Page:Lalitya bhag 1 ra 2.pdf/305: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(७)}} | |||
त्यै मालाबाट उड्दो मधुर महकमा रङ्गियो देश सारा | |||
::भाषाको द्वेष गर्ने कृपणमति सबै लाग्न थाले किनारा । | |||
चौतर्फी चम्चमायो क्रमसित सब यो भानुको वाग्विलास | |||
::बढ्दो राष्ट्रीयतामा सरस चहकिलो पर्न थाल्यो प्रकाश ॥ | |||
{{pcn|(८)}} | |||
बढ्दो-चढ्दो रसीलो वय लवकुशझैँ राष्ट्र यो शक्तिशाली | |||
::चाहन्थ्यो भित्र उस्को उस नव वयले उच्च शिक्षा-प्रणाली । | |||
भेट्टायो भानुभक्त प्रिय गुरु नगिचै वन्य वाल्मीकि तुल्य | |||
::जो यै अध्यात्म रामायण अति रसिलो ग्रन्थ लेख्थे अमूल्य ॥ | |||
{{pcn|(९)}} | |||
भाषामा त्यो हुनाले सहजसित सबै राष्ट्रले पढ्न पायो | |||
::पढ्दा सुन्दा र गुन्दा प्रमुदित मन भो भाव अर्कै उदायो । | |||
त्यस्ले कोटि प्रजाको हृदय-बिच मिही ऐक्यको बीज हाल्यो | |||
::यै हाम्रो राष्ट्रभाषा भनि सब दुनियाँ दङ्ग भै भन्न थाल्यो ॥ | |||
{{pcn|(१०)}} | |||
वर्षैपिच्छे हजारौँ प्रति उस कृतिका छापिए छापिँदै छन् | |||
::बाँकी काहीँ रहन्नन्, खुसिसँग दुनियाँ नित्य किन्दै लिँदै छन् । | |||
निस्कून् लाखौँ करोडौँ अरु नव कविता किन्तु यस्को महत्ता | |||
::खेस्ने छैनन् कसैले जबतक रहला राष्ट्रमा शक्ति सत्ता ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:58, 18 May 2025
(७)
त्यै मालाबाट उड्दो मधुर महकमा रङ्गियो देश सारा
भाषाको द्वेष गर्ने कृपणमति सबै लाग्न थाले किनारा ।
चौतर्फी चम्चमायो क्रमसित सब यो भानुको वाग्विलास
बढ्दो राष्ट्रीयतामा सरस चहकिलो पर्न थाल्यो प्रकाश ॥
(८)
बढ्दो-चढ्दो रसीलो वय लवकुशझैँ राष्ट्र यो शक्तिशाली
चाहन्थ्यो भित्र उस्को उस नव वयले उच्च शिक्षा-प्रणाली ।
भेट्टायो भानुभक्त प्रिय गुरु नगिचै वन्य वाल्मीकि तुल्य
जो यै अध्यात्म रामायण अति रसिलो ग्रन्थ लेख्थे अमूल्य ॥
(९)
भाषामा त्यो हुनाले सहजसित सबै राष्ट्रले पढ्न पायो
पढ्दा सुन्दा र गुन्दा प्रमुदित मन भो भाव अर्कै उदायो ।
त्यस्ले कोटि प्रजाको हृदय-बिच मिही ऐक्यको बीज हाल्यो
यै हाम्रो राष्ट्रभाषा भनि सब दुनियाँ दङ्ग भै भन्न थाल्यो ॥
(१०)
वर्षैपिच्छे हजारौँ प्रति उस कृतिका छापिए छापिँदै छन्
बाँकी काहीँ रहन्नन्, खुसिसँग दुनियाँ नित्य किन्दै लिँदै छन् ।
निस्कून् लाखौँ करोडौँ अरु नव कविता किन्तु यस्को महत्ता
खेस्ने छैनन् कसैले जबतक रहला राष्ट्रमा शक्ति सत्ता ॥