Page:Munamadan.pdf/33: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 10: | Line 10: | ||
::स्याब्बो च्याङ्बा ! स्याब्बो च्याङ्बी ! | ::स्याब्बो च्याङ्बा ! स्याब्बो च्याङ्बी ! | ||
संसार मथ्दा जूनको नौनी स्वर्ग तर छ, सुखको दिन ! | संसार मथ्दा जूनको नौनी स्वर्ग तर छ, सुखको दिन ! | ||
तारा-झुप्पे यो | तारा-झुप्पे यो रूखमुनि | ||
::कसले लगायो धून ? | ::कसले लगायो धून ? | ||
::चूलीमा पुग्यो बाटो गुनी | ::चूलीमा पुग्यो बाटो गुनी |
Latest revision as of 12:29, 6 May 2025
This page has been validated
(गीत)
वैशाखको पूर्णिमा
हेर ! हो हिमाल जून !
रातको कालो वर्णमा
अमृतको यो थालीले
झलमल पार्ने कुन ?
स्याब्बो च्याङ्बा ! स्याब्बो च्याङ्बी !
संसार मथ्दा जूनको नौनी स्वर्ग तर छ, सुखको दिन !
तारा-झुप्पे यो रूखमुनि
कसले लगायो धून ?
चूलीमा पुग्यो बाटो गुनी
आँधी नाची, पर्वत नाघी,
संसारलाई लाउन गुन ?
स्याब्बो च्याङ्बा ! स्याब्बो च्याङ्बी !
आफूलाई जित्ने संसार जित्छ निर्वाणभन्दा कीर्ति कुन ?
आकाश उनको छाती हो
करुणा-धारा सुन !
तारा आँखा राती हो,
माटी-जरामा बन्चरो दी
काललाई जित्ने कुन ?
स्याब्बो च्याङ्बा ! स्याब्बो च्याङ्बी !
अमृत झल्क्यो संसारमाथि हेर ! ऊ ज्योति ! हिमाल जून !
•