Page:Ritubichar.pdf/19: Difference between revisions
Appearance
No edit summary |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|८}} | {{pcn|८}} | ||
विषले मत्मतायेका काला काला | विषले मत्मतायेका काला काला भुजङ्गको । | ||
फुङ्कार झैँ बढेको छ दन्दनाहट | फुङ्कार झैँ बढेको छ दन्दनाहट धर्मको ॥ | ||
{{pcn|९}} | {{pcn|९}} | ||
सन्तापले गरी ज्यादा आकाशै धप्प | सन्तापले गरी ज्यादा आकाशै धप्प भैकन । | ||
ज्वाला-जाल निकालेर बलने हो कि दन्दन ? | |||
{{pcn|१०}} | {{pcn|१०}} | ||
त्यो नीलभाग माथिल्लो सारा | त्यो नीलभाग माथिल्लो सारा विश्व-कटाहको । | ||
दागै हो कि त यै चर्का ग्रीष्मका उग्र दाहको? | दागै हो कि त यै चर्का ग्रीष्मका उग्र दाहको ? | ||
{{pcn|११}} | {{pcn|११}} | ||
संसार-भर ठण्डीको नामै छैन कतै-तिर । | |||
जता जाऊ उतै खाली गरमीको कडा | जता जाऊ उतै खाली गरमीको कडा पिर ॥ | ||
{{pcn|१२}} | {{pcn|१२}} | ||
घामको नाम पारेर कालले अति | घामको नाम पारेर कालले अति उत्कट । | ||
आफना | आफना लय-लीलाको देखायो चम्चमावट ॥ | ||
{{pcn|१३}} | {{pcn|१३}} | ||
गरमीको कडा मुस्लो सल्कायेर | गरमीको कडा मुस्लो सल्कायेर सबै-तिर । | ||
भसक्कै पार्न आँट्यो कि विधिले सृष्टि सुन्दर? | भसक्कै पार्न आँट्यो कि विधिले सृष्टि सुन्दर ? | ||
{{pcn|१४}} | {{pcn|१४}} | ||
जल तात्यो, हवा तात्यो, तात्यो गगन, | जल तात्यो, हवा तात्यो, तात्यो गगन, भूतल । | ||
सन्तको सङ्ग | सन्तको सङ्ग झैँ यौटा-वृक्ष-च्छाया छ शीतल ॥ | ||
{{pcn|१५}} | {{pcn|१५}} | ||
गर्छन् विश्राम निर्धक्क बटुवा वृक्षका | गर्छन् विश्राम निर्धक्क बटुवा वृक्षका मनि । | ||
आडमा योग्य नेताको दुनियाँ | आडमा योग्य नेताको दुनियाँ झैँ सुखी बनी ॥ | ||
{{pcn|१६}} | {{pcn|१६}} | ||
जल शुक्तै गयो सारा पृथ्वीबाट | जल शुक्तै गयो सारा पृथ्वीबाट घरी-घरी । | ||
कराल कलिले गर्दा धर्मको | कराल कलिले गर्दा धर्मको महिमा-सरी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:15, 24 May 2025
This page has been validated
८
विषले मत्मतायेका काला काला भुजङ्गको ।
फुङ्कार झैँ बढेको छ दन्दनाहट धर्मको ॥
९
सन्तापले गरी ज्यादा आकाशै धप्प भैकन ।
ज्वाला-जाल निकालेर बलने हो कि दन्दन ?
१०
त्यो नीलभाग माथिल्लो सारा विश्व-कटाहको ।
दागै हो कि त यै चर्का ग्रीष्मका उग्र दाहको ?
११
संसार-भर ठण्डीको नामै छैन कतै-तिर ।
जता जाऊ उतै खाली गरमीको कडा पिर ॥
१२
घामको नाम पारेर कालले अति उत्कट ।
आफना लय-लीलाको देखायो चम्चमावट ॥
१३
गरमीको कडा मुस्लो सल्कायेर सबै-तिर ।
भसक्कै पार्न आँट्यो कि विधिले सृष्टि सुन्दर ?
१४
जल तात्यो, हवा तात्यो, तात्यो गगन, भूतल ।
सन्तको सङ्ग झैँ यौटा-वृक्ष-च्छाया छ शीतल ॥
१५
गर्छन् विश्राम निर्धक्क बटुवा वृक्षका मनि ।
आडमा योग्य नेताको दुनियाँ झैँ सुखी बनी ॥
१६
जल शुक्तै गयो सारा पृथ्वीबाट घरी-घरी ।
कराल कलिले गर्दा धर्मको महिमा-सरी ॥