Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/202: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
{{pcn|(३)}}
त्यो यौटा हँसिलो उपक्रम थियो टाढा छ त्यस्को कथा
::यो हाम्रो प्रिय राष्ट्र भर्खर उठ्यो भोगी हजारौँ व्यथा ।
यस्को शौर्य र धैर्य शक्ति गुणको राखी सदा सम्झना
::गर्नै पर्दछ हामि कोटि जनले अभ्यर्थना, अर्चना ॥


{{pcn|(४)}}
त्यो जादू तरवारको लपलपे, त्यो तापसी मन्तर
::लाग्दा लट्ठ भई हिमाल तकिया हामी अड्याई शिर ।
त्यो भैँमा चिरकाल मूर्छित सरी पल्टीरहेको थियो
::डस्ता उत्कट कीटले रगतको धारा बहेको थियो ॥
{{pcn|(५)}}
त्यस्तो हालतमा पनी हृदयको भित्री मिही चेतना
::अर्धोन्मीलित भावमा अलिअलि क्यै गर्दथ्यो चिन्तन ।
भित्रै केवल कल्पना कलमले तस्बीर लेख्दै थियो
::मानू स्वप्न कुनै नवीन युगको प्रत्यक्ष देख्दै थियो ॥
{{pcn|(६)}}
देखेथ्यो जुन त्यो अपूर्व सपना उस्ले बिहानीपख
::निद्राबाट उठेपछि सकल त्यो छर्लङ्ग भो सम्मुख ।
उस्को त्यो सुकिलो हिमाल तकिया सारा सुनौलो गरी
::चौतर्फी उदयाऽऽद्रिका शिखरमा झल्क्यो उषा माधुरी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 11:23, 18 May 2025

This page has not been proofread

(३)
त्यो यौटा हँसिलो उपक्रम थियो टाढा छ त्यस्को कथा
यो हाम्रो प्रिय राष्ट्र भर्खर उठ्यो भोगी हजारौँ व्यथा ।
यस्को शौर्य र धैर्य शक्ति गुणको राखी सदा सम्झना
गर्नै पर्दछ हामि कोटि जनले अभ्यर्थना, अर्चना ॥

(४)
त्यो जादू तरवारको लपलपे, त्यो तापसी मन्तर
लाग्दा लट्ठ भई हिमाल तकिया हामी अड्याई शिर ।
त्यो भैँमा चिरकाल मूर्छित सरी पल्टीरहेको थियो
डस्ता उत्कट कीटले रगतको धारा बहेको थियो ॥

(५)
त्यस्तो हालतमा पनी हृदयको भित्री मिही चेतना
अर्धोन्मीलित भावमा अलिअलि क्यै गर्दथ्यो चिन्तन ।
भित्रै केवल कल्पना कलमले तस्बीर लेख्दै थियो
मानू स्वप्न कुनै नवीन युगको प्रत्यक्ष देख्दै थियो ॥

(६)
देखेथ्यो जुन त्यो अपूर्व सपना उस्ले बिहानीपख
निद्राबाट उठेपछि सकल त्यो छर्लङ्ग भो सम्मुख ।
उस्को त्यो सुकिलो हिमाल तकिया सारा सुनौलो गरी
चौतर्फी उदयाऽऽद्रिका शिखरमा झल्क्यो उषा माधुरी ॥