Page:Shakuntala.pdf/217: Difference between revisions
No edit summary |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|'''सप्तदश सर्ग'''}}}} | {{c|{{larger|'''सप्तदश सर्ग'''}}}} | ||
{{c|'''(मन्दाक्रान्ता)'''}} | |||
{{start center block}} | {{start center block}} | ||
<poem> | <poem> | ||
धेरै लामो सुख प्रकृतिले जिन्दगीलाइ दिन्नन् । | |||
::सारा हाम्रा ऋतुहरुविषे अल्प लाग्ने वसन्त ॥ | |||
लाली राम्रो गगनपटमा बस्छ है थोर काल । | |||
::स्वर्णाभाका पथि तिमिरले दुःखको फिँज्छ जाल ॥ | |||
{{pcn|(१)}} | |||
साना झल्का बहल रसिलो पाउँदा छन् निमेष । | |||
::निभ्छन् ज्वाला तर हृदयमा अन्धकारै छ शेष ॥ | |||
राम्रा मीठा मुख कुसुमका फुल्दछन् थोर काल । | |||
::प्रेमीलाई पर गिरिदिने छन् यहाँ क्रूर जाल ॥ | |||
चाँडै आयो खबर, सुखको रोजको पार्न अन्त्य । | |||
::दुःखी थोपासित जलद झैं पार्न कालो दिगन्त ॥ | |||
{{pcn|(२)}} | |||
हेर्नेपर्ने भुवन-पतिले सत्यका ती विरोध । । | |||
::गर्नेपर्ने समर रिपुका दुष्टतानिम्ति शोध ॥ | |||
"पाई मौका रिपुदल बढी राज्यमा दी चढाइ ! | |||
::डुब्ने आपद् निकट छ" भनी दूतले भन्छ आई ॥ | |||
{{pcn|(३)}} | |||
देखी ठूलो निकट खतरा भूपले प्रीतिलाई । | |||
भन्छन् "हामी दिलदिलसँगै बन्दछौं नित्यलाई ॥ | |||
छुट्टिन्नौं है तर अब यहाँ एक आपद् मलाई । | |||
दुःखी बोलीसित विनतिमा माग्छु तिम्रो बिदाइ ॥" | |||
{{pcn|(४)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 07:30, 17 May 2025
धेरै लामो सुख प्रकृतिले जिन्दगीलाइ दिन्नन् ।
सारा हाम्रा ऋतुहरुविषे अल्प लाग्ने वसन्त ॥
लाली राम्रो गगनपटमा बस्छ है थोर काल ।
स्वर्णाभाका पथि तिमिरले दुःखको फिँज्छ जाल ॥
(१)
साना झल्का बहल रसिलो पाउँदा छन् निमेष ।
निभ्छन् ज्वाला तर हृदयमा अन्धकारै छ शेष ॥
राम्रा मीठा मुख कुसुमका फुल्दछन् थोर काल ।
प्रेमीलाई पर गिरिदिने छन् यहाँ क्रूर जाल ॥
चाँडै आयो खबर, सुखको रोजको पार्न अन्त्य ।
दुःखी थोपासित जलद झैं पार्न कालो दिगन्त ॥
(२)
हेर्नेपर्ने भुवन-पतिले सत्यका ती विरोध । ।
गर्नेपर्ने समर रिपुका दुष्टतानिम्ति शोध ॥
"पाई मौका रिपुदल बढी राज्यमा दी चढाइ !
डुब्ने आपद् निकट छ" भनी दूतले भन्छ आई ॥
(३)
देखी ठूलो निकट खतरा भूपले प्रीतिलाई ।
भन्छन् "हामी दिलदिलसँगै बन्दछौं नित्यलाई ॥
छुट्टिन्नौं है तर अब यहाँ एक आपद् मलाई ।
दुःखी बोलीसित विनतिमा माग्छु तिम्रो बिदाइ ॥"
(४)