका चीज नै ॥
के के झैं जब लाग्छ चिन्तन बढी भै च्याँठ सारा कुरा ।
::बिर्सी प्रेम झिंझिन्छ झोक्रिन गई खाकै बनी सम्झना ॥
त्यस्तै आज भए क्षितीश दृगका साम्ने खडा ती रुँदा ।
::"को हुन्‌ यी किन आउँछन् कति झिँझो" भन्दै हुँदा दिक्क ती ॥
{{pcn|(१०५)}}
"को होलान्‌" मन प्रश्नमा छ 'म कहाँ जाँदा भयो भेट र ?
::देखेतुल्य मलाइ लाग्छ स्मृतिमा, भेटिन्न केही तर ॥
यो हो के तर भो छकावट सबै कोही महाजाल हो ।
::षड्‌यन्त्री हुन सक्दछन्‌ कपटका स्वीरूप के चाल हो ?'
{{pcn|(१०६)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:36, 27 May 2025

This page has been proofread

सुन्दा यस्ता वचन नृपले गौडको चेहरामा ।
केही क्रोधी रँग लिउँ लिई ढङ्ग देखाउँदा छन्‌ ॥
सोच्छन्‌ मेरो यश विमलमा आज बट्टा लगाई ।
उल्टो शिक्षा दिन अब यिनी आउँछिन्‌ बक्बकाई ॥
(१०३)

धेरै रोज भएर विस्मृति परी त्यो चित्तमा बादल ।
होशै गुम्न गई अनन्त सुखको त्यो प्रेमलीला भुली ॥
स्वर्गैबाट विचित्रता तल झरी बिर्सेर वैकुण्ठका ।
राम्रो चीज र श्री थिए नृपति ती आँखा अँध्यारा हुँदा ॥
नौली क्यै परबाट आउन त्यसै हाँसेर पस्दी उषा ।
नाता जोड्न तयार तैपनि त्यसै केही डराईवरी ॥
लालीसाथ र शीतसाथ लजिली फुस्रेर जाँदी अनि ।
त्यो स्वप्ना कुन हो न याद मनमा मिल्थ्यो हुँदा विस्मृति ॥
आँखा हेर्दछ, सम्झिंदैन दिलले, उठ्दैन रोमाञ्च नै ।
चीसो रक्त नशा बहाउँछ न ता नानी दुवै चम्किए ॥
(१०४)

टूना शून्य भई भएछ नभमा सारा खरानीसरि ।
सोही स्वर्ग जहाँ थियो झिलिमिलीका बीच राख्दो परी ॥
त्यो दुःखी नबुझेर दुःख दिलको बस्दो छ अन्धो दिन ।
सारा हेर्दछ मोहिनीरहित छन्‌ संसारका चीज नै ॥
के के झैं जब लाग्छ चिन्तन बढी भै च्याँठ सारा कुरा ।
बिर्सी प्रेम झिंझिन्छ झोक्रिन गई खाकै बनी सम्झना ॥
त्यस्तै आज भए क्षितीश दृगका साम्ने खडा ती रुँदा ।
"को हुन्‌ यी किन आउँछन् कति झिँझो" भन्दै हुँदा दिक्क ती ॥
(१०५)

"को होलान्‌" मन प्रश्नमा छ 'म कहाँ जाँदा भयो भेट र ?
देखेतुल्य मलाइ लाग्छ स्मृतिमा, भेटिन्न केही तर ॥
यो हो के तर भो छकावट सबै कोही महाजाल हो ।
षड्‌यन्त्री हुन सक्दछन्‌ कपटका स्वीरूप के चाल हो ?'
(१०६)