Page:Munamadan.pdf/36: Difference between revisions
(2 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
पहाड त्यस्तो ! जङ्गल त्यस्तो ! पथरा पर्यौ कि ? | पहाड त्यस्तो ! जङ्गल त्यस्तो ! पथरा पर्यौ कि ? | ||
मलाई सम्झी दुःखमा नयन आँसुले भर्यौ कि ? | मलाई सम्झी दुःखमा नयन आँसुले भर्यौ कि ? | ||
प्यारा ! आँसुले भर्यौ कि ? | ::::प्यारा ! आँसुले भर्यौ कि ? | ||
कपाल दुख्ता म आँसु पुछ्थेँ बिरामी भयौ कि ? | कपाल दुख्ता म आँसु पुछ्थेँ बिरामी भयौ कि ? | ||
सुसार कल्ले गरेको होला ? अकेला थियौ कि ? | सुसार कल्ले गरेको होला ? अकेला थियौ कि ? | ||
प्यारा ! अकेला थियौ कि ? | ::::प्यारा ! अकेला थियौ कि ? | ||
हावाले लगे मनको चिठी, मन रुने थिएन ! | हावाले लगे मनको चिठी, मन रुने थिएन ! | ||
तिमी छौ पर, म रुन्छु घर, बिन्ती नै पुगेन, | तिमी छौ पर, म रुन्छु घर, बिन्ती नै पुगेन, | ||
प्यारा ! रोएको पुगेन ! | ::::प्यारा ! रोएको पुगेन ! | ||
हे पशुपति ! हे गुह्येश्वरी ! प्याराको गाथमा, | हे पशुपति ! हे गुह्येश्वरी ! प्याराको गाथमा, | ||
नबसोस् धुलो, नबिझोस् काँडा, मङ्गल होस् साथमा !" | नबसोस् धुलो, नबिझोस् काँडा, मङ्गल होस् साथमा !" | ||
Line 28: | Line 28: | ||
उज्याला पाटा, छायाका टाटा, पहाड टाढामा, | उज्याला पाटा, छायाका टाटा, पहाड टाढामा, | ||
दूधका झर्ना झरेका सेता सतह गाढामा, | दूधका झर्ना झरेका सेता सतह गाढामा, | ||
</poem>}} | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 15:00, 9 May 2025
पहाड त्यस्तो ! जङ्गल त्यस्तो ! पथरा पर्यौ कि ?
मलाई सम्झी दुःखमा नयन आँसुले भर्यौ कि ?
प्यारा ! आँसुले भर्यौ कि ?
कपाल दुख्ता म आँसु पुछ्थेँ बिरामी भयौ कि ?
सुसार कल्ले गरेको होला ? अकेला थियौ कि ?
प्यारा ! अकेला थियौ कि ?
हावाले लगे मनको चिठी, मन रुने थिएन !
तिमी छौ पर, म रुन्छु घर, बिन्ती नै पुगेन,
प्यारा ! रोएको पुगेन !
हे पशुपति ! हे गुह्येश्वरी ! प्याराको गाथमा,
नबसोस् धुलो, नबिझोस् काँडा, मङ्गल होस् साथमा !"
मुनाले जोडिन् माथमा हात, हातमा लाग्यो जून,
भरिई आयो, भरिई आयो आँसुले नयन झन् !
•
राता र नीला पहेँला फूल वनमा फुल्दछन्,
छिर्बिरे फूल, सुनौला फूल हावामा झुल्दछन् ।
दक्षिणतिर किनारातिर फड्केको बादल,
भोटेको घर मदनअघि नेपाल झल्झल,
नेपालभित्र उज्यालो डाकी कुखुरा बासेको,
हिमालचूली बिहान खुली उत्तर हाँसेको !
पहाडहरूको नीरको माला नेपाल शहरको,
लुर्कन जस्ता रुखका लहर शिखर किनारको,
बादलवारि गुलाफ फुल्ने पूर्वको डाँडामा,
उज्याला पाटा, छायाका टाटा, पहाड टाढामा,
दूधका झर्ना झरेका सेता सतह गाढामा,