Page:Munamadan.pdf/7: Difference between revisions
No edit summary |
|||
(2 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{x-larger|'''सज्जनवर्गका प्रति'''}}}} | {{c|{{x-larger|'''सज्जनवर्गका प्रति'''}}}} | ||
{{center block | |||
{{start center block}} | |||
<poem> | <poem> | ||
क्या राम्रो, मीठो नेपाली गाना झ्याउरे भनेको ! | क्या राम्रो, मीठो नेपाली गाना झ्याउरे भनेको ! | ||
यो खेतभित्र बिरुवा रोपेँ नदेखि खनेको | यो खेतभित्र बिरुवा रोपेँ नदेखि खनेको । | ||
फुलेर जाओस् वैलेर जाओस् ईश्वर-इच्छा हो, | फुलेर जाओस्, वैलेर जाओस् ईश्वर-इच्छा हो, | ||
पयरमनि नकुल्च भाइ ! यो मेरो भिक्षा हो । | |||
यो | यो फुलिजाओस् ! यो फैलिजाओस् ! वसन्त डाकन, | ||
झ्याउरे भनी नगर | झ्याउरे भनी नगर हेला हे प्यारा सज्जन ! | ||
नरम | नरम गरोस्, चरम-चूली उडाई पुर्याओस्, | ||
निर्मल नाला-लहर जस्ता अगर चलाओस्, | निर्मल नाला-लहर जस्ता अगर चलाओस्, | ||
पहाडछातीमा पो | पहाडछातीमा पो टक्कराओस्, डाँडाले दोहर्याऊन्, | ||
मन र वन गुँजेर उठून्, छहरा छहराऊन्, | मन र वन गुँजेर उठून्, छहरा छहराऊन्, | ||
शहरभित्र एकान्त खोपी, यो गरोस् उज्यालो | शहरभित्र एकान्त खोपी, यो गरोस् उज्यालो, | ||
झोपडीभित्र यसैले | झोपडीभित्र यसैले बालोस् मनको दियालो; | ||
नेपाली गेडा, नेपाली दाना, नेपाली रसले | नेपाली गेडा, नेपाली दाना, नेपाली रसले | ||
भिजेको मीठो रसिलो गीत, नेपाली कसले | भिजेको मीठो रसिलो गीत, नेपाली कसले | ||
नेपाली भन्ने कसले त्यसै आँखा नै | नेपाली भन्ने कसले त्यसै आँखा नै चिम्लेला; | ||
प्रतिभाबाट छहरा छुटे, हृदय नछोला ? | प्रतिभाबाट छहरा छुटे, हृदय नछोला ? | ||
पर्वत, खाडी, फाँटमा चल्छ | पर्वत, खाडी, फाँटमा चल्छ झ्याउरेको लहरी, | ||
स्वदेशी माटो जागेर बोल्छ सरलमा छहरी, | स्वदेशी माटो जागेर बोल्छ सरलमा छहरी, | ||
झुप्राका चरी, वनका परी, दिल भल बगाउँछन्, | झुप्राका चरी, वनका परी, दिल भल बगाउँछन्, | ||
Line 25: | Line 26: | ||
भावका वशमा पग्लन्छ रसमा जनको दिलको छाल; | भावका वशमा पग्लन्छ रसमा जनको दिलको छाल; | ||
पहिलो कवि पर्वतको पानी निर्मल अधर, | पहिलो कवि पर्वतको पानी निर्मल अधर, | ||
हिमाल सारा | हिमाल सारा सङ्गीतधारा प्रथम छरर, | ||
</poem>}} | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 08:51, 4 May 2025
क्या राम्रो, मीठो नेपाली गाना झ्याउरे भनेको !
यो खेतभित्र बिरुवा रोपेँ नदेखि खनेको ।
फुलेर जाओस्, वैलेर जाओस् ईश्वर-इच्छा हो,
पयरमनि नकुल्च भाइ ! यो मेरो भिक्षा हो ।
यो फुलिजाओस् ! यो फैलिजाओस् ! वसन्त डाकन,
झ्याउरे भनी नगर हेला हे प्यारा सज्जन !
नरम गरोस्, चरम-चूली उडाई पुर्याओस्,
निर्मल नाला-लहर जस्ता अगर चलाओस्,
पहाडछातीमा पो टक्कराओस्, डाँडाले दोहर्याऊन्,
मन र वन गुँजेर उठून्, छहरा छहराऊन्,
शहरभित्र एकान्त खोपी, यो गरोस् उज्यालो,
झोपडीभित्र यसैले बालोस् मनको दियालो;
नेपाली गेडा, नेपाली दाना, नेपाली रसले
भिजेको मीठो रसिलो गीत, नेपाली कसले
नेपाली भन्ने कसले त्यसै आँखा नै चिम्लेला;
प्रतिभाबाट छहरा छुटे, हृदय नछोला ?
पर्वत, खाडी, फाँटमा चल्छ झ्याउरेको लहरी,
स्वदेशी माटो जागेर बोल्छ सरलमा छहरी,
झुप्राका चरी, वनका परी, दिल भल बगाउँछन्,
मासा र मासा जनका भाषा हावालाई रँगाउँछन्,
नक्कली जीवन, कुटिल विद्या लिँदैन यसमा चाल,
भावका वशमा पग्लन्छ रसमा जनको दिलको छाल;
पहिलो कवि पर्वतको पानी निर्मल अधर,
हिमाल सारा सङ्गीतधारा प्रथम छरर,