Jump to content

Page:Munamadan.pdf/47: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
"हे मेरी दिदी ! सम्झेर आयो यो छाती चिरिन्छ,
"हे मेरी दिदी ! सम्झेर आयो यो छाती चिरिन्छ,
Line 28: Line 28:
ज्योतिको स्वरूप लिएर गइन् बगैँचा वसन्ती,
ज्योतिको स्वरूप लिएर गइन् बगैँचा वसन्ती,
स्वर्गका चरा गाउँछन् उनको मधुर जयन्ती !"
स्वर्गका चरा गाउँछन् उनको मधुर जयन्ती !"
</poem>}}
</poem>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 15:56, 9 May 2025

This page has been validated

"हे मेरी दिदी ! सम्झेर आयो यो छाती चिरिन्छ,
यो तातो घाउ नूनले पोल्छ, झन् आँखा भरिन्छ !
दिदी ! झन् आँखा भरिन्छ !
मुनाको बोली, लाग्दछ गोली ! सम्झन्छ मनले,
क्या मीठोसँग सम्झाई भन्थिन् 'के गर्नु धनले ?'
गलामा लाग्यो, मुटुमा घुस्यो अमृत-वचन,
'साग र सिस्नु खाएको बेस आनन्दी मनले !'
बसालिहाल्यो दैवको घनले !
ईश्वर ! तैँले रचेर फेरि कसरी बिगारिस् ?
सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ?
त्यो फूल हरे ! मलाई दिई कसरी पछारिस् ?
हे दिदी ! मैले ती मुना देख्दा, मुनाको मुहार,
ती मुना पनि मर्दछिन् भन्ने थिएन विचार !
मुना ! छातीको जुहार !
पृथिवीतिर नहेर मुना ! म पनि आउँछु
आँखामा आँसु लिएर चिनो म भेट्न आउँछु,
प्रेमको हीरा छुटेको तल, म लिई आउँछु ।
कसरी खायो आगोले दिदी ! कमलको शरीर ?
कसरी खायो निठुरी भई कमलको शरीर ?
म कहाँ पाऊँ ती मुनालाई ? छातीमा लगाऊँ !
खरानी तिन्को मलाई द्यौन, छातीमा लगाऊँ !
हे मेरी आमा ! हे मेरी मुना !! म यहाँ बस्दिनँ !
म यहाँ अब बस्दिनँ आमा ! म यहाँ बस्दिनँ,
म यहाँ अब बस्दिनँ मुना ! म यहाँ बस्दिनँ ।"
"हे मेरा भाइ ! ती तिम्री मुना मरेकी छैनन् ती,
ज्योतिको स्वरूप लिएर गइन् बगैँचा वसन्ती,
स्वर्गका चरा गाउँछन् उनको मधुर जयन्ती !"