Page:Munamadan.pdf/28: Difference between revisions
No edit summary |
|||
(3 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
यो घाँटी सुक्यो; यो छाती पोल्यो; यो आँसु पुछन, | |||
</poem>}} | अझ छ सास, अझ छ आस, यो दर्द बुझन । | ||
आशिष देलिन् ती बूढी आमा मलाई बचाओ ! | |||
मानिसको आँसु मानिसले पुछ्नु सबैको धर्म हो । | |||
यो घाँटी सुक्यो म पानी खान्नँ ! बिझायो यो घाँस, | |||
घाँसको चोसा दयाले मर्छ; आँसुले पियास !" | |||
"के गर्छौ भाइ ! टाढाको घर बाटाको जङ्गल, | |||
यो हैजा हाम्ले कुर्हेर बसे हुँदैन मङ्गल, | |||
औषधिमूलो साथमा छैन यो माझ वनमा | |||
ईश्वर सम्झी ईरश्वरै सम्झी रहे है मनमा, | |||
घर र बार सबैले छाडी जानु त, पर्दछ, | |||
अन्त्यको बेला ईश्वर सम्झे संसार तर्दछ ।" | |||
हातले टेकी मदन उठे ती साथी गएछन् | |||
पश्चिमतिर दिनका आँखा रगतमा डुबेछन्, | |||
वनमा फीका अँध्यारो चढ्यो, हावा नै निदायो, | |||
पन्छीले सारा बोल्न नै छाडे, जाडोले सतायो, | |||
दुर्दशा त्यस्तो, निठुरी सारा, जङ्गल पहाड | |||
निठुरी तारा, जगतै सारा, निठुरी उजाड, | |||
पुर्लुक्क पल्टे घाँसमा फेरि सुस्केरा दिएर, | |||
घरको तस्वीर मनमा उठ्यो झन् गाढा भएर, | |||
"हे मेरी आमा ! मलाई तिमी सम्झँदिहोऊ नि ! | |||
हे मेरी मुना ! मलाई तिमी सम्झँदिहोऊ नि ! | |||
ईश्वर ! ईश्वर !! तँ मात्र मेरो वनमा साथी छस्, | |||
मानिसभित्र ढुङ्गाको दिल तँ देख्ने माथि छस् !" | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 10:13, 6 May 2025
यो घाँटी सुक्यो; यो छाती पोल्यो; यो आँसु पुछन,
अझ छ सास, अझ छ आस, यो दर्द बुझन ।
आशिष देलिन् ती बूढी आमा मलाई बचाओ !
मानिसको आँसु मानिसले पुछ्नु सबैको धर्म हो ।
यो घाँटी सुक्यो म पानी खान्नँ ! बिझायो यो घाँस,
घाँसको चोसा दयाले मर्छ; आँसुले पियास !"
"के गर्छौ भाइ ! टाढाको घर बाटाको जङ्गल,
यो हैजा हाम्ले कुर्हेर बसे हुँदैन मङ्गल,
औषधिमूलो साथमा छैन यो माझ वनमा
ईश्वर सम्झी ईरश्वरै सम्झी रहे है मनमा,
घर र बार सबैले छाडी जानु त, पर्दछ,
अन्त्यको बेला ईश्वर सम्झे संसार तर्दछ ।"
हातले टेकी मदन उठे ती साथी गएछन्
पश्चिमतिर दिनका आँखा रगतमा डुबेछन्,
वनमा फीका अँध्यारो चढ्यो, हावा नै निदायो,
पन्छीले सारा बोल्न नै छाडे, जाडोले सतायो,
दुर्दशा त्यस्तो, निठुरी सारा, जङ्गल पहाड
निठुरी तारा, जगतै सारा, निठुरी उजाड,
पुर्लुक्क पल्टे घाँसमा फेरि सुस्केरा दिएर,
घरको तस्वीर मनमा उठ्यो झन् गाढा भएर,
"हे मेरी आमा ! मलाई तिमी सम्झँदिहोऊ नि !
हे मेरी मुना ! मलाई तिमी सम्झँदिहोऊ नि !
ईश्वर ! ईश्वर !! तँ मात्र मेरो वनमा साथी छस्,
मानिसभित्र ढुङ्गाको दिल तँ देख्ने माथि छस् !"