Page:Lalitya bhag 1 ra 2.pdf/306: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(११)}} | |||
भाक्सु, आसाम, बर्मा, सिकिम र मलया, दार्जिलिङ् श्याम सारा | |||
::नेपाली बास-बस्तीहरु-बिच रसिलो भानुकै काव्यधारा । | |||
हर्दम् बग्दो छ अद्याऽवधि घरघरमा, दूरता-दोष धुन्छ | |||
::मानू जातीयताका सब-फुल बटुली ऐक्यको हार उन्छ ॥ | |||
{{pcn|(१२)}} | |||
जो निस्केको छ ऐले विविध किसिमको नव्य साहित्य-सृष्टि | |||
::त्यस्मा भाषा-विकास प्रणयमय उही भानुको तीक्ष्ण दृष्टि । | |||
पौडी खेल्दोछ हर्दम् अमृतमय मिठो रङ्ग अर्कै निकाली | |||
::टल्केको उर्मिमाला-विलुलित सरमा हंसझैँ भाग्यशाली ॥ | |||
{{pcn|(१३)}} | |||
कस्तो मौका थियो त्यो ? किन कविगुरुले लेखनी त्यो लिएथे ? | |||
::कस्तो निन्दा घृणाको सहिकन कटुता काव्य त्यस्तो दिएथे । | |||
त्यस्ले के लाभ ल्यायो सकल मुलुकमा यो सबै जान्नुपर्छ | |||
::जानी ती भानुलाई प्रथम कवि भनी राष्ट्रले मान्नुपर्छ ॥ | |||
{{pcn|(१४)}} | |||
नेपाली गैह्र हामी, हिमगिरितटको राष्ट्र नेपाल हाम्रो | |||
::हाम्रो यो राष्ट्रभाषा प्रचलित सजिलो, छन्द-शैली छ हाम्रो । | |||
त्यो हाम्रो आदिकाव्य प्रिय कविवर ती भानु आचार्य हाम्रो | |||
::हाम्रो यै भावनाले जुग जुग तब, यो बन्छ नेपाल राम्रो ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:58, 18 May 2025
(११)
भाक्सु, आसाम, बर्मा, सिकिम र मलया, दार्जिलिङ् श्याम सारा
नेपाली बास-बस्तीहरु-बिच रसिलो भानुकै काव्यधारा ।
हर्दम् बग्दो छ अद्याऽवधि घरघरमा, दूरता-दोष धुन्छ
मानू जातीयताका सब-फुल बटुली ऐक्यको हार उन्छ ॥
(१२)
जो निस्केको छ ऐले विविध किसिमको नव्य साहित्य-सृष्टि
त्यस्मा भाषा-विकास प्रणयमय उही भानुको तीक्ष्ण दृष्टि ।
पौडी खेल्दोछ हर्दम् अमृतमय मिठो रङ्ग अर्कै निकाली
टल्केको उर्मिमाला-विलुलित सरमा हंसझैँ भाग्यशाली ॥
(१३)
कस्तो मौका थियो त्यो ? किन कविगुरुले लेखनी त्यो लिएथे ?
कस्तो निन्दा घृणाको सहिकन कटुता काव्य त्यस्तो दिएथे ।
त्यस्ले के लाभ ल्यायो सकल मुलुकमा यो सबै जान्नुपर्छ
जानी ती भानुलाई प्रथम कवि भनी राष्ट्रले मान्नुपर्छ ॥
(१४)
नेपाली गैह्र हामी, हिमगिरितटको राष्ट्र नेपाल हाम्रो
हाम्रो यो राष्ट्रभाषा प्रचलित सजिलो, छन्द-शैली छ हाम्रो ।
त्यो हाम्रो आदिकाव्य प्रिय कविवर ती भानु आचार्य हाम्रो
हाम्रो यै भावनाले जुग जुग तब, यो बन्छ नेपाल राम्रो ॥