Jump to content

Page:Munamadan.pdf/36: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
 
(3 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
पहाड त्यस्तो ! जङ्गल त्यस्तो पथरा पर्‍यौ कि ?
पहाड त्यस्तो ! जङ्गल त्यस्तो ! पथरा पर्‍यौ कि ?
मलाई सम्झी दुःखमा नजर आँसुले भर्‍यौ कि ?
मलाई सम्झी दुःखमा नयन आँसुले भर्‍यौ कि ?
प्यारा ! आँसुले भर्‍यौ कि ?
::::प्यारा ! आँसुले भर्‍यौ कि ?
कपाल दुख्ता म आँसु पुछ्थेँ बिरामी भयौ कि ?
कपाल दुख्ता म आँसु पुछ्थेँ बिरामी भयौ कि ?
सुसार कसले गरेको होला ? अकेला थियौ कि ?
सुसार कल्ले गरेको होला ? अकेला थियौ कि ?
प्यारा ! अकेला थियौ कि ?
::::प्यारा ! अकेला थियौ कि ?
हावाले लगे मनको चिठी, मन रुने थिएन !
हावाले लगे मनको चिठी, मन रुने थिएन !
तिमी छौ पर, म रुन्छ् घर, बिन्ती नै पुगेन,
तिमी छौ पर, म रुन्छु घर, बिन्ती नै पुगेन,
प्यारा ! रोएको पुगेन !
::::प्यारा ! रोएको पुगेन !
हे पशुपति ! हे गुह्येश्वरी ! प्याराको गाथमा,
हे पशुपति ! हे गुह्येश्वरी ! प्याराको गाथमा,
नबसोस् ध्रूलो, नबिझोस् काँढा, मङ्गल होस् साथमा !'
नबसोस् धुलो, नबिझोस् काँडा, मङ्गल होस् साथमा !"
मुनाले जोडिन् माथमा हात, हातमा लाग्यो जून,
मुनाले जोडिन् माथमा हात, हातमा लाग्यो जून,
भरिई आयो, भरिई आयो आँसुले नयन झन् !
भरिई आयो, भरिई आयो आँसुले नयन झन् !
Line 20: Line 20:
छिर्बिरे फूल, सुनौला फूल हावामा झुल्दछन् ।
छिर्बिरे फूल, सुनौला फूल हावामा झुल्दछन् ।
दक्षिणतिर किनारातिर फड्केको बादल,
दक्षिणतिर किनारातिर फड्केको बादल,
भोटेको घर मदनअघि नेपाल झलझल,
भोटेको घर मदनअघि नेपाल झल्झल,
नेपालभित्र उज्यालो डाकी कुखुरा बासेको,
नेपालभित्र उज्यालो डाकी कुखुरा बासेको,
हिमालचूली बिहान खुली उत्तर हाँसेको !
हिमालचूली बिहान खुली उत्तर हाँसेको !
पहाडहरुको नीरको माला नेपाल शहरको,
पहाडहरूको नीरको माला नेपाल शहरको,
लुर्कन जस्ता रुखका लहर शिखर किनारको,
लुर्कन जस्ता रुखका लहर शिखर किनारको,
बादलवारि गुलाफ फुल्ने पूर्वको डाँडामा,
बादलवारि गुलाफ फुल्ने पूर्वको डाँडामा,
उज्यालो पाटा छायाका टाटा, पहाड टाढामा,
उज्याला पाटा, छायाका टाटा, पहाड टाढामा,
दूधका झर्ना झरेका सेता सतह गाढामा
दूधका झर्ना झरेका सेता सतह गाढामा,
</poem>}}
</poem>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 15:00, 9 May 2025

This page has been validated

पहाड त्यस्तो ! जङ्गल त्यस्तो ! पथरा पर्‍यौ कि ?
मलाई सम्झी दुःखमा नयन आँसुले भर्‍यौ कि ?
प्यारा ! आँसुले भर्‍यौ कि ?
कपाल दुख्ता म आँसु पुछ्थेँ बिरामी भयौ कि ?
सुसार कल्ले गरेको होला ? अकेला थियौ कि ?
प्यारा ! अकेला थियौ कि ?
हावाले लगे मनको चिठी, मन रुने थिएन !
तिमी छौ पर, म रुन्छु घर, बिन्ती नै पुगेन,
प्यारा ! रोएको पुगेन !
हे पशुपति ! हे गुह्येश्वरी ! प्याराको गाथमा,
नबसोस् धुलो, नबिझोस् काँडा, मङ्गल होस् साथमा !"
मुनाले जोडिन् माथमा हात, हातमा लाग्यो जून,
भरिई आयो, भरिई आयो आँसुले नयन झन् !

राता र नीला पहेँला फूल वनमा फुल्दछन्,