Page:Shakuntala.pdf/224: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
भैगो जो भो तर अब यहाँ फेरि यस्तो नगर्नू । | |||
::यौटा औंठी स्मृति दिन रहे शाप मेरो नलागोस् ॥ | |||
जाओ ! ग्वाङ्ग्रीहरु, अब गरे होशले कामकाज ।" | |||
::भन्दै हाँसी परतिर चले क्रोधका उग्रमूर्ति ॥ | |||
{{pcn|(४१)}} | |||
सल्लाहाले युवतिहरु ती भन्न तारा खुलस्त । | |||
::व्यर्थै मानी विरह सखिको खालि बढ्ने हुनाले ॥ | |||
ब्यूँझेकी ती सरस सपनाबाट केही हँसाई । | |||
::ठट्टा गर्दा मन मन भए चिन्तिता आजलाई ॥ | |||
{{pcn|(४२)}} | |||
यस्तैमा ती परतिर हुँदा कालमा नाटकीय । | |||
::फर्की आए धवल वयका श्मश्रुका मूर्ति कण्व ॥ | |||
छोरी-प्यासी कशल रहने तीर्थयात्रा घुमेर । | |||
::आशीर्वादी वचनसँगमा ल्याउँछन् जो प्रसाद ॥ | |||
{{pcn|(४३)}} | |||
सोध्छन् वार्ता तरुणवदनी त्रासले रङ्ग फेर्दी । | |||
::झुक्छिन् मानो त्रिभुवनभरी दोष मेरै छ ठूलो ॥ | |||
कस्ती सीधी जनकमुखमा हेर्न खोज्दी सभीत । | |||
::देख्छिन् बाबा अघिसरि सफा बन्दछिन् साहसी ती ॥ | |||
{{pcn|(४४)}} | |||
सारा बन्दा तर पछि खुला गौतमीबाट बात । | |||
::डाकी भन्छन् विपिनदुहितालाइ ती बुद्ध ज्ञानी ॥ | |||
"राम्रै वार्ता सुखसँग सुनैं" ती झुकिन् लाज मानी । | |||
::"त्यस्तै खोज्थें म पनि" यतिमा हर्षले चाख मानी ॥ | |||
{{pcn|(४५)}} | |||
बित्दै जान्थे दिन विरहका शून्यमा अल्पिएर । | |||
::हृद्व्योमी झैं जलकण सफा तारका झल्किएर ॥ | |||
यस्तै गर्दा पछिपछि भयो याद यौटा कुराको । | |||
::बढ्दै आयो अरुचि उनको अन्नमा रोज रोज ॥ | |||
{{pcn|(४६)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 13:39, 17 May 2025
भैगो जो भो तर अब यहाँ फेरि यस्तो नगर्नू ।
यौटा औंठी स्मृति दिन रहे शाप मेरो नलागोस् ॥
जाओ ! ग्वाङ्ग्रीहरु, अब गरे होशले कामकाज ।"
भन्दै हाँसी परतिर चले क्रोधका उग्रमूर्ति ॥
(४१)
सल्लाहाले युवतिहरु ती भन्न तारा खुलस्त ।
व्यर्थै मानी विरह सखिको खालि बढ्ने हुनाले ॥
ब्यूँझेकी ती सरस सपनाबाट केही हँसाई ।
ठट्टा गर्दा मन मन भए चिन्तिता आजलाई ॥
(४२)
यस्तैमा ती परतिर हुँदा कालमा नाटकीय ।
फर्की आए धवल वयका श्मश्रुका मूर्ति कण्व ॥
छोरी-प्यासी कशल रहने तीर्थयात्रा घुमेर ।
आशीर्वादी वचनसँगमा ल्याउँछन् जो प्रसाद ॥
(४३)
सोध्छन् वार्ता तरुणवदनी त्रासले रङ्ग फेर्दी ।
झुक्छिन् मानो त्रिभुवनभरी दोष मेरै छ ठूलो ॥
कस्ती सीधी जनकमुखमा हेर्न खोज्दी सभीत ।
देख्छिन् बाबा अघिसरि सफा बन्दछिन् साहसी ती ॥
(४४)
सारा बन्दा तर पछि खुला गौतमीबाट बात ।
डाकी भन्छन् विपिनदुहितालाइ ती बुद्ध ज्ञानी ॥
"राम्रै वार्ता सुखसँग सुनैं" ती झुकिन् लाज मानी ।
"त्यस्तै खोज्थें म पनि" यतिमा हर्षले चाख मानी ॥
(४५)
बित्दै जान्थे दिन विरहका शून्यमा अल्पिएर ।
हृद्व्योमी झैं जलकण सफा तारका झल्किएर ॥
यस्तै गर्दा पछिपछि भयो याद यौटा कुराको ।
बढ्दै आयो अरुचि उनको अन्नमा रोज रोज ॥
(४६)