Page:Shakuntala.pdf/209: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
फूलै झैं मधुर ऋतुकी मिठासवाली । | |||
::प्याला झैं मधुमय बैंसकी उज्याली ॥ | |||
चाञ्चल्य प्रकृतपना सुचारु पारी । | |||
::डाक्ने झैं मधुप भइन् सिँगार पारी ॥ | |||
{{pcn|(११)}} | |||
जान्थिन् ती कहिले नदीतटतिरै ऐना जमेको जल- | |||
::मा हेरूँ मुखको मनोहर छटा लालित्य आफ्नो भनी ॥ | |||
सिक्थिन् ती कन ठाउँमा छ जिउको शोभा तथा मोहनी । | |||
::कस्तोले मन खैंचने नृपतिको भन्ने परीक्षा गरी ॥ | |||
{{pcn|(१२)}} | |||
गरूँ वश पराइको मदन-मोहिनी भैकन । | |||
::सिँगारहरुले खुली नजरनिम्ति टूना बनी ॥ | |||
अनेक मृदु चालका सरस झल्किँदा लज्जत । | |||
::जपीकन हिंडाइमा जन-चकोर पारूँ भनी ॥ | |||
{{pcn|(१३)}} | |||
जो सङ्कोच मुनासमान पहिले खुम्ची सधैं घुम्रियो । | |||
::त्यो न्यानोपनले फुकेसरि भयो पाई उज्यालो अब ॥ | |||
आखाका भमरा दुवै वदनको गर्ने प्रशंसा भए । | |||
::भित्री लज्जत क्यै खुला हुन गई झुल्थिन् हवामा मृदु ॥ | |||
{{pcn|(१४)}} | |||
तारासमान नभमा दुइ चार बीच । | |||
::त्यो श्यामली वनविषे छविकी जुहार ॥ | |||
पर्दा लिई मधुर मिर्मिरकी लुकेको । | |||
::हाँसी खुली अब त चम्चम भै उदाइन् ॥ | |||
{{pcn|(१५)}} | |||
नङ्गा हरा मृदुल रेशमका वसन्ती । | |||
::भावादिका हृदयका किरणेच्छु बन्दा ॥ | |||
ती सुस्त सुस्त हलुकासँग दी प्रहार ! | |||
::खोज्छन् महीपति महीरुह झैं, लता झैं ॥ | |||
{{pcn|(१६)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:22, 16 May 2025
फूलै झैं मधुर ऋतुकी मिठासवाली ।
प्याला झैं मधुमय बैंसकी उज्याली ॥
चाञ्चल्य प्रकृतपना सुचारु पारी ।
डाक्ने झैं मधुप भइन् सिँगार पारी ॥
(११)
जान्थिन् ती कहिले नदीतटतिरै ऐना जमेको जल-
मा हेरूँ मुखको मनोहर छटा लालित्य आफ्नो भनी ॥
सिक्थिन् ती कन ठाउँमा छ जिउको शोभा तथा मोहनी ।
कस्तोले मन खैंचने नृपतिको भन्ने परीक्षा गरी ॥
(१२)
गरूँ वश पराइको मदन-मोहिनी भैकन ।
सिँगारहरुले खुली नजरनिम्ति टूना बनी ॥
अनेक मृदु चालका सरस झल्किँदा लज्जत ।
जपीकन हिंडाइमा जन-चकोर पारूँ भनी ॥
(१३)
जो सङ्कोच मुनासमान पहिले खुम्ची सधैं घुम्रियो ।
त्यो न्यानोपनले फुकेसरि भयो पाई उज्यालो अब ॥
आखाका भमरा दुवै वदनको गर्ने प्रशंसा भए ।
भित्री लज्जत क्यै खुला हुन गई झुल्थिन् हवामा मृदु ॥
(१४)
तारासमान नभमा दुइ चार बीच ।
त्यो श्यामली वनविषे छविकी जुहार ॥
पर्दा लिई मधुर मिर्मिरकी लुकेको ।
हाँसी खुली अब त चम्चम भै उदाइन् ॥
(१५)
नङ्गा हरा मृदुल रेशमका वसन्ती ।
भावादिका हृदयका किरणेच्छु बन्दा ॥
ती सुस्त सुस्त हलुकासँग दी प्रहार !
खोज्छन् महीपति महीरुह झैं, लता झैं ॥
(१६)