Jump to content

Page:Shakuntala.pdf/285: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
आज के शरमले प्रभुबाट ।
::दाग लाउनु पवित्र ललाट ॥
गर्नु छैन छलछाम बुझेर ।
::पाप लाग्छ यसबाट अघोर ॥
{{pcn|(६५)}}


हात हाल्न अघि सर्न हुँदैन ।
::स्त्रीहरूकन त्यसै यशवाला ॥
गर्भिणीकन म चिन्दिनँ फेरि ।
::भन्नु नीच जनको बुझ चाला ॥
{{pcn|(६६)}}
सम्झ सत्य नृप विस्मृति ह्वैन ।
::यो महाकपट ठीक हुँदैन ॥
चुम्छ भृङ्ग अघि पुष्प समाती ।
::बिर्सिनेछ 'कलि' दुष्ट नजाती ॥
{{pcn|(६७)}}
यी सुचारु दुहिता ऋषिबाट ।
::त्यक्त देखिन गए प्रभुबाट ॥
दुष्टता हृदयको अनि पाप-
::लाइ मिल्दछ जरूर शराप ॥
{{pcn|(६८)}}
सत्य बोल्नु नृपको महिमा हो ।
::न्याय नै नृपतिको सुषमा हो ।
त्रासले शरमले प्रभु गल्नु ।
::धर्म छाड्नु कमजोरपना हो ॥
{{pcn|(६९)}}
चन्द्रवंश किन लिन्छ कलङ्क ?
::लाग्छ बादल हरे ! किन आज ॥
सत्यको त्रुटि हुँदा दिन ज्यान ।
::जो तयार अघि खै अब लाज ?
{{pcn|(७०)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 20:48, 27 May 2025

This page has been proofread

आज के शरमले प्रभुबाट ।
दाग लाउनु पवित्र ललाट ॥
गर्नु छैन छलछाम बुझेर ।
पाप लाग्छ यसबाट अघोर ॥
(६५)

हात हाल्न अघि सर्न हुँदैन ।
स्त्रीहरूकन त्यसै यशवाला ॥
गर्भिणीकन म चिन्दिनँ फेरि ।
भन्नु नीच जनको बुझ चाला ॥
(६६)

सम्झ सत्य नृप विस्मृति ह्वैन ।
यो महाकपट ठीक हुँदैन ॥
चुम्छ भृङ्ग अघि पुष्प समाती ।
बिर्सिनेछ 'कलि' दुष्ट नजाती ॥
(६७)

यी सुचारु दुहिता ऋषिबाट ।
त्यक्त देखिन गए प्रभुबाट ॥
दुष्टता हृदयको अनि पाप-
लाइ मिल्दछ जरूर शराप ॥
(६८)

सत्य बोल्नु नृपको महिमा हो ।
न्याय नै नृपतिको सुषमा हो ।
त्रासले शरमले प्रभु गल्नु ।
धर्म छाड्नु कमजोरपना हो ॥
(६९)

चन्द्रवंश किन लिन्छ कलङ्क ?
लाग्छ बादल हरे ! किन आज ॥
सत्यको त्रुटि हुँदा दिन ज्यान ।
जो तयार अघि खै अब लाज ?
(७०)