Jump to content

Page:Shakuntala.pdf/249: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
छोड्नैपर्ने परवश भई जन्मको चारुभूमि ।
::जानैपर्ने परघर सदा दुःखको नाक चूमी ॥
बाधा बन्दी विवश अबला जातकी हा ! अभागी ।
::आँखा भर्दै कदम लिउँला चित्तमा चोट लागी ॥
{{pcn|(७३)}}


'आनन्दैमा घरतिर बसी दुःख नै हुन्छ के र ?
::बिर्सीहोली सबकन त्यहाँ सौख्य पाएर धेर ॥'
भन्ने हुन्छन्‌ अरुहरु यहाँ आँसुको बन्छ दाना ।
::सम्झी रूँ रूँ छिन छिन भई दुःख पग्लिन्छ नाना ॥"
{{pcn|(७४)}}
"वन यो पर हुन्न क्यै गरी ।
::पर होला तर जिन्दगी मरी ॥
सुखको छ विचित्र चित्र जो ।
::दिलमा अङ्कित भित्र भित्र यो ॥
{{pcn|(७५)}}
यदि चट्ट चिरी कतै उर ।
::छ त्यहाँ के सब बीच सुन्दर ?
रँगदार सजीवता भनी-
::कन हेरे छ यही सधैंभर ॥
{{pcn|(७६)}}
भन चारु सखे प्रियम्वदा !
::म बढें एक लता बनी यता ॥
तर आज कुठार कर्मको ।
::पर लैजान्छ हरे ! कता कता !
{{pcn|(७७)}}
कसरी सहुँला वियोग यो !
::पर नौलो घरबीचमा अहो !
मरुतुल्य हुनेछ शून्यता ।
::पिँजरामा म रुँदा कता कता ॥
{{pcn|(७८)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 22:30, 18 May 2025

This page has been proofread

छोड्नैपर्ने परवश भई जन्मको चारुभूमि ।
जानैपर्ने परघर सदा दुःखको नाक चूमी ॥
बाधा बन्दी विवश अबला जातकी हा ! अभागी ।
आँखा भर्दै कदम लिउँला चित्तमा चोट लागी ॥
(७३)

'आनन्दैमा घरतिर बसी दुःख नै हुन्छ के र ?
बिर्सीहोली सबकन त्यहाँ सौख्य पाएर धेर ॥'
भन्ने हुन्छन्‌ अरुहरु यहाँ आँसुको बन्छ दाना ।
सम्झी रूँ रूँ छिन छिन भई दुःख पग्लिन्छ नाना ॥"
(७४)

"वन यो पर हुन्न क्यै गरी ।
पर होला तर जिन्दगी मरी ॥
सुखको छ विचित्र चित्र जो ।
दिलमा अङ्कित भित्र भित्र यो ॥
(७५)

यदि चट्ट चिरी कतै उर ।
छ त्यहाँ के सब बीच सुन्दर ?
रँगदार सजीवता भनी-
कन हेरे छ यही सधैंभर ॥
(७६)

भन चारु सखे प्रियम्वदा !
म बढें एक लता बनी यता ॥
तर आज कुठार कर्मको ।
पर लैजान्छ हरे ! कता कता !
(७७)

कसरी सहुँला वियोग यो !
पर नौलो घरबीचमा अहो !
मरुतुल्य हुनेछ शून्यता ।
पिँजरामा म रुँदा कता कता ॥
(७८)