Page:Shakuntala.pdf/290: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
ताज यो हृदयको प्रभु ज्योति । | |||
::भूपको प्रकृति दिव्य विभूति ॥ | |||
यो प्रकाश महिमा प्रभुबाट । | |||
::त्याग्न हुन्न नुहुनेछ ललाट ॥ | |||
{{pcn|(९५)}} | |||
वीरको हृदयमा सब हामी । | |||
::क्षुद्र मानिस सदा लिन आश ॥ | |||
हेर्दछौं प्रकृत सत्य नडग्ने । | |||
::त्यो समुज्ज्वल सफा ध्रुव जस्तो ॥ | |||
कम्पहीन हँसिलो छविबाट । | |||
::मृत्यु खान्छ मुखमा दृढ लात ॥ | |||
एक ईश्वर र सत्य छ नित्य । | |||
::साहसी अमर दिव्य इशारा ॥ | |||
त्यो नभै न जग जीवनलाई । | |||
::पाइँदो छ स्थिरता युगलाई ॥ | |||
वीरको हृदय आड लिएर । | |||
::सत्यको नित छ कर्म प्रसिद्ध ॥ | |||
क्षुद्र अल्पबलका सब हामी । | |||
::आश यत्ति मनभित्र हुँदामा ॥ | |||
'सत्य जित्छ र असत्य छ गिर्ने ।' | |||
::छौं सजीव सब प्राण अडेर ॥ | |||
सत्यशून्य सब विश्व बुझेमा । | |||
::प्राण अड्छ जनको, सब जीव ॥ | |||
बन्दछन् शवसमान नपाई । | |||
::न्यायभित्र करुणा दिललाई ॥ | |||
मानिसै अमरताकन त्यागी । | |||
::मर्त्य बन्दछ असत्य लिएर ॥ | |||
सत्य हो अमरको रविज्वाला । | |||
::जो प्रकाशित बनाउँछ विश्व ॥ | |||
{{pcn|(९६)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 21:25, 27 May 2025
ताज यो हृदयको प्रभु ज्योति ।
भूपको प्रकृति दिव्य विभूति ॥
यो प्रकाश महिमा प्रभुबाट ।
त्याग्न हुन्न नुहुनेछ ललाट ॥
(९५)
वीरको हृदयमा सब हामी ।
क्षुद्र मानिस सदा लिन आश ॥
हेर्दछौं प्रकृत सत्य नडग्ने ।
त्यो समुज्ज्वल सफा ध्रुव जस्तो ॥
कम्पहीन हँसिलो छविबाट ।
मृत्यु खान्छ मुखमा दृढ लात ॥
एक ईश्वर र सत्य छ नित्य ।
साहसी अमर दिव्य इशारा ॥
त्यो नभै न जग जीवनलाई ।
पाइँदो छ स्थिरता युगलाई ॥
वीरको हृदय आड लिएर ।
सत्यको नित छ कर्म प्रसिद्ध ॥
क्षुद्र अल्पबलका सब हामी ।
आश यत्ति मनभित्र हुँदामा ॥
'सत्य जित्छ र असत्य छ गिर्ने ।'
छौं सजीव सब प्राण अडेर ॥
सत्यशून्य सब विश्व बुझेमा ।
प्राण अड्छ जनको, सब जीव ॥
बन्दछन् शवसमान नपाई ।
न्यायभित्र करुणा दिललाई ॥
मानिसै अमरताकन त्यागी ।
मर्त्य बन्दछ असत्य लिएर ॥
सत्य हो अमरको रविज्वाला ।
जो प्रकाशित बनाउँछ विश्व ॥
(९६)