Jump to content

Page:Shakuntala.pdf/248: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
मेरा प्यारा सखि विपिनका वल्लरी वृक्ष सारा !
::जो जो बढ्थ्यौ मसँग सुखमा जिन्दगीका सहारा ॥
बाँडी मेरा सुख-दुख भरी भाव, सम्झे मलाई ।
::तिम्रो प्यारो दिलसँग रुँदै लिन्छु मैले बिदाइ ॥
{{pcn|(६७)}}


"बिर्सिन्छ्यौ के भनन पर भै कामिनी-कञ्ज शोभा ?
::तिम्रो फुल्ला समय सुखले गन्ध शृङ्गार पाई ॥
मस्ती मीठो पिककन हुँदा शब्दमा मस्त बन्दी ।
::रानी ह्वौली मधुर महिमा छर्न तिम्रो सुगन्धी ॥"
{{pcn|(६८)}}
"बढ्दै जाला रस रँग यहाँ बागमा घाम पाई ।
::चढ्दै जाला तर शिशिरको श्वास मात्रै मलाई ॥
उड्दै जाला विहग सरका बासमा मस्त बोली ।
::आजैसम्मन्‌ सुख नजरमा, दुःखको हुन्छ भोलि ॥
{{pcn|(६९)}}
बोली मीठा हृदय भरिने पङ्खले चारु गर्छन्‌ ।
::आशा जस्ता कुसुम ऋतुका शब्द झैं भै विचर्छन्‌ ॥
न्यानो होला स्वर रँग घुसी बास पाई नवीन ।
::यौटी दुःखी परतिर बसी खालि रौली मलीन ॥
{{pcn|(७०)}}
यस्तो प्यारो उपवन हरा एक यो स्वर्ग मेरो ।
::क्रीडाभूमि प्रकृति-सुखको दौलती दिव्य फेरि ॥
मेरो आफ्नो तनुसँग सदा वृद्धि पाईरहेको ।
::बोल्दा चल्दा सुखमय सबै पर्ण पन्छी भएको ॥
{{pcn|(७१)}}
यो पन्नाका जगत, सुखको रत्न, सौगन्ध हीरा ।
::यो गानाको उपवन हरा, गुञ्जिने पुष्पवाणी ॥
मीठो शोभा बहुल रँगका, वायुको यो हवेली ।
::यो छाया यो छवि पर हुँदा दुःख झैं हुन्छ भोलि ॥
{{pcn|(७२)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 22:26, 18 May 2025

This page has been proofread

मेरा प्यारा सखि विपिनका वल्लरी वृक्ष सारा !
जो जो बढ्थ्यौ मसँग सुखमा जिन्दगीका सहारा ॥
बाँडी मेरा सुख-दुख भरी भाव, सम्झे मलाई ।
तिम्रो प्यारो दिलसँग रुँदै लिन्छु मैले बिदाइ ॥
(६७)

"बिर्सिन्छ्यौ के भनन पर भै कामिनी-कञ्ज शोभा ?
तिम्रो फुल्ला समय सुखले गन्ध शृङ्गार पाई ॥
मस्ती मीठो पिककन हुँदा शब्दमा मस्त बन्दी ।
रानी ह्वौली मधुर महिमा छर्न तिम्रो सुगन्धी ॥"
(६८)

"बढ्दै जाला रस रँग यहाँ बागमा घाम पाई ।
चढ्दै जाला तर शिशिरको श्वास मात्रै मलाई ॥
उड्दै जाला विहग सरका बासमा मस्त बोली ।
आजैसम्मन्‌ सुख नजरमा, दुःखको हुन्छ भोलि ॥
(६९)

बोली मीठा हृदय भरिने पङ्खले चारु गर्छन्‌ ।
आशा जस्ता कुसुम ऋतुका शब्द झैं भै विचर्छन्‌ ॥
न्यानो होला स्वर रँग घुसी बास पाई नवीन ।
यौटी दुःखी परतिर बसी खालि रौली मलीन ॥
(७०)

यस्तो प्यारो उपवन हरा एक यो स्वर्ग मेरो ।
क्रीडाभूमि प्रकृति-सुखको दौलती दिव्य फेरि ॥
मेरो आफ्नो तनुसँग सदा वृद्धि पाईरहेको ।
बोल्दा चल्दा सुखमय सबै पर्ण पन्छी भएको ॥
(७१)

यो पन्नाका जगत, सुखको रत्न, सौगन्ध हीरा ।
यो गानाको उपवन हरा, गुञ्जिने पुष्पवाणी ॥
मीठो शोभा बहुल रँगका, वायुको यो हवेली ।
यो छाया यो छवि पर हुँदा दुःख झैं हुन्छ भोलि ॥
(७२)