Jump to content

Page:Shakuntala.pdf/280: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
"उल्लू रैछस्‌ फटाहा मकन त कुटुनीतुल्य पो आज ठानिस्‌ ?
::के जानिस्‌ कण्वपत्नी ? समझसँग त बोल्‌ भस्म पार्नेछु जानिस्‌ ?
जा जा ! जाने भए जा न त अब तँ यहाँ बिग्रिनेछस्‌ घमण्डी ।
::यी हुन्‌ छोरी तँ बुझ्छस्‌ समभविनु त्यसै बोल्दछस्‌ हैन रण्डी ॥"
{{pcn|(३५)}}


काँप्यो पुड्के डरायो कर दुइ अब ता जोड्छ सातो गएर ।
::"माफी पाऊँ नबुझ्दा यति हुन गइगो जान्छु माता !" नुहेर ॥
भन्दै त्यो भित्र पस्थ्यो उसबखत त्यहाँ झ्यालमा भूप आए ।
::देखी को को रहेछन्‌ तलतिर यतिले एक नै दृष्टि लाए ॥
{{pcn|(३६)}}
झल्का पाई मुदितहृदय स्वर्ग देखेसमान ।
::ढुक्‌ ढुक्‌ गर्दी मुटु नजरले पाउँदी दिव्य मान ॥
आशा वल्ली लसित मुखको रङ्ग चढ्दो उज्याली ।
::भोग्छिन्‌ रोमाञ्च मृदुल नयाँ त्यो वसन्ती हवामा ॥
{{pcn|(३७)}}
बोल्लान्‌ बोल्लान्‌ कि अब पहिला शब्द त्यो झ्यालबाट ।
::शायद्‌ नामैसित त मकन ती गर्दछन्‌ के पुकारा ?
"आयौ केले कुन रित कसो के गरी ?" सम्म केही ।
::भन्ने आशा धुकचुक भयो प्रश्न केही नसुन्दा ॥
{{pcn|(३८)}}
"को हो ? को हो ?" सित पिक रटी ती बनेकी झसङ्ग ।
::हेर्छिन्‌ लामा नयन रसले झ्यालसम्मन्‌ उठाई ॥
देखेनन्‌ लौ कि त नयनले खालि देखे झलक्क ।
::सम्झे होलान्‌ तर किन त्यसै बिर्सिएलान्‌ मिलिक्क ॥
{{pcn|(३९)}}
भन्दै हेर्दी वनतिर तिनी आशवाली पुलुक्क ।
::आधा आशा अलिकति कतै के कसो भो भने झैं ॥
चढ्दो लाली शारम ललिता शोचले रोकिएकी ।
::मुस्कूँ जस्ता अधर पहिलो भाव ओर्ली नुहेकी ॥
{{pcn|(४०)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 14:50, 26 May 2025

This page has been proofread

"उल्लू रैछस्‌ फटाहा मकन त कुटुनीतुल्य पो आज ठानिस्‌ ?
के जानिस्‌ कण्वपत्नी ? समझसँग त बोल्‌ भस्म पार्नेछु जानिस्‌ ?
जा जा ! जाने भए जा न त अब तँ यहाँ बिग्रिनेछस्‌ घमण्डी ।
यी हुन्‌ छोरी तँ बुझ्छस्‌ समभविनु त्यसै बोल्दछस्‌ हैन रण्डी ॥"
(३५)

काँप्यो पुड्के डरायो कर दुइ अब ता जोड्छ सातो गएर ।
"माफी पाऊँ नबुझ्दा यति हुन गइगो जान्छु माता !" नुहेर ॥
भन्दै त्यो भित्र पस्थ्यो उसबखत त्यहाँ झ्यालमा भूप आए ।
देखी को को रहेछन्‌ तलतिर यतिले एक नै दृष्टि लाए ॥
(३६)

झल्का पाई मुदितहृदय स्वर्ग देखेसमान ।
ढुक्‌ ढुक्‌ गर्दी मुटु नजरले पाउँदी दिव्य मान ॥
आशा वल्ली लसित मुखको रङ्ग चढ्दो उज्याली ।
भोग्छिन्‌ रोमाञ्च मृदुल नयाँ त्यो वसन्ती हवामा ॥
(३७)

बोल्लान्‌ बोल्लान्‌ कि अब पहिला शब्द त्यो झ्यालबाट ।
शायद्‌ नामैसित त मकन ती गर्दछन्‌ के पुकारा ?
"आयौ केले कुन रित कसो के गरी ?" सम्म केही ।
भन्ने आशा धुकचुक भयो प्रश्न केही नसुन्दा ॥
(३८)

"को हो ? को हो ?" सित पिक रटी ती बनेकी झसङ्ग ।
हेर्छिन्‌ लामा नयन रसले झ्यालसम्मन्‌ उठाई ॥
देखेनन्‌ लौ कि त नयनले खालि देखे झलक्क ।
सम्झे होलान्‌ तर किन त्यसै बिर्सिएलान्‌ मिलिक्क ॥
(३९)

भन्दै हेर्दी वनतिर तिनी आशवाली पुलुक्क ।
आधा आशा अलिकति कतै के कसो भो भने झैं ॥
चढ्दो लाली शारम ललिता शोचले रोकिएकी ।
मुस्कूँ जस्ता अधर पहिलो भाव ओर्ली नुहेकी ॥
(४०)