Jump to content

Page:Munamadan.pdf/12: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
 
Page statusPage status
-
Proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
::भन्दैमा आशा मनमा उब्ज्यो, मनमा बिलायो,
::भन्दैमा आशा मनमा उब्ज्यो, मनमा बिलायो,
::उचालिहालेँ पयर ऐले, इच्छाले उठायो ।
::उचालिहालेँ पयर ऐले, इच्छाले उठायो ।
::ईश्वरमाथि, मुटु छ साथी जङ्घार तरुँला
::ईश्वरमाथि, मुटु छ साथी, जङ्घार तरुँला
::असल गर्दा झन् विघ्न परे बाटैमा मरुँला
::असल गर्दा झन् विघ्न परे बाटैमा मरुँला
::पृथिवीपारि स्वर्गमा फेरि हे प्यारी ! भेटौँला !
::पृथिवीपारि स्वर्गमा फेरि हे प्यारी ! भेटौँला !
Line 17: Line 17:
::ती सबै खेलून्, ती सबै नाचून् डाँडा र चहुरमा,
::ती सबै खेलून्, ती सबै नाचून् डाँडा र चहुरमा,
::मलाई बिर्से यो आँसु पिर्ला भन्नेछु म डरमा,
::मलाई बिर्से यो आँसु पिर्ला भन्नेछु म डरमा,
::सवारी हओस् अँध्यारो पारी घर शहरमा !
::सवारी हओस् अँध्यारो पारी घर शहरमा !
::रुनु नै बल पुग्दैन रोई आँसुले हजूरमा !
::रुनु नै बल पुग्दैन रोई आँसुले हजूरमा !
::अँध्यारोभित्र सम्झना बल्ली बिजुली-झलकमा
::अँध्यारोभित्र सम्झना बल्ली बिजुली-झलकमा

Latest revision as of 17:44, 5 May 2025

This page has been validated

यो हातलाई सुनको बाला खँदिलो सुहाऊँ,
रिनले थोत्रो घरको जग बलियो बनाऊँ,
भन्दैमा आशा मनमा उब्ज्यो, मनमा बिलायो,
उचालिहालेँ पयर ऐले, इच्छाले उठायो ।
ईश्वरमाथि, मुटु छ साथी, जङ्घार तरुँला
असल गर्दा झन् विघ्न परे बाटैमा मरुँला
पृथिवीपारि स्वर्गमा फेरि हे प्यारी ! भेटौँला !

मुना–
हे मेरा कृष्ण ! मुटुको गाँठो झन् कसी नबोल !
तस्वीर खिच्छु मनमा तिम्रो मुहार अमोल !
नफर्क प्यारा ! नलुकाऊ आँसु नयनमा ढल्मल !
ह्लासाकी ठिटी, आँखाकी छिटी सुनमा कुँदेकी,
बुल्बुले बोली, गालाको बीच गुलाफ फुलेकी–
ती सबै खेलून्, ती सबै नाचून् डाँडा र चहुरमा,
मलाई बिर्से यो आँसु पिर्ला भन्नेछु म डरमा,
सवारी हओस् अँध्यारो पारी घर र शहरमा !
रुनु नै बल पुग्दैन रोई आँसुले हजूरमा !
अँध्यारोभित्र सम्झना बल्ली बिजुली-झलकमा
आँसुको वर्षा हुनेछ शीतल दुःखीको पलकमा[✸ 1]



  1. ✸पिँजराभित्र जलेकी चरी नबोली रुनेछ
    ठुँगेर डण्डी बत्तिई भने कहाँ पो हुनेछ ।
    क्षण क्षण प्यारा हुनेछन् मेरो जलेका जीवन ।
    खरानीबाट छिनछिन बिउँती रुनेछ सम्झना ।
    छहारी दिने रसिलो बादल झुकेको बिलाए
    शीतको दाना सुकेको फूल
    खङ्ग्रङ्ग भई सुकेर मूल