Page:Munamadan.pdf/45: Difference between revisions
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
"हे प्यारा भाइ ! ती मुनालाई यो जल चाहिन्न, | "हे प्यारा भाइ ! ती मुनालाई यो जल चाहिन्न, | ||
Line 27: | Line 27: | ||
हे मेरी मुना ! हे मेरी मुना !! छाडेर गयौ नि !!! | हे मेरी मुना ! हे मेरी मुना !! छाडेर गयौ नि !!! | ||
पूजाकी मन्दिर, प्राणकी जञ्जीर तिमी नै थियौ नि ! | पूजाकी मन्दिर, प्राणकी जञ्जीर तिमी नै थियौ नि ! | ||
</poem>}} | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 15:49, 9 May 2025
"हे प्यारा भाइ ! ती मुनालाई यो जल चाहिन्न,
ती निकी भइन् निरोगी भइन्, औषधि चाहिन्न"
"हे प्यारा भाइ ! म हेर्न जान्थेँ, बाटो नै पाइन्न !"
"ती निकी भए आउन्नन् किन ? यो मेरो अवस्था !"
"खोज्दिहुन् तिनी आउन भाई ! पाउन्नन् ती रस्ता ।"
"गजब लाग्छ यो कुरा सुन्दा मावली कहाँ छ ?"
"बादलपारि, उज्यालो भारी मुलुक जहाँ छ !"
"हे मेरी दिदी ! हे मेरी दिदी ! मुना छिन् ? भन न,
ती मुना मेरी पृथिवीमाथि अझ छिन् ? भन न !
मुना, अझ छिन् ? भन न !"
"पृथिवीवारि पृथिवीपारि ती मुना अझ छिन्,
फूलमा हाँस्छिन्, जलमा नाच्छिन्, तारामा चम्कन्छिन् ।
कोइलीकण्ठ बोल्दछ तिन्को, आँखा छ उज्यालो,
शीतमा रुन्छिन्, उदास हुन्छिन् देखिन्छ तुवाँलो !"
"मरेकी छैनन् ती मेरी मुना ज्यूँदी छिन् ? भन न !
मावलभित्र छिन् मेरी मुना, आउँछिन् ? भन न !
आशाकी जरा, मनकी चरा, मुना छिन् ? भन न !
कुन दिन दिदी ! आउँछिन् ? भन न !"
"हे मेरा भाइ ! ती मुना छैनन् पृथिवीवारिमा,
दुःखको लेश नहुने देश कल्पनापारिमा !
टिपेर बस्छिन् सुखका फूल स्वर्गको बारीमा ।"
"निठुरी दिदी ! निठुरी दिदी !! मार्यौ नि मलाई !!!
आशाको फूल यतिका दिन आँखामा झुलाई,
कानमा मेरो विषको घुट्का घुटुक्क पिलाई,
हे मेरी मुना ! हे मेरी मुना !! छाडेर गयौ नि !!!
पूजाकी मन्दिर, प्राणकी जञ्जीर तिमी नै थियौ नि !