Jump to content

Page:Shakuntala.pdf/266: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
थकित किसान त्यजीकन खाट ।
::अतिथि बुझीकन आउँछ राती ॥
पिलपिल दीप दुवै करलाई ।
::पवनप्रवाह हटाउनलाई ॥
"किन किन को ?" सित प्रश्न गरेर ।
::वसन कटीतक छोप्न धरेर ॥
{{pcn|(३०)}}


"किन ? को" भनी किसानले ।
::द्विजलाई सोध्छ मानले ॥
दुइले बताउँदा सब ।
::खुशसाथ गर्छ स्वागत ॥
{{pcn|(३१)}}
तब भित्र पस्न गौतमी ।
::दइ हात आड पाउँछिन्‌ ॥
द्विजसाथ ती शकुन्तला ।
::तिनको पछाडि आउँछिन्‌ ॥
{{pcn|(३२)}}
तब खाटमा बसाउँछ ।
::द्विजलाइ दिन्छ आसन ॥
भुइँमा परालका सफा ।
::अनि बाल्छ अग्नि दन्दन ॥
{{pcn|(३३)}}
अब उष्णता प्रकाशले ।
::छ त न्यानुले, मिठासले ॥
कृषिसत्कृता मुसूमुसु ।
::दुइ बन्दछन्‌ सुभाषले ॥
{{pcn|(३४)}}
अरुण प्रभा छ दन्दन ।
::मुखलाल छन्‌ शकुन्तला ॥
कृषिबालिका उनैतिर ।
::छ सवाल क्या भला भला ॥
{{pcn|(३५)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 07:23, 25 May 2025

This page has been proofread

थकित किसान त्यजीकन खाट ।
अतिथि बुझीकन आउँछ राती ॥
पिलपिल दीप दुवै करलाई ।
पवनप्रवाह हटाउनलाई ॥
"किन किन को ?" सित प्रश्न गरेर ।
वसन कटीतक छोप्न धरेर ॥
(३०)

"किन ? को" भनी किसानले ।
द्विजलाई सोध्छ मानले ॥
दुइले बताउँदा सब ।
खुशसाथ गर्छ स्वागत ॥
(३१)

तब भित्र पस्न गौतमी ।
दइ हात आड पाउँछिन्‌ ॥
द्विजसाथ ती शकुन्तला ।
तिनको पछाडि आउँछिन्‌ ॥
(३२)

तब खाटमा बसाउँछ ।
द्विजलाइ दिन्छ आसन ॥
भुइँमा परालका सफा ।
अनि बाल्छ अग्नि दन्दन ॥
(३३)

अब उष्णता प्रकाशले ।
छ त न्यानुले, मिठासले ॥
कृषिसत्कृता मुसूमुसु ।
दुइ बन्दछन्‌ सुभाषले ॥
(३४)

अरुण प्रभा छ दन्दन ।
मुखलाल छन्‌ शकुन्तला ॥
कृषिबालिका उनैतिर ।
छ सवाल क्या भला भला ॥
(३५)