Page:Munamadan.pdf/35: Difference between revisions
(2 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
पहाडवारि पहाडपारि पर्दाले ढाकेको, | पहाडवारि पहाडपारि पर्दाले ढाकेको, | ||
स्वरूप तिम्रो खालि छ मेरो मनमा जागेको, | स्वरूप तिम्रो खालि छ मेरो मनमा जागेको, | ||
झल्झली देखी विरह लागेको ! | ::::झल्झली देखी विरह लागेको ! | ||
वचन तिम्रो तारमा मनको निदाइरहन्छ, | वचन तिम्रो तारमा मनको निदाइरहन्छ, | ||
सम्झेर आयो झन्कन्छ भित्र, कहानी कहन्छ, | सम्झेर आयो झन्कन्छ भित्र, कहानी कहन्छ, | ||
Line 16: | Line 16: | ||
यो उड्न पाए त्यो पाउमाथि लुटपुट पर्नेछ, | यो उड्न पाए त्यो पाउमाथि लुटपुट पर्नेछ, | ||
त्यो छातीमाथि गएर फेरि भुर्भुर गर्नेछ, | त्यो छातीमाथि गएर फेरि भुर्भुर गर्नेछ, | ||
सधैँको निम्ति साथमा फिर्नेछ । | ::::सधैँको निम्ति साथमा फिर्नेछ । | ||
पैसाको यस्तो भुमरीभित्र किन हो पसेको ? | पैसाको यस्तो भुमरीभित्र किन हो पसेको ? | ||
मनको धन छाडेर किन ह्लासामा बसेको ? | मनको धन छाडेर किन ह्लासामा बसेको ? | ||
Line 25: | Line 25: | ||
बिर्सनुपर्ने यसरी होइन ! भमरासरी मन ! | बिर्सनुपर्ने यसरी होइन ! भमरासरी मन ! | ||
के भर त्यसको ? नलागोस् पाप, पापी छ मेरो मन ! | के भर त्यसको ? नलागोस् पाप, पापी छ मेरो मन ! | ||
प्राण ! पापी छ मेरो मन ! | ::::प्राण ! पापी छ मेरो मन ! | ||
</poem>}} | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 12:42, 6 May 2025
पहाडवारि पहाडपारि पर्दाले ढाकेको,
स्वरूप तिम्रो खालि छ मेरो मनमा जागेको,
झल्झली देखी विरह लागेको !
वचन तिम्रो तारमा मनको निदाइरहन्छ,
सम्झेर आयो झन्कन्छ भित्र, कहानी कहन्छ,
दुःखको कानमा सुखको कथा बजाइरहन्छ,
पखेटा छैनन् उडेर जान, चिडिया उडेका,
हेरेर बसी आँसुका थोपा गहमा छुटेका,
देखेनौ तिम्ले कतिका थिए छातीमा गुडेका !
किन हो किन, यो मेरो मन बादलले ढाक्दछ,
सियोको टुप्पा नदेख्ने गरी मुटुमा लाग्दछ,
प्राणको मेरो पखेरु रुन्छ पिँजडा परेको,
न उड्न पाई, न खोज्न पाई चिन्ताले पिरेको ।
यो उड्न पाए त्यो पाउमाथि लुटपुट पर्नेछ,
त्यो छातीमाथि गएर फेरि भुर्भुर गर्नेछ,
सधैँको निम्ति साथमा फिर्नेछ ।
पैसाको यस्तो भुमरीभित्र किन हो पसेको ?
मनको धन छाडेर किन ह्लासामा बसेको ?
हे पैसा ! तैँले पासोमा पार्छस् सिंह झैँ हृदय !
सोझाको सराप असलको विलाप, दुष्टको अभय !
पैसामा भुली बिर्सेको हो कि ? कसैले भुलायो ?
प्राणको मन छकाईकन अरूले डुलायो ?
बिर्सनुपर्ने यसरी होइन ! भमरासरी मन !
के भर त्यसको ? नलागोस् पाप, पापी छ मेरो मन !
प्राण ! पापी छ मेरो मन !